युवराज अधिकारी युवराज अधिकारी

  • युवराज अधिकारी
  • युवराज अधिकारी
  • युवराज अधिकारी
  • युवराज अधिकारी
  • युवराज अधिकारी

आफू ओभानो बनि चोख़िने कार्य बन्द गरौँ

24 June, 2019 16:00 | बिचार | comments | 171900 Views

युवराज अधिकारी

युवराज अधिकारीआदरणीय जापानवासी सम्पूर्ण नेपालीहरु तथा नेपाली जनसम्पर्क समिति शुभचिन्तकहरूमा हार्दिक जयनेपाल । नेपाली जनसम्पर्क समिति जापान कसैको व्यक्तिगत विर्ता, पेवा र ठेकदारी गर्ने ठाउं होइन भन्ने कूरा सबैले बुझ्नु ज़रूरी छ र बुझ्न अनुरोध पनि गर्न चाहन्छु।

तदर्थ आज नेपाली जनसम्पर्क समिति जापान यो अवस्था के, कसरी र किन भयो भन्ने क़ुरा सप्रमाण सहित बुदाँगत प्रस्तुत गर्न चाहन्छु ।

  

१. सन २०१६ नोभेम्बर २९ तारिक टोकियो इम्पेरियल होटलमा नेपाली कांग्रेस पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल र सभासद राजन केसीको रोहबरमा नेपाली जनसम्पर्क समिति जापानका वरिष्ठ नेता ज्यूहरूले गर्नु सहमति नं एकमा २००१८ नोभेम्बर ३० तारिक पछि कार्यसमितिको कार्यकाल स्वतः समाप्त हुने छ भनि सहमति गर्नु भएको हो की होइन ?

२. सोही सहमति अनुसार पहिलो कार्यकाल डिपी कँडेल र नेतृत्व ग़र्ने र अर्को कार्यकाल रोशन केसीले गर्ने भनेर सहमति भएको थियो । रोशन केसी ज्यूले हालको कार्यसमितिहरुमा सल्लाहाकार हुने भनि गरिएकोमा २०१६ डिसेम्वर १ तारिक देखि २०१७ नोभेम्बर ३० तारिकसम्म डिपी कँडेलले नेतृत्व गर्दा एक बर्ष कार्यकालभरि आदरणीय सल्लाहकार ज्यू कति पटक उपस्थित हुनु भयो ?

३. नेपाली कांग्रेस पार्टी कार्यालयले तत्कालीन निर्वाचन स्थगित गर्नु भनि तत्कालिन निर्वाचन समितिका संयोजक महेश श्रेष्ठलाई बारम्बार पत्राचार गर्दा आफू सर्वेसर्व भई निर्वाचन गराउन खोज्दा बुथ क़ब्ज़ा, मतपत्र च्यात्ने, तोड़फोड़ आदि ग़र्ने क्रियाक़लाप हुँदा पनि निरिह भई आजको अराजक स्थिति श्रृजना हुन दिएको ?

४. एक दिन बढी पनि पदमा नबस्ने उद्घोष गर्नु भएको सभापति ज्यूले आफ्नो कार्यकाल सकिदा पनि ३ महिनाको म्याद थप्न केन्द्र पार्टीलाई हारगुहार ग़र्ने ।

५. देखावटि रूपमा सबै क्षेत्रीय कमिटिको निर्वाचन गरि सकियो भन्नेले सबै क्षेत्रीय समितिबाट कतिजना प्रतिनिधि छनौट भएरु र स्वयं सभापति आफू प्रतिनिधि तोकिनु भएको फ़ूकूओका क्षेत्रीय समितिको विवाद समाधान गर्न कति पहल गर्नुभयो रु एवं केन्दिय प्रतिनिधि छनौट कहिले छनौट गर्नुभयो?

६. सहमति अनुसार समितिको कार्यकाल स्वत: समाप्त हुने कूरा थाहा हुँदाहुँदै कार्यसमितिको बहुमतको आधारमा आफ्नो कार्यकाल लम्व्याउने कुचेष्टा ग़र्ने अनि सो निर्णयलाई असहमति गर्दै नोट अफ़ डिसीजन लेखेको भरमा निर्वाचन मिति तोक़िए पछि, स्पष्टीकरण पनि नमागी, रातिराति कार्यसमितिमा निर्णयार्थ निर्णय ग़र्ने गरी बोर्ड कमिटिका सदस्यहरूको डुप्लीकेट हस्ताक्षर गरी कार्य समितिको सहमहामन्त्री रहेको म युवराज अधिकारीलाई कारवाही ग़र्ने अधिकार कसले दियों ?

७. नेपाली कांग्रेस पार्टीका प्रभावसाली आदरणीय नेताहरू जापान आउदा वास्ता नग़र्ने, आफू सर्वेसर्वा मान्ने, घमण्ड प्रस्तुत ग़र्ने कार्य गर्नु भएको हो की होइन?

८. दोस्रो कार्यकालको समयमा सभापतिले आफ्नो पदिय जिम्मेवारी के हो र काम कर्तव्य के हो सोको ख़्याल नराखी प्रत्येक महिनामा प्रत्येक उपसभापति ज्यूहरूलाई कार्यवाहक दिई आफू व्यापारमा तल्लिन भएको र सोको विरोध गर्दा सबैलाई काम ग़र्ने अवसर दिएको भनि आफ़नो असक्षमता लुकाउने प्रयत्न गर्नु ।

त्यसैले अन्तमा भन्नु पर्दा आफूले गरेक़ा हरेक कमिकमजोरी स्वीकार नगर्ने अनि दोष जति नेपाली कांग्रेस पार्टी केन्द्रलाई थुपार्ने कार्य बन्द गरी आफु ओभानो बनि चोख़िने कार्य बन्द गरौ।

क़रिब दश हज़ार भन्दा धेरै साधारण सदस्य एवं सातसय माथि क्रियाशील सदस्य तथा नौ ओटा क्षेत्रीय समिति रहेको यस नेपाली जनसम्पर्क समिति जापानका अधिकांश साधारण सदस्य, क्रियाशील सदस्य एवं क्षेत्रीय समितिहरूले नेपाली कांग्रेस पार्टीबाट छिटों भंन्दा छिटों यथासक्य केन्द्रीय पदाधिकारी मध्ये सर्वमान्य, सर्वस्वीकार्यता भएको व्यक्तिको नेतृत्वमा तदर्थ समिति गठन गरी तत्काल अधिवेशनमा गरी नयाँ नेतृत्वलाई हस्तान्तरण गर्न सबैलाई अनुरोध गर्छौं ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
युवराज अधिकारी

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More