आयुष केसीआयुष केसी

  • आयुष केसी
  • आयुष केसी
  • आयुष केसी
  • आयुष केसी
  • आयुष केसी
  • आयुष केसी

आयुष केसी वासुदेव ‘मुनाल’ बालप्रतिभा पुरस्कारबाट सम्मानित

12 July, 2019 00:15 |कला/मनोरन्जन , कलिउड | comments | 13200 Views

    आयुष केसी

    वासुदेव कोइराला ‘मुनाल’ बालप्रतिभा पुस्कारबाट बाल गायक आयुष केसी सम्मानित भएका छन् । सानै उमेरमा गीतसङ्गीतका क्षेत्रमा योग्दान पुर्याएका केसी रु २१ हजारसहित सम्मानित भएका हुन् ।

    adsads

    गायक तथा सङ्गीतकार मुनालको ७०औँ जन्मजयन्तीका अवसरमा यहाँ आयोजित कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले गायक केसीलाई सम्मान गर्दै मुनाल गायक मात्र नभएर नेपाली समाज र राष्ट्रका लागि महत्वपूर्ण योगदान दिने तथा बालबालिकालाई सही बाटामा हिँड्न सिकाउने व्यक्ति भएको बताउनुभयो ।

    पूर्वप्रधानन्याधीश सुशीला कार्कीले मुनालको देन र उपलब्धिलाई लिएर परिवारले मात्र नभई समाज र राष्ट्रले पनि सम्मान गर्नुपर्ने बताउँदै उनका कृतिहरुलाई एकेडेमीमा सङ्कलन गरेर राख्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।प्रा डा कृष्णहरि बरालले यस्ता महत्वपूर्ण व्यक्तित्वको नामबाट स्थापित संस्थाले भोलिका दिनमा बालबालिकाका लागि मात्र नभई समाज तथा राष्ट्रकै लागि योगदान पु-याउने धारणा राख्नुभयो ।

    मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति डा उपेन्द्र कोइरालाले नेपाली समाजमा मुनालजस्ता ओझेलमा परेका धेरै प्रतिभालाई राष्ट्रले खोजी सम्मान गर्नुपर्ने बताउनुभयो । नाटककार अशेष मल्लले बालबालिकाका लागि नै भनेर जीवन समर्पण गर्ने पहिलो नेपाली मुनाल नै भएको दाबी गर्नुभयो ।

    सारेगमपमा चौँथो हुन सफल आयुष केसीलाई नगद एक लाखसहित सम्मान

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    आयुष केसी

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!