आदिवासी जनजाति महासंघ जापानले २५५७ औं बुद्ध जयन्ति मनाउँदै

29 April, 2013 22:52 | जापान | comments | 72750 Views

नेपाल आदिवासी जनजाति महासंघ जापानले बार्षिक रुपमा मनाउंदै आईरहेको २५५७ औं बुद्ध जयन्ति कार्यक्रम आगामी मई ५ र १९ तारिखका दिन मनाउने भएको छ ।

 

 

  

विश्व शान्तिको प्रतिक गौतम बुद्वले प्रतिपादन गर्नु भएको मार्गदर्शनमा आधारित भई आफु स्वमं तथा सम्पुर्ण प्राणी जगतले सुख एवं शान्तिमय जीवन यापन गर्न सकियोस भन्ने कामना गर्दै गौतम बुद्धको जन्म स्थान सम्बंधि विभिन्न देशका पाठ्यक्रम तथा म्युजियम र अन्य सर्बजानिक स्थानहरुमा भई रहेको भ्रमक प्रचार-प्रसारहरुलाई सच्याउंदै लैजान बुद्ध नेपालमै जन्मिएको हुन भन्ने बारेमा चेतना जगाउन जनजाति महासंघ जापानले बार्षिक रुपमा यस कार्यक्रमलाई आयोजना गर्दै आईरहेको छ ।

 

 

जापानबासी समस्त नेपाली दाजुभाई तथा दिंदी बहिनीहरुले यसै सुचनालाई निमंन्त्रणा स्वीकारी उक्त कार्यक्रमहरुमा उपस्थित भई दिनु हुन नेपाल आदिबासी जनजाति महासंघ जापान हार्दिक अनुरोध गरेको छ । साथै नेवा आंतराष्ट्रिय फोरमले पनि १८ तारिख शनिबार चिबाकेनको इचिकावा शी उराएसु स्टेशन नजिकमा अवस्थित सिन्सेइ बिहारमा विहान १० बजेदेखि दिउँसो तीन बजेसम्म गर्न गई रहेको समेत जानकारी गराउदै उक्त शनिबारको कार्यक्रममा समय मिल्ने महानुभावहरुलाई सहभागी भई दिनु हुन समेत जनजाति महासंघ जापान पुन अनुरोध गरेको छ ।

कार्यक्रम हुने स्थानहरु-
आईचीकेन
मिति: ५ मई, २०१३ आईतबार
आईचीकेन टोयोटा शी वाकामिया चो ४-१-३
महासंघको आफ्नै सभाहल
समय : ११.०० बजेदेखि १७ बजेसम्म
बिस्तृत जानकारीको लागि –
१, धनअर्जेजा मगर (कार्यक्रम सम्योजक) – 080-3727-5165
२, जिग्मे शेर्पा -080-3639-6006
३, पासाङ शेर्पा – 090- 9171-5505
४, रमेश श्रेष्ठ – 090- 5865-2915
५, गोपल शेरचन -090- 3968-6275
६, श्याम राणा मगर –080-4213-4679
टोकियो
मिति: १९ मई, २०१३ आईतबार
ठेगना- TOKYO- TO ITABASHI-KU AZUKISAWA 4-16-3
RYUFUKUJIKAIKAN
समय : ११ बजेदेखि १५ बजेसम्म
बिस्तृत जानकारीको लागि –
हवल चन्द्र लामा 080-3216-5466
शरद कुमार गौचन 090-2319-0027
हर्क गुरुङ 080-4471- 0777
शैलेन्द्र बिक्रम थापा मगर 090-9125-4979
सुकुमान थिङ तामाङ 090-6470-4492
ल्हाक्पा गेलु शेर्पा 090-6040-0235
राजिब श्रेष्ठ 090-6302-9151
तारा आले मगर 090-1411-9599

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More