आज सुरज मल्लको अन्त्येष्टि- उपस्थितिका लागि आव्हान

12 December, 2019 21:12 | जापान | comments | 34800 Views

टोकियोमा अध्ययनरत नेपाली विद्यार्थी सुरज मल्लको आज शुक्रबार डिसेम्बर १३ का दिन अन्त्येष्टि गरिने कार्यक्रम रहेको छ । सुदुरपश्चिमेली समाज जापानले अन्त्येष्टि कार्यसूचीसहित उपस्थितिका लागि आव्हान गरेको छ ।

समाजले एक विज्ञप्ति जारी गर्दै मृत आत्माको चीर शान्तिको कामना गर्दै मानवीय नाताले यस दुःखद घडीमा सबै मिलेर सहयोग गरिदिनुहुनका साथै उपस्थितिको लागि हार्दिक अनुरोध गरेको छ ।

  

डडेल्धुरा जिल्ला भद्रपुर ५ घर भई दुई वर्षअघि विद्यार्थीको रुपमा जापान आएका २५ बर्षे युबा सुरज मल्लको यही डिसेम्बर १ तारिक उपचारको क्रममा निधन भएको थियो ।

टोकियो-टु-शिनगावा कु, निशी गोटांडा ५-३२-२० दिनको दुई बजे भेला भएर २ः४५ देखि ३ः१५ सम्म अन्तिम विदाई कार्यक्रम गर्ने र त्यसपछि दाहसंस्कार गरिनेछ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More