आठौँ राष्ट्रिय खेलकूद आठौँ राष्ट्रिय खेलकूद

  • आठौँ राष्ट्रिय खेलकूद
  • आठौँ राष्ट्रिय खेलकूद
  • आठौँ राष्ट्रिय खेलकूद
  • आठौँ राष्ट्रिय खेलकूद
  • आठौँ राष्ट्रिय खेलकूद

आठौँ राष्ट्रिय खेलकूद : त्रिभुवन आर्मीको अग्रता कायमै

20 April, 2019 00:37 | खेल | comments | 21900 Views

आठौँ राष्ट्रिय खेलकूद

आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा विभागीय टिम त्रिभुवन आर्मी क्लबको अग्रता कायमै रहेको छ । अहिलेसम्म सम्पन्न खेलमा आर्मी क्लबले कूल ८५ पदक प्राप्त गरेको छ ।

आर्मी क्लबले हालसम्म ३४ स्वर्ण, २७ रजत र २४ कास्य पदक जितेको छ । नेपाल पुलिस क्लब १९ स्वर्ण, १७ रजत र १७ कास्यसहित कूल ५३ पदक प्राप्त गरी दोस्रो स्थानमा छ । सशस्त्र प्रहरीको एपिएफ क्लब १५ स्वर्ण, १२ रजत र २३ कास्य गरी कूल ५० पदकका साथमा तेस्रो स्थानमा छ ।

  

यस्तै प्रदेश ३ ले सात स्वर्ण, १३ रजत र ३२ कास्यसहित ५२, सुदूरपश्चिम प्रदेशले ६ स्वर्ण, ६ रजत र ११ कास्यसहित २२, प्रदेश २ ले ६ स्वर्ण, ६ रजत र ५ कास्यसहित १७ पदक प्राप्त गरेको प्रदेश ५ खेलकूद विकास समितिका अध्यक्ष भीम ओलीले जानकारी दिनुभयो । यस्तै प्रदेश ५ ले चार स्वर्ण, आठ रजत र २१ कास्यसहित ३३ पदक, प्रदेश १ ले तीन स्वर्ण, पाँच रजत र २५ कास्यसहित ३३ पदक तथा कर्णाली प्रदेशले दुई स्वर्ण, एक रजत र दुई कास्यसहित पाँच पदक प्राप्त गरेको छ । गैरआवासीय नेपाली सङ्घ (एनआएन)ले एक स्वर्ण र तीन कास्य पदक जितेको छ ।

आठौं राष्ट्रिय खेलकूद औपचारिक उद्घाटन यस्तो देखियो (फोटो फिचरसहित)

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
आठौँ राष्ट्रिय खेलकूद

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More