जापानका वातावरण मन्त्री कोइजुमीजापानका वातावरण मन्त्री कोइजुमी

  • जापानका वातावरण मन्त्री कोइजुमी
  • जापानका वातावरण मन्त्री कोइजुमी
  • जापानका वातावरण मन्त्री कोइजुमी
  • जापानका वातावरण मन्त्री कोइजुमी
  • जापानका वातावरण मन्त्री कोइजुमी
  • जापानका वातावरण मन्त्री कोइजुमी

आणविक उर्जा केन्द्र खारेज गर्ने जापानका वातावरण मन्त्री कोइजुमीको भनाई

13 September, 2019 12:00 |जापान | comments | 7350 Views

    जापानका वातावरण मन्त्री कोइजुमी

    जापानका नव नियुक्त वातावरण मन्त्री शिन्जिरो कोइजुमीले जापानका आणविक उर्जा केन्द्रहरु खारेज गर्ने धारणा राख्नुभएको छ ।जापानका प्रधानमन्त्री शिन्जो आबेले बुधबार गर्नुभएको मन्त्रिपरिषद हेरफेरपछि उहाँ वातावरण मन्त्रीमा नियुक्ति हुनुभएको थियो ।

    adsads
    ३८ वर्षीय शिन्जिरो पूर्व प्रधानमन्त्री जुनिचिरो कोइजुमीका छोरा हुनुहन्छ ।

    शिन्जिरो दोस्रो विश्वयुद्धको अन्त्य भएदेखि जापानको मन्त्रिपरिषदमा नियुक्त भएका तेस्रो कान्छो मन्त्री हुनुहुन्छ । बुधवार राती गरेको एक सम्बोधनको क्रममा उहाँंले जापानका आणविक उर्जा उत्पादन केन्द्रहरु खारेज गर्नेतर्फ आफ्नो धारणा राख्नुभएको हो ।

    आणविक उर्जाको बारेमा सरकारले गरेको योजनाको बारेमा पत्रकारहरुले सोधेका प्रश्नको जवाफमा उहाँले आणविक उर्जा केन्द्रको खारेजीको प्रसंग उल्लेख गर्नुभएको हो । देशमा सन् २०११ मा आणविक दुर्घटना भइसकेको र अब हुन नदिने पनि उहाँले बताउनुभयो । यदि यी केन्द्रहरुलाई राखियो भने हामी ध्वस्त हुनेछौँ, उहाँले भन्नुभयो ।

    होकाइदोमा आणविक उर्जा परियोजना रोक्न दायर भएको मुद्दा अदालतद्वारा अस्वीकार

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    जापानका वातावरण मन्त्री कोइजुमी

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!