इञ्जिनीयर एसोसिएशन जापानको अध्यक्षमा डा लता शाक्य

16 August, 2019 17:40 | जापान | comments | 37050 Views

जापानमा कार्यरत नेपाली इञ्जिनीयरहरुको संस्था “नेप्लिज इञ्जिनीयर एसोसिएशन जापान”को अध्यक्षमा डा लता शाक्य चयन हुनु भएको छ । हालै टोकियोमा भएको एक भेलाले चौथो कार्यकालका लागि अध्यक्षमा शाक्यसहित नयाँ कार्यसमिति चयन गरेको हो ।

adsads

डा शाक्य टोकियो सिटी युनिभर्सिटीमा आवद्ध हुनुहुन्छ । यस्तै नवगठित समितिको उपाध्यक्षमा डा विवश गुरागाई टोकियो इञ्जिनीयरिङ्ग कन्सल्टयान्ट ईन्टरनेशनल, महासचिवमा शितलबावु आचार्य टोकियो ईन्सिच्युट अफ टेक्नोलोजी, कोषाध्यक्षमा प्रगति बानियाँ साईतामा युनिभर्सिटी चयन हुनु भएको ।

यस्तै सदस्यहरुमा डा प्रिजा कायस्थ विल्सटावर वार्टसन, युवराज खत्री जेजीसी कार्पोरेशन र कमल प्रसाद रेग्मी युनिभर्सिटीमा चयन हुनुभएको छ । संस्थाको कार्यावधी दुई वर्षको हुने प्रावधान छ ।

निर्वाचनकार्यका लागि ई.डा. वेदप्रसाद काफ्लेको अध्यक्षतामा ई.डा.लक्ष्मीकुमार पराजुली र ई.डा. राजेन्द्र खनालसहितको तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो। निर्वाचन समितिका डा. काफ्लेले नवनिर्वाचित पदाधिकारीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको थियो भने पूर्वकार्यकारी समितिका अध्यक्ष ई.डा.अच्युत सापकोटाले महत्वपूर्ण कागतपत्रहरू नयाँ समितिलाई कार्यभार हस्तान्तरण गर्नुभएको थियो।

पदभार ग्रहण गरेपछि नयाँ कार्यसमितिले आफ्नो कार्यकालका लागि तय गरिएको नीति तथा कार्यक्रमका बारेमा छलफल भएको थियो। हाल सदस्य संख्या ८० जना रहेकोमा जापानवासी बाँकी सबै नेपाली इन्जिनियरहरूलाई सदस्यता प्रदान गरी सदस्य संख्या बढाउने, नियमित कार्यशाला गोष्ठी तथा भेटघाट कार्यक्रम गर्ने, जापानमा रहेका सबै नेपाली इन्जिनियरहरूबीच नेटवर्किङ राम्रो बनाउनका लागि ईन्जिनियरिङ्गका विभिन्न विधा तथा भौगोलिक क्षेत्र अनुसार सबकमिटिहरू गठन गर्ने, नेपालसँग नजिक रहेर काम गरेका जापानी व्यक्तित्व तथा संस्थालाईकार्यशाला गोष्ठीमा आमन्त्रण गरी ज्ञान साटासाट गर्ने र उनीहरूसँगको मैत्री सम्बन्ध अझ गाढा बनाउने, सदस्यहरूले गरेका अनुसन्धानात्मक कामको अनुभवका लेखहरू र छात्रवृत्ति तथा रोजगारीका अवसरका बारेमा जानकारी समावेश गरी न्यूजलेटरप्रकाशन गर्ने आदि बुँदाहरू नयाँ कार्यसमितिको कार्यक्रममा समावेश गरिएका छन्।

जापान स्थित नेपाली राजदूताबाससँग सहकार्य गरी नेपालबाट जापान भ्रमणमा आउनु हुने विशिष्ट पदाधिकारिहरूसँग अन्तरक्रिया मार्फत नेपालले जापानसँग सहकार्य गरी लाभ लिनसक्ने प्राविधिक क्षेत्रहरूका बारेमा विचारविमर्श गर्ने बुँदा पनि कार्यक्रममा समेटिएको जानकारी महासचिव शितलबाबु आचार्यले दिएका छन्।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

अर्थमन्त्री डा युवराज खतिवडा

फेसबुक

अर्थमन्त्री डा युवराज खतिवडा

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!