आयोजक टोकियो व्रर्दशले उचाल्यो सेभेन ए साईट फुटवल उपाधी(फोटो/भिडियो)

4 April, 2016 01:28 | खेल , जापान | comments | 427950 Views

टोकियोमा आईतवार आयोजित दोश्रो सेभेन ए साईड फुटवल प्रतियोगिताको उपाधी आयोजक टोकियो व्रदर्श सेतोले हात पारेको छ ।

तमु धीँ जापानलाई ३-१ गोलले पराजित गर्दै आयोजक टोकियो व्रर्दशले उपाधीसंगै नगद दुई लाख २२ हजार नगद समेत हात पारयो ।

ads ads
उपविजेता तमुधीँले भने नगद एक लाख तथा शिल्ड हात पारयो ।

रोमान्चक फाईनलमा टोकियो व्रर्दशले पहिलो हाफमा एक गोल गरि अग्रता लिएको थियो । यस्तै दोश्रो हाफमा लगातार दुई गोल गर्दै उपाधी हात पारेको टोकियो व्रर्दशको पोस्टमा विपक्षी तमुधीका क्यो सुके जापानी खेलाडीले एक गोल फर्काएका थिए । विजेता टोकियो व्रर्दशका लागि वेस्ट प्लेयर उपाधी समेत हात पारेका वाङगेल ग्लानले एक गोल गरेका थिए । यस्तै भीयतनामी खेलाडी ह्यु र दीपेन्द्र गुरुङले टिमका लागि विजयी गोल गरेका थिए ।

लीगकम नकआउटका आधारमा खेलाईएको प्रतियोगितामा व्यक्तिगत उपाधी तर्फ आयोजक टोकियो व्रर्दशका रंजीत गुरुङले वेस्ट किपर, उच्च गोलकर्तामा सोही टिमका युटिस र उपविजेता टिम तमुधीँ जापानका सुर्य गुरुङले वेस्ट डिफेन्स उपाधी हात पारेका थिए ।

जापानका रहेका नेपाली युवा तथा खेलप्रेमीहरुमा भाईचारा तथा सकारात्मक संदेश पुरयाउने उदेश्यले टोकियो व्रर्दश जापान र मनकामना फुटवल क्लवको आयोजनामा भएको प्रतिस्पर्धामा १६ टिमले सहभागिता जनाएको थिए । लिग आधारमा खेलाईएको प्रतिस्पर्धामा समुह ए बाट टोकियो व्रर्दश पहेलो र हाईजिमा क्लवले क्वाटर फाईनल प्रवेश पाएका थिए भने समुह वी बाट तमुधीँ जापान ए तथा सुभरासी क्लव, समुह सी बाट तमुधीँ जापान बी र डयाम साईड क्लव र समुह डी बाट टोकियो व्रर्दश सेतो र नेवारी किचन दोश्रो चरणमा प्रवेश पाएका थिए । भने सेमिफाईनलमा तमुधीँ ए र डयाम साईड तथा सुभरासी क्लव तथा आयोजक टोकियो व्रर्दशवीच प्रतिस्पर्धा भएको थियो ।

साईतामा स्थित सुरमन खेल मैदानमा भएको प्रतियोगितामा उपाधी विजेता तथा उपविजेताहरुका लागि विशेष अतिथि जापानका लागि नेपाली कार्यवाहक राजदूत गेहेन्द्र राजभण्डारी, प्रमुख अथिति अमृत गुरुङ लगायतले पदक तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

1 2 3 114 5 12 13 14

15

हेर्नुहोस पुरा भिडियो:

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More