आफूलाई हिरो बनाउने पर्दापछाडिका हिरोलाई किन मर्न बाध्य पारे होलान र ?

21 August, 2019 15:31 |जन सरोकार | comments | 24000 Views

    यादब देवकोटा

    लाखौं नेपालीको प्रिय कार्यक्रम न्यूज २४ टेलिभिजनको सिधा कुरा जनतासंग र यसै कार्यक्रमका कारण रवी लामिछाने नेपालीको हिरो बन्न पुगे । अनि रवीलाई हिरो बनाउने पर्दा पछाडिका सशक्त हस्ती थिए पत्रकार शालिकराम पुडासैनी ।

    adsads

    तर शालिकरामले रवी लामिछानेको मानसिक यातनाका कारण आफूले आत्महत्या गर्न बाध्य भएको भिडियो सन्देश बाहिरिएपछि अहिले रवी न्यायिक हिरासतमा छन् ।

    भदौ ३ गते मंगलबार समर्थकहरुलाई निराश पार्दै अदालतले थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएपछि शालिकराम पुडासैनी आत्महत्या प्रकरण अरु पेचिलो बनेको छ । एकातिर निर्दोष भनेर समर्थनमा नाराबाजी गरिरहेका रवीका समर्थकहरुको आशा अनि अर्कोतिर शालिकरामले न्याय नपाउने हो कि भन्ने चिन्ताले अहिले सबैलाई सताउन थालेको छ ।

    यो मुद्दालाई भित्रभित्रै राजनीतिक रुप दिएको आरोप रवीका समर्थकहरुको छ । राजनीतिक दवावकै आधारमा किटानी जाहेरी समेत नपरी प्रहरीले हिरासतमा लिएको भन्दै पूर्व प्रहरी अधिकृतहरुले नै आलोचना गरेका छन् । एउटा पत्रकारलाई संचार संस्थाको कार्यकक्षबाटै पक्राउ गर्नु अन्तर्राष्ट्रिय मान्यता विपरीत रहेको भनाइ आइरहेको छ ।

    यति मात्र हैन शालिकरामले आत्महत्या गरेका नभएर उनको हत्या गरेर झुण्ड्याइएको भन्दै विभिन्न संचार र सामाजिक संजालहरुमा सार्वजनिक भएको भनिएको भिडियोमाथि अनेक टिप्पणी भैरहेका छन् । अनुसन्धान गर्ने प्रहरीले कुन कुन विषयमा अनुसन्धान गरिरहेको छ यो आगामी दिनमा थाहा हुनेछ तर अहिले सो भिडियोलाई विज्ञ दावी गर्नेहरुले सूक्ष्म ढंगले अनुसन्धान गरेर शालिकरामको भिडियो नै अरुले खिचेको र उनले बेलाबेलामा रोएको यातनाका क्रममा भएको प्रमाणित भयो भन्दै आइरहेका छन् ।

    रवीलाई यो स्थानसम्म ल्याउन शालिकरामको पनि अहम छ । रवी पर्दा अगाडीका हिरो हुन् भने शालिकराम पुडासैनी पर्दा पछाडिका हिरो थिए केही समय अघिसम्म । भ्रष्टाचार विरुद्ध पुडासैनीको योगदान ठूलो रहेको सामाजिक अभियन्ताहरुको भनाई छ । त्यसैले पनि एउटा तिरले दुई शिकार गर्ने षड्यन्त्र भैरहेको रवीका समर्थकहरुको आरोप छ ।

    यो कुरालाई नै आधार बनाएर अनुसन्धान प्रभावित पार्न त हुँदैन तर अनुसन्धानको अनेक पाटा र बाटाहरुलाई प्रहरीले सूक्ष्म ढंगले विश्लेषण गरेर अनुसन्धान गर्नेछ भन्नेमा अहिले नै विमती राख्नुपर्ने कारण छैन । तर रवीका समर्थकहरु उनलाई फसाउनन खोजेको र अदालतले भदौ ३ गते मंगलबार थप पाँच दिन थुनामा राख्ने आदेश दिएर अन्याय गरेको आरोप लगाइरहेका छन् । चितवनमा हरेक दिन विहानैदेखि रवीको पक्षमा प्रदर्शन भैरहेको छ । यसलाई रवीलाई फसाउने षड्यन्त्रका रुपमा हेरिएको छ ।

    शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा किटानी जाहेरी बिना पक्राउ परेका रवी लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई साउन ३१ गते गते पनि उ५ दिन म्याद दिएर अनुसन्धान गर्न अनुमति दिएको थियो । मंगलबार सो म्याद सकिएपछि अदालतले पुनः थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको हो ।

