सांसदसांसद

  • सांसद
  • सांसद
  • सांसद
  • सांसद
  • सांसद
  • सांसद

आस्थाका आधारमा कर्मचारी सरुवा गरिएको भन्दै सांसदको आपत्ति

22 August, 2019 23:15 |राजनीति | comments | 11400 Views

    सांसद

    राष्ट्रियसभाका सांसदहरुले कार्यसम्पादन मूल्याङ्कनभन्दा पनि सरकारले राजनीतिक आस्थाका आधारमा कर्मचारी सरुवा गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।  राष्ट्रियसभाको बिहिबारको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले सरकारले मनपरी ढङ्गले कर्मचारी सरुवा गरेको भन्दै आपत्ति जनाएका हुन् ।

    adsads

    सांसद विन्दादेवी आले रानाले सरकारले कार्यसम्पादनभन्दा पनि पार्टीगत विचारका आधारमा कर्मचारी बढुवा र सरुवा गरेको भन्दै त्यसबारे सरकारको जवाफ माग गर्नुभयो । सांसद राधेश्याम अधिकारीले करीब एक महिनाअगाडि एक वर्षका लागि प्रधानमन्त्रीले मन्त्रीहरुसँग र मन्त्रीहरुले सचिवहरुसँग कार्यसम्पादन सम्झौता गरेको मसी पनि सुक्न नपाउँदै १६ जना सचिवको सरुवा गरिएको भन्दै विरोध गर्नुभयो ।

    उहाँले भन्नुभयो, “एक महिना नहुँदै १६ जना सचिवको यसैबीचमा सरुवा भएको सुन्नका आएको छ, यतिबेला एउटा प्रश्न उठेको छ, एक वर्षमा गर्नुपर्ने काम ती सचिवहरुले एक महीनामै सकेका हुन् वा एक महिनाभित्रै आफू असक्षम भएको प्रमाणित गरेका हुन् वा सम्बन्धित मन्त्रीको रोजाइमा ती सचिवहरु परेनन् वा कार्यसम्पादन सम्झौता आफैंमा मजाक थियो ।”

    स्थायी सरकारका रुपमा रहेको प्रशासन संयन्त्रलाई अस्थिर बनाउँदा सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन लगायतका कार्यक्रममा नकारात्मक असर पर्ने उहाँको भनाइ थियो ।सांसद डा विमला पौडेलले पछिलो समयमा राजनीतिक दलहरुबीच भएको सर्वदलीय बैठक स्वागतयोग्य भएको बताउनुभयो ।

    निर्वाचन आचारसंहिता लागू भए पनि कर्मचारी सरुवा प्रक्रिया नरोकिने

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    सांसद

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    गौतम बुद्ध विमानस्थल

    फेसबुक

    गौतम बुद्ध विमानस्थल

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!