आफ्नै श्रीमानले गरे श्रीमतीमाथि एसिड प्रहार

16 May, 2019 16:55 | जन सरोकार | comments | 20850 Views

काठमाडौँको कालोपुलमा युवतीमाथि एसिड प्रहार गरेको आरोपमा काँडाघारी सनसिटी अपार्टमेन्ट नजिक बस्ने २८ वर्षीय विष्णु भुजेल पक्राउ परेका छन् । उनलाई प्रहरीले केहीबेर अघि पक्राउ गरेको हो ।

adsads

भुजेल युवतीका श्रीमान भएको खुलासा भएको छ । काभ्रे घर भएका भुजेलले आफ्नै श्रीमती जेमी खड्कालाई एसिड प्रहार गरि फरार भएपछि उनलाई काठमाडौँको काँडाघारी सनसिटीबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौले जनाएको छ ।

प्रहरीका अनुसार युवतीको शरीरका विभिन्न भाग एसिडले जलेको छ । एसिड प्रहार गरेर फरार भएपछि फरार अभियुक्त खोज्न काठमाडौँ प्रहरी तत्कालै परिचालित भएको थियो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

खानेपानीमन्त्री बीना मगर

फेसबुक

खानेपानीमन्त्री बीना मगर

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!