इमर्जिङ टिम्स एसिया कपमा नेपाल भारतसंग ७ विकेटले पराजित

14 November, 2019 19:23 |खेल | comments | 4950 Views

    बंगलादेशमा जारी इमर्जिङ टिम्स एसिया कपको पहिलो खेलमा नेपाल बलियो भारतसँग ७ विकेटले पराजित भएको छ ।

    टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले खराब सुरुवात गर्दै ४४.५ ओभरमा सबै विकेट गुमाएर १ सय ९३ रन मात्र बनाएपछि सहज लक्ष्य पछ्याएको भारतले ४२ ओभरमा ३ विकेट गुमाएर १ सय ९४ रन बनायो ।

    adsads

    नेपालका लागि पवन सर्राफले अर्धशतक बनाए भने भारतका सन्भिर सिंह र अरमान जाफरले पनि अर्धशतक पुरा गरे । सन्दिर ५६ रनमा आउट हुँदा जाफरले ५१ रन बनाए । बेलुर रवि शरत भने मात्र १ रनले अर्धशतक बनाउन चुके ।

    नेपालका कारण केसी, ललितनारायण राजवंशी र सुशन भारीले एक एक विकेट लिएका थिए ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    मुस्ताङमा नुन

    फेसबुक

    मुस्ताङमा नुन

    ट्वीटर

    सामाजिक सञ्जाल

    More