इटालीमा दैनिक पाँच सयजनाभन्दा बढीको मृत्यु, संक्रमितको सख्या १० गुना बढी हुनसक्ने

25 March, 2020 12:18 | विश्व समाचार | comments | 94200 Views

इटालीको अहिलेको अवस्था निकै चिन्ताजनक छ । त्यहाँ दैनिक ७ सयभन्दा बढीको मृत्यु कोरोना संक्रमणबाट भैरहेको छ भने संक्रमितको संख्या पनि बढेको बढ्यै छ ।

इटाली पछिल्लो समय कोरोना भाइरसको संक्रमणबाट सर्वाधिक प्रभावित मुलुक बनेको छ । हालसम्म संक्रमणका कारण त्यहाँ ६ हजार ८ सय २० जनाको ज्यान गइसकेको छ भने ६९ हजार १ सय ७६ जनामा संक्रमण पुष्टि भइसकेको छ । यद्यपि त्यहाँ संक्रमितको संख्ण सार्वजनिक भएभन्दा १० गुणा बढी हुनसक्ने आशंका गरिएको छ ।

  

त्यहाँको नागरिक सुरक्षा विभागले २४ घण्टाको अवधिमा मंगलबारसम्ममा थप ७४३ जनाको मृत्यु भएको जनाएको छ । सोमबार संक्रमणबाट ६०२ जनाको मृत्यु भएको थियो । रोयटर्सले आफ्नो समाचारमा त्यहाँको नागरिक सुरक्षा विभागलाई उद्धृत गर्दै संक्रमितको संख्या सार्वजनिक भएभन्दा १० गुना बढी हुनसक्ने जनाएको छ ।

उसले इटालीमा गम्भीर लक्षण देखिएकालाई मात्र परीक्षण गरिएकाले संक्रमितको वास्तविक संख्या यो तहमा हुनसक्ने जनाएको हो । बितेका दुई सातादेखि ुलकडाउनुमा रहँदै आएको इटालीका लागि यो निराशाजनक आँकडा हो । संक्रमण रोकथामका लागि इटालीले आफ्ना नागरिकहरूलाई अत्यावश्यकबाहेकका अवस्थामा घरभित्र नै बस्न भन्दै आइरहेको छ ।

मानिसहरूको अनावश्यक आवतजावत रोक्न इटालीले यसअघि नियम उल्घंन गर्नेलाई तोकेको २०६ युरोको जरिवानालाई ३ सय युरो पुर्‍याएको छ । देशमा संक्रमणको असर कम नभएपछि इटालीका प्रधानमन्त्री जुसेपे कोन्टेले सबै नागरिकले आफ्नो तर्फबाट खेल्नुपर्ने भूमिका खेल्न आग्रह गरेका छन् ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More