आगामी चार वर्ष हाई-वेलाई रन-वे बनाउनेदेखि सपनै सपना (पूर्णपाठ सहित)

4 May, 2019 11:31 | राजनीति | comments | 11550 Views

शुक्रबार सरकारको वार्षिक नीति तथा कार्यक्रम पेश भयो । अबको केही दिन यसै विषयमा संसदमा छलफल हुनेछ र पारित भएपछि सरकार बजेटको तयारीमा लाग्नेछ ।

adsads

निकै महत्वकांक्षा र आश्वासनकाा पोका बाँडेको दुई तिहाई बहुमतको सरकारको एक वर्ष अनेक अभ्यासमै बितेको र यो एक वर्ष आधार वर्ष भएकाले अबदेखि विकासले गति लिने प्रधानमन्त्री केपी ओलीले बताइरहँदा सरकारले आगामी चार वर्षभित्र गर्ने काम कस्ता छन् त ?

यसको सर्सती टिप्पणी गर्दा ४ वर्षमा मध्यपहाडी लोकमार्ग र हुलाकी राजमार्ग बनाइसक्ने । आगामी वर्ष पूर्वपश्चिम रेल मार्ग निर्माण सुरु गर्ने । आगामी वर्ष फलाम खानीको उत्खनन सुरु गर्ने, सातै प्रदेशमा औद्योगिक क्षेत्रहरु बनाउने । सन् २०२० सम्म २० लाख पर्यटक भित्र्याउने । तीन वर्षभित्र चोभारमा सुख्खा बन्दरगाह सञ्चालन हुने । दुई वर्षमा रसुवाको टिमुरेमा सुख्खा बन्दरगाह सुरु हुने ।

चुहानडाँडा लगायतमा विमानस्थल निर्माण सुरु गरिने । सुनकोशी मरिन डाइभर्सन आगाम विर्ष सुरु गर्ने, माडी(दाङ डाइभर्सन र तमोर चिसाङ डाइभर्सनका साथै कालीगण्डकी तिनाऊ डाइभर्सनको अध्ययन गर्ने । कन्काई बहुउद्देश्यीय जलासययुक्त आयोजनाको अध्ययन गर्ने ।

आगामी वर्ष हुम्ला र डोल्पा सदरमुकामलाई सडक यातायातले जोडेर ७७ जिल्लामा सवारी साधन पुर्‍याउने । ४ वर्षमा सबै स्थानीय तहको केन्द्रसम्म सडक पुर्‍याउने । ४ वर्षमा राष्ट्रिय परिचयपत्रजस्ता सबै वायोमेट्रिक सूचना प्रविधिमा नेपाली नागरिकलाई जोड्ने ।

सिण्डिकेट तोड्नका लागि यातायात प्राधिकरण बनाउने । दुई वर्षभित्र सबै नेपालीलाई साक्षार बनाउने । आगामी वर्ष सबैको स्वास्थ्य वीमा गरिसक्ने । ‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ नारा लगाउने । भ्रष्टाचार गर्दिनँ भनेर कर्मचारीलाई कसम खुवाउने । राष्ट्रिय प्रतिरक्षा विद्यायल खोल्ने… आदि ।

यसै गरी काठमाडौंमा यसैवर्ष ३ हजार मानिस अट्ने सम्मेलन केन्द्र बनाउने । ५ वर्षमा ५ हजार अट्ने बनाउने । सबै प्रदेशमा २ हजार मानिस अट्ने सम्मेलन केन्द्र बनाउने । ३ वर्षमा संघीय संसद, अतिथि गृह, प्रदेश सम्पर्क कार्यालय र मन्त्रीहरुको सरकारी आवास बनाउने । धरहरा दुई वर्षभित्र बनाइसक्ने । पुरातात्विक सम्पदाको पुनर्निर्माण दुई वर्षभित्र गरिसक्ने ।

दुई वर्षभित्र नोट र अन्तशुल्क स्टिकर नेपालमै छाप्ने गरी छापाखाना खोल्ने । एक वर्षमा ५० हजार युवालाई स्वरोजगार बनाउने । ५ वर्षमा ३ लाख युवालाई स्वरोजगार बनाउने । आगामी वर्षलाई युवा परिचालनको वर्ष बनाउने । मूलपानीमा आगामी वर्ष क्रिकेट मैदान बनाउने । मदन भण्डारी प्रौद्योगिक विश्वविद्यालय खोल्ने । आगामी वर्ष युवा वैज्ञानिक सम्मेलन गर्ने । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत आगामी वर्ष ५ लाख रोजगारी सिर्जना गर्ने ।

आगामी वर्ष उपनिर्वाचन गर्ने । आगामी वर्ष मिचिएको जग्गा सरकारी करण गरिसक्ने । बाँकी रहेको ठाउँमा नापी गर्ने । विपदका कारण अकालमा मर्ने अवस्थाको अन्त्य गरिने । प्रधानमन्त्री कृषि आधुनिक परियोजना, राष्ट्रपति चुरे, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम, राष्ट्रपति महिला उत्थान कार्यक्रम आदि सञ्चालन गर्ने । तामाकोशी, बुढीगण्डकी जस्ता ठूला आयोजनाहरुको काम चाँडो सक्ने । ठूला आयोजनामा नागरिक लगानीलाई प्राथमिकता दिने । राजमार्गहरुलाई हवाईजहाजको आपतकालीन अवतरण गर्नसक्ने गरी धावनमार्गको स्तरमा विकास गरिने लगायत यस्ता अनगिन्ती कार्यक्रम छन् ।

नीति तथा कार्यक्रमको पूर्ण विवरणका लागि यहाँ थिच्नुहोस्

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More