इमर्जिङ टिम्स एसिया कप : नेपालद्वारा हङकङ ४० रनले पराजित

16 November, 2019 19:59 |खेल | comments | 7050 Views

    बंगलादेशमा जारी इमर्जिङ टिम्स एसिया कपमा नेपालले हङकङलाई ४० रनले पराजित गरेको छ । आफ्नो पहिलो खेल भारतसंग पराजित नेपालले दोस्रो खेलमा हङकङलाई पराजित गरेको हो ।

    adsads

    यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २१७ रन बनाएको थियो । २१८ रनको लक्ष्य पछ्याएको हङकङ ४५.५ ओभरमा सबै विकेट गुमाउँदै १७७ रन मात्र बनाउन सक्यो ।

    विजयी भए पनि नेपालको सुरुवात भने निकै खराब रह्यो मात्र ३ रन बनाउँदा कप्तान ज्ञानेन्द्र मल्ल शून्यमा र कुशल मल्ल १ रनमा आउट भएपछि धर्मराएको नेपालको इनिङ शरद भेषवाकले सम्हालेका थिए । अन्तिम बलसम्म टिकिरहेका शरद ८९ रन बनाएर अन्तिम बल अघि आउट भए ।

    शरदले तेस्रो विकेटका लागि उपकप्तान दीपेन्द्र सिंह ऐरीसँग ८३ रनको साझेदारी गरे । दीपेन्द्र ३७ रनमा आउट भए । त्यसपछि आरिफ शेखले अर्को महत्वपूर्ण साझेदारी गरे । उनले ७४ रनको साझेदारी गरे ।

    आरिफ ४२ रनमा आउट भए, जतिबेला नेपालको स्कोर १६० रन पुगेको थियो । पवन शरार्फले खाता नै अखोल्न सकेनन् । विनोद भण्डारी १५, करण केसी ७ र सुन भारी ६ रनमा आउट भए ।

    हङकङलाई सस्तैमा समेट्ने क्रममा नेपाली बलर करन केसी र अविनाश बोहोराले ३ ३ र सुसान भारीले दुई विकेट हात पारे । हङकङका दुई ब्याट्सम्यान रनआउट भएका थिए ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    मुस्ताङमा नुन

    फेसबुक

    मुस्ताङमा नुन

    ट्वीटर

    सामाजिक सञ्जाल

    More