‘आप्पा’ फोटो–भिडियो च्यालेन्जमा सहभागी भई पुरस्कार जित्नुहोस्

22 May, 2019 17:54 | कला/मनोरन्जन | comments | 17850 Views

चलचित्र ‘आप्पा’ को टिमले नयाँ प्रचार शैली अपनाएको छ । निर्माण टिमले ‘आप्पा फोटो–भिडियो स्टोरी च्यालेन्ज’ गर्ने योजना बनाएको हो ।

adsads

यस च्यालेन्ज मा दुई माध्यमबाट सहभागिता जनाउन सकिनेछ । फोटो स्टोरी च्यालेन्जमा भाग लिन चाहनेले आफ्नो बुवासँगको फोटो वा बुवाको मात्र फोटोमा क्याप्सन दिँदै ‘आप्पा’लाई भन्न मन लागेको कुरा लेख्नु पर्नेछ । र, त्यस पोस्टलाई ‘आप्पा नेपाली मुभी’को फेसबुक वा इन्स्टाग्रामको अफिसियल पेजमा ट्याग गर्नुपर्नेछ । अन्तिममा उक्त पोस्ट आफ्नो ३ जना साथिलाई ट्याग गरेर च्यालेन्जको लागि आग्रह पनि गर्नु पर्नेछ । त्यस्तै भिडियो स्टोरी मार्फत सहभागिता जनाउन चाहनेले पनि फोटो च्यालेन्जमा जस्तै बुवासँगको भिडियो अपलोड गरेर ‘आप्पा’लाई भन्न मन लागेको कुरा प्रष्फुटन गर्नुपर्नेछ ।

च्यालेन्जमा सहभागी मध्ये फोटो स्टोरीको विजेताले २५ हजार नगद र ‘आप्पा’ सिनेमा प्रिमियरको २ ओटा टिकट प्राप्त गर्नेछन् । भने, भिडियो स्टोरी तर्फको उत्कृष्ट एक जनाले ५० हजार नगद र प्रिमियरको दुई ओटा टिकट जित्नेछन् । इच्छुकले असार ६ गते भित्र च्यालेन्जमा सहभागिता जनाइसक्नु पर्नेछ ।

अनमोल गुरुङ निर्देशन गरेको फिल्ममा सिद्धार्थराज तामाङले दयाहाङको छोराको भूमिका निर्वाह गरेका छन् । माउन्टेन स्टोरिज र सिनेमा आर्टको व्यानरमा निर्मित फिल्ममा तुलसी घिमिरे, अरुणा कार्की, अल्लोना कबो लेप्चा, सम्राट विश्वास र रिंकीको अभिनय छ ।
यस फिल्म असार १३ गतेदेखि रिलिज हुन लागेको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

अर्ना र बाह्रसिङ्गे

फेसबुक

अर्ना र बाह्रसिङ्गे

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!