आठौँ खेलकुदमा गौरिकाको कमाल आठौँ खेलकुदमा गौरिकाको कमाल

  • आठौँ खेलकुदमा गौरिकाको कमाल
  • आठौँ खेलकुदमा गौरिकाको कमाल
  • आठौँ खेलकुदमा गौरिकाको कमाल
  • आठौँ खेलकुदमा गौरिकाको कमाल
  • आठौँ खेलकुदमा गौरिकाको कमाल
  • आठौँ खेलकुदमा गौरिकाको कमाल

आठौँ खेलकुदमा गौरिकाको कमाल

27 April, 2019 14:50 | खेल | comments | 21150 Views

गौरिकाले सहभागिता जनाएका पौडीका १२ वटै विधामा स्वर्ण जित्दा १० वर्षअघि करिश्मा कार्कीले पाँचौँ राष्ट्रिय खेलकुदमा बनाएको कीर्तिमान बराबरी

आठौँ खेलकुदमा गौरिकाको कमाल

बेलायतबाट सीधै नेपालगन्जमा आउँदा गौरिका सिंहले एउटा लक्ष्य राखेकी थिइन् । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा यसपटक रेकर्ड सुधार्ने मात्र गर्ने होइन, कीर्तिमानी प्रदर्शन गर्ने अठोट गौरिकाले लिएकी थिइन् ।

adsads

नेपालगन्जमा आफ्नो सुन्दर सपना पूरा गर्दा गौरिकाले १० वर्ष पुरानो असम्भवझैँ लाग्ने रेकर्ड बराबरी गर्न सफल भइन् । गौरिका सहभागिता भएका १२ वटै इभेन्टसमा अन्य खेलाडी शीर्ष स्थानमा आउनै सकेनन् । नेपालगन्जबाट १२ स्वर्ण जित्दै बेलायत फर्कने क्रममा गौरिकाले ६ वटा पुराना राष्ट्रिय रेकर्ड तोडेकी छिन् ।

करिश्माको रेकर्ड बराबरी
०६५ सालमा काठमाडाैंमा भएको पाँचौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पौडीतर्फ करिश्मा कार्कीले सहभागी भएका १२ वटै इभेन्टमा स्वर्णपदक जित्दै राष्ट्रिय प्रतियोगितामा दुर्लभ रेकर्ड बनाएकी थिइन् । त्यसवेला उनले बनाएको रेकर्ड कसैले तोड्न नसक्ने अनुमान गरिएको थियो । तर, नेपाली पौडी क्षेत्रमा गौरिकाको आगमनसँगै करिश्माको रेकर्ड बराबरी भएको छ । गौरिकाले दोस्रोपटकको प्रयासमै सो सफलता हात पारेकी हुन् । यसपटक गौरिकाले सबैमा क्लिनस्विप गरेकी छिन् । गौरिका विशेषत फ्रिस्टायलमा बलियो देखिइन् । उनले फ्रिस्टायलतर्फ ५ स्पर्धामा स्वर्ण जितिन् । उनी ब्याकस्ट्रोकमा पनि ३ स्वर्ण जित्न सफल भइन् ।

कीर्तिमान सुधार
पौडी इभेन्टको अन्तिम दिन गौरिकाले आफ्ना तीन पुराना राष्ट्रिय कीर्तिमानमा सुधार गरिन् । गौरिकाले ५० मिटर फ्रिस्टायलमा २७.९७ सेकेन्डको राष्ट्रिय कीर्तिमानमा सुधार गर्दै २७.५९ सेकेन्डको समय निकालिन् । सय मिटर ब्याकस्ट्रोकमा पनि १ मिनेट ०९.३० सेकेन्डको पुरानो कीर्तिमान सुधार गर्ने क्रममा उनले १ मिनेट ०७.२२ सेकेन्डमा दूरी पूरा गरिन् । उनले २ सय मिटर इन्डिभिजुअल मिड्लेमा २ मिनेट ३२ सेकेन्डको समय निकाल्दै आफ्नो पुरानो राष्ट्रिय कीर्तिमान सुधार गरिन् । यो स्पर्धामा उनको नाममा २ मिनेट ३२.५१ सेकेन्डको राष्ट्रिय कीर्तिमान थियो । आठौँ राष्ट्रिय खेलकुदको समापनमा उनले फ्रिस्टायल रिलेमा समेत चार स्वर्ण हात पारिन् । त्रिभुवन आर्मी क्लबबाट सहभागी भएकी गौरिकाले डुवाना लामा, सोफिया शाह, उपस्थी महर्जनसँग मिलेर ४ मिनेट २१.४१ सेकेन्डको उत्कृष्ट समयसहित स्वर्ण जित्न सफल भइन् ।