    जिल्ला अदालत चितवनका जिल्ला न्यायधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलासले लामिछानेसहित तीनै जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको हो । यसपछि आम जनतामा शालिकराम मृत्यु प्रकरणमा वास्तकिवताभन्दा बाहिर गएर रवी लामिछानेको सामाजिक प्रतिष्ठा सिध्याउने र शालिकरामको मृत्युको कारण गुपचुप राख्ने त हैन भन्ने शंका उत्पन्न भएको छ । अनि धेरैले कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्याका घटना जस्तै यसलाई रहस्यमय बनाउने त हैन भन्ने चिन्ता पनि चलिरहेको छ । त्यसैले त चितवनमा शालिकरामले न्याय पाउनुपर्छ भन्दै आवाज उठेको छ ।

    यसबीचमा जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लले शव परीक्षण रिपोर्ट, भिडियोको डिजिटल ल्याब रिर्पोट, पुडासैनीले डोरी किनेको सिसीटिभी फुटेजलगायत अन्य रिर्पोट प्राप्त भइसकेको र अदालतबाट थप पाँच दिनको अनुमति प्राप्त भएकाले अनुसन्धानमा सहज हुने बताउनुभएको छ ।

    त्यस्तै मंगलबार बयानका क्रममा सरकारी वकिलसँग रवीले आफूलाई आरोप लगाएर पुडासैनीले बोलेको भिडियो अहिलेसम्म नहेरेको, आफूलाई गाली गरेको र आरोप लगाएको भन्ने अरूबाटै सुनेको तर भिडियो भने नहेरेको बताएका छन् । वादीको तर्फबाट जिल्ला न्यायाधिवक्ता यदु शर्माले बहस गर्नुभएको थियो । प्रतिवादीका तर्फबाट अधिवक्ता सुनिल पोखरेल, सुशील पन्त र चूडामणि सापकोटाले बहस गर्नुभएको हो । आरोपी तीन जनालाई बिहान १० बजे नै अदालत लगिएको थियो ।

    मंगलबार नै शालिकरामकी प्रेमिका भनिएका अस्मिता कार्कीले बयानमा उनले प्रेम सम्बन्ध रहेको स्वीकार गरेको समाचारहरु पनि बाहिरिएका छन् । अस्मिताले आफ्ना दिवंगत प्रेमीको अनुहारसंग शालिकरामको अनुहार मिलेकाले फेसबुकमा फ्रेण्ड रिक्वेट पठाएको र कुराकानी गर्दै जाँदा प्रेम सम्बन्ध बसेको बयान दिएको समाचारहरु छन् ।

    तर उनकै कारण आत्महत्या गर्न बाध्य भएको भन्ने सम्बन्धमा कुनै तथ्य बाहिर ल्याइएको छैन । अहिले चितवन तथा देशका विभिन्न शहरहरुमा रवी लामिछानेको पक्षमा आवाज उठिरहेको छ । उनलाई सामाजिक नायकका ऋरुपमा चित्रण गरिएको छ । खासमा उनले सतहमा देखिने गरी जेजस्ता काम गरे त्यो काम नै यसको कारण हो ।

    स्मरणीय के छ भने २०७५ भदौ १ गतेदेखि कार्यन्वयनमा आएको मुलुकी अपराध संहिताअनुसार आत्महत्या गर्न दुरुत्साहन गर्ने व्यक्ति पनि कसुरदार ठहरिन्छ । यही कानुनका आधारमा प्रहरीले रवी लामिछाने, युवराज कँडेल तथा अस्मिता पौडेललाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ । यद्यपि अनुसन्धानको पाटो र पात्र अरु पनि हुनुपर्ने अपराधशास्त्रीहरुको भनाई छ । पूर्व प्रहरी अधिकृतहरु पनि यही भनिरहेका छन् । भिडियोकै आधारमा अपराधी करार गरेर अनुसन्धान त्यसैमा केन्द्रित हुँदा घटनाको वास्तविकता उजागर नहुनसक्नेतर्फ उनीहरुले सचेत गराएका छन् ।

    लामिछाने, कँडेल र अस्मिता कार्कीबिरुद्ध शालिकरामकी श्रीमतीको किटानी जाहेरी

    शालिकरामलाई मर्न बाध्य पार्ने रवी नै हुन् त ? (शालिकरामको बयानसहित)

    शालिकरामको पोस्टमार्टम रिपोर्ट आयो थप तथ्य फेला परेको प्रहरीको भनाई

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!