आयोजनाको निर्णय नहुँदै यति अर्ब खायो भन्नु जनमानसमा भ्रम छर्ने मेसो मात्र

16 October, 2020 15:58 | राजनीति | comments | 20700 Views

प्रधानमन्त्री केपी शर्मा ओलीले बूढी गण्डकी जलविद्युत आयोजनामा नौ अर्ब भ्रष्टाचार गरेको भन्ने पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको आरोपको खण्डन गर्नुभएको छ । उहाँले डा. भट्टराईको सो अभिव्यक्ति गैरजिम्मेवार र जनमानसमा भ्रम छर्नलाई भएको भन्दै आपत्ती जनाउनु भएको छ ।

६५ औँ प्रहरी दिवसको अवसरमा शुक्रवार प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दैै उहाँले आपत्ति जनाउनुभएको हो । उहाँले भन्नुभयो आयोजना निर्माणका विषयमा कुनै निर्णय नै नभइसकेको अवस्थामा यति अर्ब उति अर्ब बाँडेर खाए भन्नु गैरजिम्मेवार अभिब्यक्ति हो ।

  

त्यस क्रममा उहाँले सरकारले भ्रष्टाचारमा शुन्य सहनशीलताको रणनीति अख्तियार गरी राज्यका सबै निकायलाई पारदर्शी र जिम्मेवार बनाइएको ावी गर्न पनि छाड्नुभएन ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल प्रहरीको प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो सीमित स्रोत साधनबीच पनि नेपाल प्रहरीले अपराध अनुसन्धान तथा शान्तिसुरक्षा अमनचयन कायम राख्न निर्वाह गर्दै आएको जिम्मेवारी प्रशंसनीय छ ।

अपराधका घटनाले भौगोलिक सीमाको पर्खाल समेत तोडी सकेको चर्चा गर्दै, प्रधानमन्त्री ओलीले भन्नुभयो–‘स्रोत साधन सीमित छ, तरपनि प्रहरीले राज्य तथा नागरिकको ज्यूधनको सुरक्षाका लागि प्रहरी हर– प्रहर तैनाथ छ । जुन कार्य आफैंमा प्रशंसनीय छ ।’

कतिपय ब्यक्ति तथा समूहबाट संविधान विपरितका कार्य भइरहेको स्मरण गराउदै उहाँले विधिको शासनमा अतिवादी तथा संविधान विपरितका क्रियाकलाप नियन्त्रण गर्नुपर्ने धारणा राख्नुभयो । महिलामाथि एसिड छ्याप्ने र बलात्कार जस्ता अपराध नियन्त्रण गर्न ‘कडा’ कानुन बनाइने जानकारी उहाँले दिनुभयो ।

कार्यक्रममा गृहमन्त्री रामबहादर थापाले औंलामा गन्न सकिने त्रुटिगत कमजोरी देखाएर सिंगो प्रहरी संगठनको बदनामी गराउने कार्य खेदजनक रहेको भन्दै प्रहरीलाई कानुन प्रदत्त जिम्मेवारी र अधिकार प्रयोगमा कहिल्यै पछाडि नहट्न निर्देशन दिनुभयो ।

‘दोषजति अरुलाई थुपार्ने, प्रहरीप्रति सदैव नकारात्मक भ्रम छर्ने, यस्तो आलोचनात्मक सोचबाट निर्देशित हाम्रो समाजमा प्रहरीले निर्भिक र दृढताका साथ जिम्मेवारी वहन गर्न सक्नुपर्छ’ उहाँले भन्नुभयो–त्रुटिरहित ढंगले कार्यसम्पादन गर्नुहोस ।

कोरोना सङ्क्रमण महामारीका बीचमा पनि प्रहरीले शान्तिसुरक्षा, अपराध नियन्त्रण र सर्वसाधारण नागरिकको सेवामा पु¥याएको योगदान प्रसंशनीय रहेको चर्चा गर्दै विभिन्न समयमा कर्तब्य पालना तथा शान्तिसुरक्षा अमनचयन कायम राख्ने क्रममा ज्यान गुमाउने अमर तथा सहीद प्रहरी कर्मचारीप्रति श्रद्धानजलि ब्यक्त गर्नुभयो ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले कोरोना महामारीका कारण यसको वर्षको प्रहरी दिवस औपचारिकतामा मात्र सीमित गरिएको बताउनुभयो । कार्यक्रममा संगठनका पूर्व तथा वहालवाला सदस्यहरुलाई आमन्त्रण गर्न नसकिएको स्पष्ट पार्नुभयो ।

सो अवसरमा प्रहरी प्रधान कार्यालय परिसरमा रहेको अमर तथा सहीद प्रहरी स्मारकमा प्रधानमन्त्री ओली, गृहमन्त्री थापा, गृह सचिव महेश्वर न्यौपाने, प्रहरी महानिरीक्षक थापाक्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र पूर्वप्रहरी महानिरीक्षकहरूले श्रद्धान्जलि अर्पण गर्नुभएको थियो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More