रेकर्ड बनाउँदै तोड्दै
गौरिकाले सय मिटर बटरफ्लाईमा आफ्नो पुरानो राष्ट्रिय कीर्तिमानमा सुधार गरेकी छिन् । उनले २०१८ मा आफैँले बनाएको १ मिनेट ०८.६३ सेकेन्डको राष्ट्रिय कीर्तिमानमा सुधार गर्दै १ मिनेट ०७ दशमलव ९७ सेकेन्डको समय निकालेकी थिइन् । उनले २ सय मिटर ब्याकस्ट्रोक २ मिनेट ४१.२५ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेकी थिइन् । सिंहले २ सय मिटर फ्रिस्टायल पनि २ मिनेट ०९.१९ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेकी थिइन् । महिलातर्फ ४ गुना सय मिटर इन्डिभिजुअल मिड्लेमा डुवाना लामा, सोफिया गुरुङ र उपस्थी महर्जनसँग मिलेर पनि अर्को स्वर्ण जितेकी थिइन् । उनले ४ सय मिटर फ्रिस्टायल ४ मिनेट ४४.८२ को समय निकाल्दै ‘सर्ट कोर्स’मा स्थापित रेकर्ड बनाएकी थिइन् । उनले सय मिटर फ्रिस्टायलतर्फको स्पर्धामा आफ्नो पुरानो राष्ट्रिय कीर्तिमान भंग गरेकी थिइन् । उनले यसअघि बनाएको ५९.९१ सेकेन्डको समयमा सुधार गर्दै ५९.६० सेकेन्डमा दूरी पूरा गरिन् ।

लक्ष्य स्वर्ण र रेकर्ड
पौडीमा गौरिकाले एउटै मात्र लक्ष्य राखेकी थिइन्, स्वर्ण जित्नुका साथै रेकर्ड पनि बनाउने थियो । उनी पौडीको पहिलो दिनदेखि नै आफ्नो योजनामा अग्रसर भइन् । गौरिकाले ८ सय मिटर फ्रिस्टायल ९ मिनेट ३९ दशमलव २२ सेकेन्डमा पूरा गर्दै २५ मिटरको पौडी पोखरीमा स्थापित रेकर्ड बनाउन सफल भएकी थिइन् । ५० मिटर ब्याकस्ट्रोकमा गौरिकाले ३०.८५ सेकेन्डको समय निकाल्दै अघिल्लो कीर्तिमानमा सुधार गरिन् । उनी हिट्स र मेडलका लागि भएका दुवै प्रतिस्पर्धामा आफ्नै नाममा रहेको रेकर्ड सुधार्न सफल भइन् । ‘सर्टकोर्स’ (२५ मिटर पौडी पोखरी)मा ३१.३१ सेकेन्डको राष्ट्रिय कीर्तिमान उनकै नाममा थियो । उनले हिट्समा ३१.२२ सेकेन्डमा दूरी पूरा गरेकी थिइन् ।

आत्मविश्वासी बनायो
गौरिकाले आठौँ राष्ट्रिय खेलकुदमा सबै इभेन्टमा स्वर्ण जितेपछि आफूमा आत्मविश्वास बढेको बताइन् । ‘म सधैँ नेपालका लागि खेल्छु । मैले यहाँ राम्रो अनुभव हासिल गरेँ । सर्टकोर्समा कायम गरेको यो रेकर्ड र स्वर्णले मेरो उत्साह बढेको छ,’ नयाँ पत्रिकासँग उनले भनिन्, ‘मेरा लागि साँच्चिकै राम्रो अनुभवका रूपमा यो प्रतियोगिता रह्यो ।’ उनले अब सागको तयारीलाई तीव्रता दिने भन्दै सागमा पनि जतिसक्दो धेरै पदक जित्ने र स्वर्णका लागि आफूलाई तयार बनाउने बताइन् । उनले प्रतियोगितामा आफूलाई कडा चुनौती दिने सहकर्मीहरू पाएको भन्दै नियमित अभ्यास र मिहिनेतले सफलता हात पारेको बताइन् ।

साभार- नयाँ पत्रिकाबाट

नयाँ कीर्तिमान सहित पौडीमा गौरिकालाई १२ स्वर्ण

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
आठौँ खेलकुदमा गौरिकाको कमाल

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

विप्रेषण आप्रवाह घट्दो

फेसबुक

विप्रेषण आप्रवाह घट्दो

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!