मुद्दा फिर्ता लिन पीडितलाई प्रलोभनमुद्दा फिर्ता लिन पीडितलाई प्रलोभन

  • मुद्दा फिर्ता लिन पीडितलाई प्रलोभन
  • मुद्दा फिर्ता लिन पीडितलाई प्रलोभन
  • मुद्दा फिर्ता लिन पीडितलाई प्रलोभन
  • मुद्दा फिर्ता लिन पीडितलाई प्रलोभन
  • मुद्दा फिर्ता लिन पीडितलाई प्रलोभन
  • मुद्दा फिर्ता लिन पीडितलाई प्रलोभन

इँटाभट्टामा जलाएर हत्या प्रकरण : मुद्दा फिर्ता लिन ‘प्रलोभन’

23 October, 2019 13:10 |पत्रपत्रिका | comments | 7650 Views

    मुद्दा फिर्ता लिन पीडितलाई प्रलोभन

    मोहम्मद अफताब आलम पक्षधरले मुद्दा फिर्ता लिन पीडितलाई प्रलोभन देखाउन थालेको छ। श्रीनारायण सिंहलाई १० लाख रुपैयाँ लिएर पछि हट्न दबाब आइरहेको खुलेको छ।

    adsads

    पैसा लिई मिलापत्र गर्न धेरै किसिमको प्रलोभन आइरहेको छ’, उनले भने, ‘मैले हुँदैन भनेको छु। के मैले खसीबाख्रा पालेको थिएँ र ? छोरो जन्माएर पालेको थिएँ हजुर।’ आलम छुटेर आए आफू र परिवारका सदस्यको ज्यान जोखिममा पर्ने उनको भनाइ छ। ‘उनलाई जमानत मिल्नु हुँदैन। उनी पक्षधरले हामीलाई मिल्न भनिरहेको छ’, उनले भने, ‘मुद्दा फिर्ता ली नत्र तेरो म्याद छठसम्म मात्र छ भन्छन्। मैले यो कुरा प्रहरीलाई भनेको छु।’

    उनको परिवारको सुरक्षा गर्न जिल्ला प्रहरीले असइको कमान्डमा टोली खटाएको छ। प्रहरीले चौबीसै घण्टा घर र गाउँमा पहरा दिइरहेको छ। ‘मेरो एक मात्र अनुरोध छ, यस्तो जघन्य अपराध गर्नेलाई छोड्नु हुँदैन’, उनले भने, ‘कडाभन्दा कडा कारबाही गर्नुपर्छ।’

    यमुनामाई–४ सरुअठाका २२ वर्षीय त्रिलोकप्रताप सिंह र २४ वर्षीय ओसी अख्तर (बम विस्फोटका घाइते)लाई इँट्टाभट्टामा जलाएर मारेको अभियोग आलमविरुद्ध लागेको छ। प्रहरीले २६ असोजमा तत्कालीन सांसद आलमलाई पक्राउ गरेको थियो। जिल्ला अदालत गौरबाट म्याद लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

    त्रिलोकप्रतापका बुवा श्रीनारायण र ओसीकी आमा रुक्सना खातुनले आलमविरुद्ध २०६५ वैशाख ९ गते प्रहरीमा किटानी जाहेरी दिएका थिए। त्यसमा आलमका भाइ मो. महताब आलमसहित मोबिन आलम, शेख भदई र शेख सवेजको पनि नाम परेको थियो। उनीहरू फरार छन्। रुक्सनाकोे २०६७ माघ १० मा हत्या भएको थियो। माइतबाट फर्किंदै गर्दा गाउँनजिकै उखुबारीमा कञ्चटमा गोली हानेको अवस्थामा उनी मृत भेटिएकी थिइन्।

    बमबारुद बनाउने तथा विस्फोटनसम्बन्धी कसुर र घटनाका घाइते तथा प्रत्यक्षदर्शी भनिएकाहरूको बयानका आधारमा कर्तव्य ज्यान मुद्दामा आलमविरुद्ध अनुसन्धान भइरहेको रौतहटका एसपी भूपेन्द्र खत्रीले बताए। आलमले भने आफूलाई झुटो मुद्दामा फसाइएको जिकिर गर्दै आएका छन्।

    पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन (२७ चैत २०६४ गते साँझ) राजपुर फरदवामा बम विस्फोट भएको थियो। बुथ कब्जा गर्ने प्रयोजनका लागि ल्याइएका बम विस्फोट भएको र त्यसमा करिब २४ जना घाइते भएको दाबी गरिएको छ। आलमले घटना लुकाउन मृतक मात्र होइन, घाइतेलाई गाउँनजिकै इँटाभट्टामा जलाएको पीडित पक्षको आरोप छ। त्यसविरुद्ध साबिक सरुअठा गाविसका सिंह र खातुन मात्रै प्रहरीमा पुगेका थिए। अन्यको हकमा अनुसन्धानै भएको छैन। विस्फोटबाट क्षति पुगेको घर राति नै मर्मत गरिएको जनाइएको छ। इँटाभट्टा घटनाको केही वर्षपछि बन्द भएको थियो।

