आठ खर्ब ८७ अर्ब ८९ करोड व्यापार घाटा- अघिल्लो वर्षको तुलनामा २४ प्रतिशतले वृद्धि

16 May, 2019 19:36 | अर्थ | comments | 9750 Views

मुलुकमा अपार सम्भावना भए पनि उत्पादकत्व बढ्न नसक्दा प्रतिदिन व्यापारघाटा उच्च दरमा बढ्दै गएको छ । निर्यातमूलक उद्योगधन्दाहरु खुल्न नसकेको र कृषिमा समेत आत्मनिर्भर नहुँदा व्यापारघाटाको मात्रा बढिरहेको छ ।

adsads

विगत लामो समयदेखि सरकारहरुले व्यापारघाटा कम गर्न यसो गर्ने र उसो गर्ने भनिरहे पनि त्यसमा तात्विक सुधार आउन सकेको छैन । मुलुकमा खाद्यान्नमा आत्नर्भिर बन्ने नीति र कार्यक्रम त चल्न सकेको छैन भने निर्यातमुखी अर्थतन्त्र अवलम्बनको त कुरै नगर्दा हुन्छ ।

वैदेशिक रोजगारीले मुलुकको आयात धनिरहेको छ । करीब ५० लाख युवा जनशक्ति रोजगारीको खोजीमा विदेशिन बाध्य भएका कारण स्वदेशमा अधिकांश खेतबारी बाँझो छन् । जसले गर्दा स्वदेशमा उत्पादन हुन सक्ने कृषिजन्यउपज आयात भएको र विप्रेषणबाट आउने रकमको धेरै हिस्सा उपभोग क्षेत्रमा खर्च भएको छ ।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको प्रारम्भिक तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको पहिलो आठ महीनामा व्यापार घाटा करीब २४ प्रतिशतले वृद्धि भई रु आठ खर्ब ८७ अर्ब ८९ करोड पुगेको छ ।

पछिल्लो समय मुलुकमा विभिन्न वस्तु तथा सेवाको आयात बढ्दै गएको तथा सोही अनुपातमा स्वदेशी उत्पादन निर्यात हुन नसकेका कारण व्यापार घाटा चुलिएको हो । नेपालमा विदेशी वस्तु तथा सेवा मुख्यगरी भारत, चीन तथा तेस्रो मुलुकबाट आयात हुने गर्दछ ।

निकासी व्यापारमा पनि आयातित मुलुकका अतिरिक्त बङ्गलादेश, बेलायत, संयुत्तराज्य अमेरिका, जर्मनी, टर्की, प्रान्स, इटाली, जापान, क्यानाडा, अष्ट्रेलिया, डेनमार्कलगायत देशमा नेपाली उत्पादन आपूर्ति हुने गरेको छ । कूल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः ६ प्रतिशत र ९४ प्रतिशत रहेको छ ।

समीक्षा अवधिमा देशको कूल निकासी १५ दशमलव ३ प्रतिशतले वृद्धि भई रु ६१ अर्ब २२ करोड तथा कूल पैठारी २२ दशमलव ९ प्रतिशतले वृद्धि भई रु ९ खर्ब ४९ अर्ब ११ करोड पुगेको छ । गत आर्थिक वर्षको पहिलो आठ महिनामा निकासी पैठारी व्यापारको अनुपात एक दशमलव १५ प्रतिशत रहेकामा चालू आवको सोहि अवधिमा यसको अनुपात एक दशमलव १६ प्रतिशत पुगेको छ ।

चालू आवको प्रथम आठ महीनामा नेपालबाट निकासी भएका प्रमुख वस्तुमा पोलिष्टर तथा अन्य धागो, फलामजन्य उत्पादन, ऊनी गलैँचा, तयारी पोशाक, जुट तथा त्यसबाट बनेका सामग्री, पश्मिना, चिया, जीआइ पाइप, जुस, अलैँची, जडीबुटीलगायत रहेका छन् ।

यसैगरी चालू आर्थिक वर्षको पहिलो आठ महिनामा पेट्रोलियम पदार्थको आयातमा करीब ३६ प्रतिशतले वृद्धि भई रु एक खर्ब ३७ अर्ब ६० करोड पुगेको छ । सवारी साधनका अतिरिक्त भौतिक पूर्वाधारको निर्माण तथा विकास परियोजनामा पेट्रोलियम पदार्थको प्रयोग बढेका कारण यसको आयातसमेत बढेको केन्द्रले जनाएको छ ।

स्टिल तथा तिनका उत्पादनको आयातमा ३३ दशमलव ७ प्रतिशतले वृद्धि भई रु एक खर्ब १२ अर्ब ४० करोड, यातायातका साधन र तीनका मेशिनरी पार्टपूर्जामा १४ दशमलव २ प्रतिशतले वृद्धि भई रु ६४ अर्ब एक करोड, इलेक्ट्रिक तथा इलेक्ट्रिोनिक्स सामग्रीमा ३९ दशमलव १ प्रतिशतले वृद्धि भई ३६ अर्ब ७१ करोड पुगेको छ । सुनको आयातमा १३ दशमलव ६ प्रतिशतले वृद्धि भई रु २३ अर्ब ४३ करोड पुगेको छ । त्यस्तै औषधिको आयातमा १३ दशमलव ६ प्रतिशतले वृद्धि भई रु २० अर्ब ९६ करोड पुगेको छ ।

अधिकांश आयातित वस्तु औद्योगिक उत्पादन, मालवस्तु ढुवानी, तथा सार्वजनिक यातायातमा खर्च भइरहेको सन्दर्भमा यस वस्तुको आयातले पनि समग्र अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपूर्ण योगदान गरेको अर्थविद् राधेश्याम मालाकारले बताउनुभयो ।

व्यापार घाटा न्यूनीकरण गर्न वाणिज्य तथा औद्योगिक नीतिलाई समयसापेक्ष परिमार्जन गर्नुपर्ने, उत्पादन बढाउनका लागि आवश्यक व्यवस्थालाई नीतिमा समावेश गरी कार्यान्वयन गर्नुपर्ने देखिएको छ ।

हाम्रो जस्तो विकासोन्मुख मुलुकमा उत्पादन भएका वस्तु तथा सामग्रीको लागत महङ्गो भई आयातित सामग्री सस्तो पर्ने हुँदा पनि व्यापार घाटा हुन गएको अर्थविद् मालाकारको दाबी छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

त्रिशुली नदीमा तीन दिनअघि खसेको बस

फेसबुक

त्रिशुली नदीमा तीन दिनअघि खसेको बस

ट्वीटर

सामाजिक सञ्जाल

More