इन्दुशङ्कर उद्योगबाट उखु किसानको २० करोड भुक्तानी

19 January, 2021 12:01 | अर्थ | comments | 21150 Views

सर्लाहीको हरिवन नगरपालिका– ११ स्थित इन्दुशङ्कर चिनी उद्योगले चालू यामको भुक्तानी शुरु गरेको छ । मुलुकका कतिपय चिनी उद्योगले वर्षौंँदेखिको भुक्तानी नगरिरहेका अवस्थामा सो उद्योगले उखु किसानबाट चालु याममै खरीद गरिएको उखुको भुक्तानी शुरु गरेको हो ।

उद्योगले गत वर्ष उखुको मूल्यलाई नै आधार मानेर उखु उत्पादक किसानलाई यस वर्षको उखु खरीद गरेवापतको रकम भुक्तानी शुरु गरेको उद्योगका उखु प्रबन्धक योगनारायण रजकले जानकारी दिनुभयो । गत पुस ६ गतेदेखि सञ्चालित उद्योगले रु सात लाख २२ हजार क्विन्टलभन्दा बढी उखु पेलिसकेको रजकले बताउनुभयो ।

  

उहाँका अनुसार गत पुस १५ गतेसम्मको उखु खरीदवापतको करीब रु २० करोड बैंक खातामार्फत भुक्तानी भइसकेको र पुस २९ सम्मको भुक्तानी माघ ७ गतेदेखि गर्ने तयारी गरिएको छ ।

पहिलो चरणमा रु १२ करोड र दोस्रो चरणमा रु आठ करोड भुक्तानी गरिसकिएको र सो अवधिमा पेलिएको उखुको बाँकी भुक्तानी बुधबारदेखि शुरु गरिने रजकले बताउनुभयो । हाल सङ्घीय सरकारले उखुको मूल्य कायम नगरेको भए पनि गत सालको मूल्यलाई आधार मानेर भुक्तानी शुुरु गरिरहेको जनाइएको छ ।

सरकारले पछि तोकेको मूल्य अहिले किसानलाई भुक्तानी गरिएको मूल्यभन्दा धेरै हुन आएमा वा फरक परेमा थप रकम उखु उत्पादक किसानका खातामा हालिदिने उद्योगका वरिष्ठ प्रशासकीय अधिकृत ठाकुरप्रसाद नेपालले जानकारी दिनुभयो । जिल्लाकै धनकौलस्थित अन्नपूर्ण सुगर मिलले भने विगत वर्षकै करोडौंँ रकम भुक्तानी नगरेको किसानले गुनासो गर्दै आएका छन् ।

जिल्लाको अर्काे महालक्ष्मी सुगर मिलले भने किसानको बक्यौता भुक्तानी गरिसकिएको जनाएको छ । इन्दुशङ्कर चिनी उद्योगले भने मुलुकभरका अन्य उद्योगका तुलनामा किसानको भुक्तानी समयमै गर्ने गरेको छ जुन किसानको भुक्तानी बाँकी नराख्ने एक मात्र उद्योग पनि हो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More