    ‘प्रहरी–प्रशासनलाई २०–२० लाख दिएर घटना लुकाइयो’

    ७९ वर्षीय श्रीनारायण सिंह बम विस्फोटमा मारिएका त्रिलोकप्रतापका बुवा हुन्। यमुनामाई–४ सरुअठाका उनी छोराको हत्यामा संलग्न दोषीलाई कारबाहीको मागसहित १२ वर्षदेखि भौतारिँदै थिए। अन्नपूर्ण पोस्ट्को टोली मंगलबार उनको घर पुग्दा प्रहरी टोली सुरक्षामा खटिएको थियो। मधेसी आयोगका अध्यक्ष विजय दत्त उक्त घटनाका विषयमा श्रीनारायणसँग कुरा गर्दै थिए। श्रीनारायणले विस्फोटमा छोरा घाइते भएको र इँटाभट्टामा लगेर जिउँदै जलाइएको सुनाए ः–

    मेरो छोरो त्रिलोकप्रताप भारतको सीतामढीमा बीए पहिलो वर्षमा पढिरहेका थिए। चुनाव प्रचारका लागि उनलाई बोलाइयो। भाषण गर्न राम्रो थियो। उनको बोलीमा दम थियो। अफताब आलमले उनलाई बोलाउन मानिस पठाए। १७ चैत २०६४ मा घर आए।

    उनी १८ गतेदेखि खटिन गाउँ–गाउँ जान थाले। गहुँ काटेर भित्र्याउने सिजन थियो। म त्यसमै व्यस्त थिएँ। साँझ घर आउँदा उनकी आमाले भनिन्– ‘मन्त्रीज्यूले त्रिलोकलाई चुनावमा घुम्न लगे।’ आलमका भाइ महताब आलमले घर अगाडि गाडी रोके। उनका सहयोगी शेख भदईले त्रिलोकलाई लिएर गएका थिए। मेरो छोरोले जान इन्कार गर्‍यो। उसले भन्यो– ‘तपाईंको चुनावमा मान्छेहरू मर्छन्।’ उनीहरूले भने– ‘तपाईंविरुद्ध हत्या आरोप लागे पनि केही हुँदैन। मेरै पार्टीको सरकार छ। गृहमन्त्री मेरै पार्टीको छ।’ त्यसपछि त्रिलोक चुनाव प्रचारमा गयो।

    २७ गते साँझ ५–६ बजेतिर राजपुर फरदवामा बम विस्फोट भयो। चुनावको बेला छ, कतै केही भयो होला। गम्भीर भएर सोचिनँ। भोलिपल्ट म रुक्सना खातुनको घर गएँ। रुवाबासी चलिरहेको थियो। शेख इद्रिसको घरमा बम विस्फोट भएको थाहा पाएँ। ‘बममा परेर मेरो छोरो (ओसी अख्तर) मर्‍यो तेरो छोरो पनि मर्‍यो।’ जब मलाई रुक्सनाले भन्नुभयो तब मेरो होसहवास उड्यो।

    मतदातालाई आतंकित पार्न कोठामा बम भण्डारण थियो। त्यहीं विस्फोट भयो। घर रातारात मर्मत गरियो। दुई जना नेपाली र २० जना बम बनाउने पेसेवर भारतीय थिए। सबै घाइते भए। थोरबहुत छर्रा लागेकाहरूको उपचार गाउँमै भयो। सलाइन पानीमा जहर (विष) हालेर बेहोस बनाइयो।

    त्यति खेर जिल्ला प्रहरीका एसपी लक्ष्मण न्यौपाने थिए, सशस्त्रका एसपी रामकृष्ण लामा र सीडिओ दुर्गा भण्डारी। २०–२० लाख रुपैयाँ दिएर प्रहरी– प्रशासनलाई घटना लुकाउन दिइयो। हामीलाई यो कुरा पछि थाहा भयो। प्रहरीमा उजुरी दिएँ तर दर्ता गर्न मानेन। पछि हुलाकबाट जाहेरी पठाएँ। सरकारी वकिल कार्यालयले मुद्दा नचल्ने निर्णय गर्‍यो। न्यायको आसमा त्यसपछि काठमाडौं गएँ।

    २०६७ माघमा रुक्सनाको हत्या भयो। त्यसपछि म एक्लै परें। तापनि म लडिरहें। सर्वोच्च अदालतले गम्भीर अनुसन्धान गर्न भन्यो। रौतहटमा १४–१५ जना एसपी आए–गए, कसैले सुनवाइ गरेनन्। उनीहरू सांसद अफताब आलमकै संरक्षणमा लागे। प्रहरीले चासो नलिएपछि म फेरि काठमाडौं गएँ। अदालतमा मानहानिको उजुरी गरें। फैसला कार्यान्वयन निर्देशनालयले जिल्ला प्रहरी कार्यालय रौतहटलाई पत्र पठायो। एसपी भूपेन्द्र खत्रीले अफताब आलमविरुद्ध एक्सन लिए।

