इन्द्रावती नदीमा बालकसहित तीनजना बेपत्ता

12 July, 2020 12:54 | जन सरोकार | comments | 17400 Views

इन्द्रावती नदीले बगाउँदा मण्डनदेउपुर नगरका १२ वर्षीय बालकसहित तीनजना बेपत्ता भएका छन् । काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक सीमा भएर बग्ने इन्द्रावती नदीमा शनिबार साँझ दुई पुरुष र शुक्रबार एक बालक बेपत्ता भएका हुन् ।

शनिबार साँझ मण्डनदेउपुर नपा–१० हल्देटारका ३७ वर्षीय चन्द्र लामा र माझीगाउँका ३३ वर्षीय सम्फे माझी नदी तर्ने क्रममा बेपत्ता भएको वडाध्यक्ष विष्णु नेपालले बताउनुभयो । उहाँका अनुसार शुक्रबार दिउँसो स्थानीय दीपक नेपालीका १२ वर्षीय छोरा अभिषेक इन्द्रावती नदीमै बेपत्ता भएका हुन् । अभिषेक साथीसँगै नदी तर्ने क्रममा बेपत्ता भएका हुन् ।

माझीको सिन्धुपाल्चोकको ¥यालेमा पनि घर भएका कारण रोपाइँ सकेर साँझ घर फर्कँदा नदी तर्ने क्रममा लामा र माझीलाई बगाएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै नेपालले बताउनुभयो । उहाँले भन्नुभयो, “राति अबेरसम्म उनीहरुको खोजी गरियो, आज बिहानदेखि पुनः खोजीकार्यमा जुटेका छौँ, तर भेट्टाउने सम्भावना न्यून देखिन्छ ।” उहाँका अनुसार शनिबार साँझदेखि स्थानीय प्रहरी तथा सशस्त्र प्रहरीका गोताखोरसमेतले खोजी गर्दा भेट्टाउन सकेको छैन ।

  

अविरल वर्षाका कारण नदीको बहाव बढिरहेकाले खोजीमा निकै कठिनाइ भइरहेको नेपालले बताउनुभयो । “आज पनि बिहानैदेखि पानी परिररहेको छ, तर पनि हामी प्रयासरत छौँ”, नेपालले भन्नुभयो । उहाँले स्थानीय विपद् व्यवस्थापन समिति, प्रहरी, स्थानीयवासी तथा जनप्रतिनिधिको संलग्नतामा खोजी भइरहेको बताउनुभयो । दुई जिल्लाको सीमा भएर बग्ने इन्द्रावती नदीको बीचमा सयौँ रोपनी खेत भएका कारण बर्सेनि वर्षायाममा मानिसका साथै खेतसमेत बगाउने गरेको छ ।

यसैबीच अविरल वर्षाका कारण सात घर पहिरोको जोखिम भएकाले वडा कार्यालयले राहत उपलब्ध गराएको छ । सात परिवारलाई राहतसहित अन्यत्रै सारिएको वडाध्यक्ष नेपालले बताउनुभयो । उहाँका अनुसार वर्षा अझै लम्बिँदा सो वडामा थप घर जोखिममा पर्ने देखिएको छ ।

यसै गरी शनिबार साँझ त्रियुगा नदीको बाढीले बगाउँदा उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–९ गैरुन बस्ने ६० वर्षीय मान चौधरीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार साँझ ५ बजे त्रियुगा नगरपालिका–५ देउरीबाट घर फर्कने क्रममा त्रियुगा नदी तर्दा चौधरीलाई नदीको बाढीले बगाएको हो ।

बाढीले बगाएलगत्तै देउरीका केही स्थानीयवासीले खोजी शुरु गरेको र प्रहरीमा समेत खबर भएपछि प्रहरीको सहयोगमा खोजी भए पनि बाढीले बगाएको ७०० मिटर तल त्रियुगा नदी किनारमा चौधरी मृत फेला परेको जिल्ला प्रहरी कार्यलय उदयपुरका प्रहरी नायब उपरीक्षक गोविन्द पुरीले बताउनुभयो । शनिबार साँझ नै चौधरीको शव परीक्षणका लागि जिल्ला अस्पताल उदयपुरमा लगिएको पनि जिल्ला प्रहरी कार्यलय उदयपुरले बताएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More