आगो ताप्दा निसासिएर आमा छोराको मृत्यु

19 December, 2014 13:41 | जन सरोकार , मध्यमाञ्चल | comments | 46800 Views

fireआगो ताप्नका लागि कोठामा कोइला बाली सुत्दा एकै परिवारका आमा छोराको मृत्यु भएको छ । जाडोका कारण सुत्ने समयमा कोठाभित्र कोइला (बिक्रेट) बाली सुत्दा निसासिएर ति आमा छोराको आज बिहान मृत्यु भएको हो |

मृत्यु हुनेमा काठमाडौँ असनस्थित ज्याठा चोकमा डेरा गरी बस्ने भारतीय नागरिक राजाराम मल्लिकका ३२ वर्षीया श्रीमती शन्तुलता र निजका पाँच वर्षीय छोरा बादल रहेका छन् |

बिहान काममा जानका लागि कोठामा बोलाउन जाँदा भित्रबाट चुकुल लगाएर ढोका बन्दकै अवस्थामा रहेको र ढोका ढकढ्काएर बोलाउँदासमेत धेरैबेरपछि मात्र राजारामले ढोका खोल्दा निजका श्रीमती र छोरा मृत अवस्थामा भेटिएको र राजाराम अर्धचेत अवस्थामा रहेको उनका साथी प्रदीप विशालले जानकारी दिए ।

  
नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More