    ‘बम विस्फोटबारे जो बोल्थ्यो उही मारिन्थ्यो’

    सम्सुल मियाँ बमकाण्डमा मारिएका २४ वर्षीय ओसी अख्तरका ससुरा हुन्। अख्तर र उनको घर यमुनामाई–४ मा एउटै टोलमा छ। बम विस्फोटपछि घाइतेलाई इँटाभट्टामा जलाएको आफूले देखेको उनले सुनाए।

    घटना विचित्र किसिमको छ। त्यो दिन सम्झेर मेरो जीउ सिरिंग हुन्छ। बम पड्केको दिन अर्थात् २७ चैत २०६४ मा म सर्लाहीको लालबन्दीमा थिएँ। लालबन्दीबाट तरकारी किनेर काठमाडौं पठाउने काम गर्थें। चुनावका कारण गाडी एक दिन पहिलेदेखि बन्द थियो। २७ गते बिहानै ज्वाइँ (अख्तर)लाई फोन गरें। मोटरसाइकल लिएर गाउँबाट ३० किलोमिटर दूरीको चन्द्रनिगाहपुरसम्म आउन भनें। हुन्छ भन्नुभयो।

    म चन्द्रनिगाहपुर आइपुगें। तर, मोटरसाइकल आइपुगेन। छोरीलाई घरमा फोन गरें। जवाफ आयो– ‘आलमका भाइ महताबका मान्छे आएका थिए। उनीहरूसँगै गयो।’ यस्तो सुनेर रिस उठ्यो। चुनावमा बम बनाउँदै पड्काएर, मान्छे आतंकित पारेर, बुथ कब्जा गरेर चुनाव जितेको देखेको थिएँ। ज्वाइँ चुनावमा गएको सुनेर मलाई नराम्रो लाग्यो। भोलि केही नराम्रो भयो भने के हुन्छ ? किन लगेको भन्दै मन–मनै रिसाएँ।

    मेरा ज्वाइँ दुबई बस्थे। दुई महिनाको छुट्टीमा घर आएका थिए। रिक्सा भाडामा लिएर घर पुगें। साँझ पर्दैथ्यो तर ज्वाइँ घर आएनन्। मनमा बेचैनी बढ्न थाल्यो। म ज्वाइँलाई खोज्न हिँडें। जब घरबाट केही दूर गएँ, बम पड्किएको आवाज आयो।

    मान्छेको भागाभाग भयो। राजपुर कुरिया बजार गएकाहरू दौडिँदै फर्किंदै थिए। सबैले भन्थे– ‘बम पड्कियो, धेरै मान्छे घाइते भएका छन्।’ सेराजुलले आफ्नै आँखा अगाडि बम पड्किएको खबर मलाई सुनाए। त्यसमा अख्तर परेको उनले बताए। कसैलाई जान दिइएको थिएन।

    म जब बम पड्किएको ठाउँमा पुगें। अफताबका मान्छेले यो सीआईडी हो। यसलाई समात् भने। अँध्यारो भइसकेको थियो। म व्याकुल थिएँ। नजिकै गहुँबारीमा लुकें। भोकै रात काटें। जब राति १२ बज्यो तब प्रहरीको गाडी देखें। सँगै ट्र्याक्टर थियो। ‘जाऊ तिम्रो अहिले जरुरी छैन’, इँट्टाभट्टाको चिम्नीमा बसेकाहरू उनीहरूले भगाइदिए। म नजिकै थिएँ। सबै कुरा देखिरहेको थिएँ, सुनिरहेको थिएँ। घाइतेहरूलाई इँटाभट्टामा पोलिदियो।

    जब बिहान हुँदै गयो त्यसपछि नहर र खोलाको बीच हुँदै भागेर घर आइपुगें। घटनाको बारेमा बुझ्न गाउँ पसे मारिन्थ्यौं। म भिखारीको भेषमा गाउँमा छिरें। च्यातेको लुगा लगाएर गाउँ घुम्न थालें। भीख मागें, घटनाको सत्यता बुझ्न गाउँ डुलें। भीखमंगाको भेषमा सत्य कुरो पत्तो लाग्यो। अफताब आलमले अनर्थ गर्‍यो भनेर कोही बोलेनन्। घरमा कानेखुसी गर्थे। जो त्यस विषयमा बोल्थ्यो त्यो मारिन्थ्यो त्यति खेर। त्यसपछि कानुनी प्रक्रियामा अघि बढ्यो। मानवअधिकारकर्मीको सहयोगमा हुलाकबाट अफताब आलमलगायत अन्यविरुद्ध जाहेरी हालियो। त्यस बीचमा प्रशासनले हामीसँग धेरै ज्यादती गर्‍यो।

    आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

    आलम पक्राउ प्रकरण : उतिबेलै गरिएको थियो सर्वस्वसहित जन्मकैद मागदाबी

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    मुद्दा फिर्ता लिन पीडितलाई प्रलोभन

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!