आदिवासी जनजाति महासङ्घ बेल्जियमको अध्यक्षमा तामाङ निर्वाचित

15 November, 2018 11:23 | प्रबास | comments | 15750 Views

नेपाल आदिवासी जनजाति महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा बाबुराजा लामा तामाङ र महासचिवमा नन्दराज घले निर्वाचित हुनुभएको छ ।

बेल्जियमको लुभेनमा बुधबार भएको दोस्रो अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा मुना राई र उपाध्यक्षमा यमुना रोका मगर, होमबहादुर गुरुङ, डिल्ली सुब्बा र सूर्यनारायण श्रेष्ठ तथा सचिवमा कान्छा शेर्पा चयन भएको नेपाल पत्रकार महासङ्घ युरोप शाखाका अध्यक्ष केजिन राईले जानकारी दिनुभयो ।

adsads

महासङ्घको सदस्यमा रामा लामा तामाङ, आङ दोर्जी सोनाम शेर्पा, भीम जोशी, सोमनाथ थारु थनेत, लोकराना मगर, विमल सुब्बा, जीवन तमु, विष्णुतारा शेरचनलगायत चयन भएको छ । अन्य सचिव र कोषाध्यक्ष पछि चयन गरिने अध्यक्ष राईले जानकारी दिनुभयो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More