आठजना हुण्डी कारोबारीमाथि चार अर्ब १६ करोडको मुद्दा

5 February, 2019 00:53 | अर्थ | comments | 20100 Views

हुण्डी करोबारमा संलग्न आठजनालाई राजश्व अनुसन्धान विभागले ४ अर्ब १६ करोड बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ ।

राजश्व अनुसन्धान कार्यालय, पथलैयाले जिल्ला अदालत, धनुषामा ८ जनाविरुद्ध मुद्दा दर्ता गरेको हो ।

adsads

विभागले रामेश्वर पूर्वे भनिने रामेश्वर शाह, उनकी श्रीमती मिनादेवी शाह, विजय यादव, मोख्तर अहमद, सन्तोष महतो, नरेश महतो, सुरज ठाकुर र पप्पुकमार दासविरुद्ध मुद्दा दर्ता गरेको हो ।

विभागले विज्ञप्ति मार्फत उनीहरुले आपसी मिलेमतोमा ह्वाट्स एप एप्लिकेशनको माध्यमबाट हुन्डी कारोबार गरेको पुष्टि भएको जानकारी दिएको छ ।

विज्ञप्ति अनुसार ‘एप्लिकेशनको माध्यमबाट परस्पर हुन्डी कारोबारका विवरणहरु सांकेतिक शब्द र चिन्ह प्रयोग गरी आफ्ना गुटमेलका कारोबारीसँग आदनप्रदान गरेर विदेशी मुद्रा र नेपाली रुपैयाँ ठूलो परिमाणमा अवैध रुपमा अन्तरदेशीय कारबोर गरेको प्रमाणित भएको छ’ ।

प्रतिवादीमध्ये ७ जनालाई विगोसहित ३ वर्षसम्म कैदको माग दाबी गरिएको छ भने पप्पुकुमार दास १५ वर्षका नाबालक भएकाले आधा सजाय माग गरिएको छ ।

५३ लाख भन्दा बढी नगदसहित पाँच हुण्डी कारोबारी पक्राउ

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!