आफ्नो घर जान भारतको बाटो प्रयोग गर्ने बाध्यता अन्त्य- ब्यासमा बाटो बनाउन पुग्यो सेना
आफ्नो घर जान भारतको बाटो प्रयोग गर्दैआएका दार्चुलाको व्यास गाउँपालिका २ को घाँटीबगर इलाकामा तत्काल बाटो बन्ने भएको छ । महाकाली करिडोर अन्तर्गतको दार्चुला टिंकर सडक योजनाको पहिलो चरणमा व्यास गाउँपालिकामा सडक बनाउन सेना पुगेको छ ।
नेपाल सरकारको गत वैशाख १४ गतेको मन्त्रिपरिषदको निर्णयबमोजिम महाकाली करिडोर अन्तर्गतको दार्चुला टिंकर सडक योजनाअन्तर्गत उत्तरतर्फको ८७ किलोमिटर सडक खण्ड सेनाले बनाउने जिम्मा पाएको छ । अहिले तत्कालै भने सेनाले दार्चुलाको व्यास गाउँपालिका २ को घाँटीबगर इलाकामा ४५० मिटर बाटो निर्माण गर्नेछ ।
दुई मिटर चौडाइको उक्त बाटो निर्माण भएपछि त्यहाँका स्थानीयहरू आफ्नो घर जान भारत हुँदै जानुपर्ने बाध्यताबाट मुक्त हुने सेनाले जनाएको छ । तत्कालै ४५० मिटर बाटो निर्माणको लागि बिहीबार मात्रै नेपाली सेनाको टोली दार्चुलाको थी भन्ने स्थानमा सेक्सन प्लस फौज पुगेको हो ।


शुक्रबारबाट निर्माण सामाग्रीसहितको सेनाको टोली काममा लाग्नेछ । उक्त बाटो निर्माण भएपछि छाङरु र टिंकरका १८२ घरका १२ सय परिवार सदरमुकाम आउजाउ गर्न भारतीय भूमि हुँदै आउजाउ गर्न पर्नेछैन ।
सडक निर्माण आरम्भ अघि सेनाले विज्ञप्ती जारी गरी चीन र भारतको सीमा नाकासमेत पर्ने दार्चुला जिल्लाको व्यास गाउँपालिका १ मा पर्ने छाङरु र टिंकर गाउँका करिब १८२ घर परिवारका १२ सय जना स्थानीयलाई जिल्ला सदरमुकाम खलंगा आवतजावत गर्नको लागि व्यास २ को मौरी भीरमा ठूलो चट्टान र घाँटीबगरमा पहिरो गएकोले आवतजावत गर्न स्थानीय बासिन्दाले हालसम्म भारततर्फ रहेको बाटो प्रयोग गर्दै आइरहेकामा अबिलम्ब उक्त बाटो मर्मत गर्ने उल्लेख गरेको छ ।
तपाईंको प्रतिकृया
ताजा समाचार
- घरबाट भागेर लजमा बसेका देवर–भाउजूको मृत्यु
- कोरोनाका कारण यस हप्ता विदेशमा थप नौ नेपालीको निधन, दुई हजार सङ्क्रमित
- चीनमा कोरोनाका नयाँ सङ्क्रमितहरु भेटिने क्रम जारी
- पोखरामा राष्ट्रिय फुटबल टोलीको प्रशिक्षणले जगाएको उत्साह
- सर्लाहीमा पेस्तोलसहित एकजना पक्राउ
- ‘महेन्द्र संस्कृत विश्वविद्यालय’ र ‘नालन्दा’मा लगाइएको आगोको समानता
- बजार पूँजीकरण ३२ खर्ब, शीर्ष दशमा रहेको कम्पनीको यस्तो छ विवरण
- प्रधानमन्त्री ओलीबाट चिकित्सा शिक्षाको शुल्क घटाउन निर्देशन
- के निर्णय गर्ला अब प्रचण्ड–माधव समूहको स्थायी कमिटीले
- ओलम्पिया वल्ड स्कूलका संचालकले तीन करोड ठगेपछि
- सङ्कटका बेला गैरआवासीय नेपालीको भूमिकाको परराष्ट्रमन्त्रीबाट प्रशंसा
- पूर्वजनमुक्ति सेनालाई विगतका सरकारले जस्तो धोका नदिने प्रधानमन्त्रीको प्रतिबद्धता
- राष्ट्रपति बाइडेनका चुनौती- तीन दिनभित्र ३० वटा कार्यकारी आदेशमा हस्ताक्षर
- भारतबाट आएको कोरोनाको खोप सातवटै प्रदेशमा पठाउन सुरु
- मलेशियाबाट एकजनाको अस्तुसहित १८ नेपाली कामदारको शव ल्याइयो
- स्मरणमा गोर्खा–बङ्गाल युद्ध : नेपाली सेनाले सबैभन्दा ठूलो जीत हातपारेको दिन
- निर्वाचन हुने सम्भावना छैन, संसद् पुनःस्थापना पहिलो प्राथमिकता
- कोरोना भाइरसको नयाँ प्रजाति पहिलेको भन्दा धेरै खतरनाक : प्रधानमन्त्री जोनसन
- एपिएफ अस्पतालमा सडक मानवलाई निःशुल्क सम्पूर्ण सेवा : महानिरीक्षक खनाल
- धर्म र पर्यटनलाई जोड्दै तीर्थहरुमै श्रेष्ठ मानिएको देवघाटधाम
फेसबुक
ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


