इन्डोनेसियामा ६.० म्याग्नीच्यूडको भूकम्प

16 July, 2019 15:58 | विश्व समाचार | comments | 11100 Views

इन्डोनेसियाको बालीमा मंगलबार बिहानै ६.० म्याग्नीच्यूडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्भेले जनाएको छ । इन्डोनेसियाली भूगर्भ केन्द्रका अनुसार स्थानीय समय अनुसार बिहान ७ बजेर १८ मिनेटमा भूकम्प गएको थियो ।

adsads

तर सुनामीको चेतावनी दिइएको छैन । इन्डोनेसियाली भूगर्भ केन्द्रका वाहु कुर्नियावानले भूकम्पले सुनामी निम्त्याउने सम्भावना नदेखिएकाले सुनामीको चेतावनी नदिइएको सिन्ह्वा समाचार समितिलाई बताउनुभयो ।

भूकम्पले नुसा डुआमा सामान्य क्षति पु¥याएको छ । बालीस्थित विपद् व्यवस्थापन निकायका सूचना प्रमुख न्योमान सन्जयले भूकम्प आउनासाथ पर्यटकहरुमा भागदौड मच्चिएको बताउनुभयो । इन्डोनेसियामा बारम्बार भूकम्प आउने र बर्सेनि जनधनको ठूलो क्षति हुने गरेको छ । रासस

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!