इमर्जिङ टिम्स कप : डब्लुसिएल तयारीको एक अध्याय

31 March, 2017 14:18 |खेल | comments | 36300 Views

    acc-emergingg-cup-2017

    बंगलादेशमा जारी इमर्जिङ नेशनल्स कप क्रिकेट खेल्न पाएको नेपालले टेस्ट राष्ट्रसंग एकदिवसिय खेलको मौका पायो । त्यो अवसर नेपालका लागि विश्व क्रिकेट लिगकै तयारीको एक अर्को अध्याय थियो ।

    adsads
    जसमा नेपाल स्वभाविक रुपमा जित भन्दा बढी एक्सपोजलाई महत्वकासाथ हेरिएको थियो ।

    विश्व लिग डिभिजन अन्तर्गत काठमाडौंमा केन्यासंग २ वटा खेल खलेको झन्डै १५ दिनपछि नेपालले इमर्जिङकप खेल्दै गर्दा प्रशिक्षक जगत टमाटाको उद्देश्य एउटै थियो यो प्रतियोगितालाई प्रयोग गर्दै युवा खेलाडीको प्रतिभालाई पहिचान गर्ने । डिभिजन च्याम्पियनसिपमा संघर्ष गरिरहेको नेपाली टिमका लागि अझै महत्वपुर्ण खेलहरु बाँकी रहँदा टमाटाको ध्यान च्याम्पियनसिपमानै केन्द्रीत छ ।

    जसको ज्वलन्त उदारणका रुपमा केही अनुभवि खेलाडीलाई स्वदेशमै राखेर युवा खेलाडीलाई लिएर उनी बंगलादेश उडे । दुईवटा खेलमा नै लामो अनुभव समालेका खेलाडीहरु थाक्छन भन्ने कुरामा विश्वास गर्न सकिन्न । तर उनको उद्देश्य र लक्ष्य फेरि पनि बाँकी रहेका डब्लुसिएलका महत्वपुर्ण भिड्न्तमा जित निकाल्दै शीर्ष चारमा पर्नु नै हो । जुन लक्ष्य प्राप्तिका लागि जतिसक्दो धेरै र प्रतिभावान खेलाडीलाई टिममा मौका दिनुपर्छ । टमाटाले बंगलादेश जानुअघि भनेका थिए ‘यो हाम्रो लागि एक्सपोजको राम्रो मौका हो । मैले विश्वास गरेका खेलाडीहरुले आफ्नो प्रतिभा देखाउनेमा म विश्वस्त छु ।’

    प्रशिक्षक टमाटाले राष्ट्रिय टिममा युवा खेलाडीको समायोजन त्यही दिनबाट मनमा सुरु गरे जुन दिन मलेसियामा आईसीसी यू–१९ विश्वकप छनोट जितेको नेपाली युवाहरुको जोस देखेका थिए । नेपाललाई सातौं पटक यू–१९ विश्वकपमा पुर्याएका युवा प्रतिभालाई टमाटाले विर्सिएका थिएनन् र बढी भन्दा बढी खेलाडीलाई कुनै न कुनै दिन जतिसक्दो चाँडो राष्ट्रिय टिममा मौका दिने र उनीहरुको प्रतिभालाई उजागर गर्दै नेपाली क्रिकेटमा नयाँ अध्याय सुरु गर्ने ।

    दुई टेस्ट राष्ट्रसहित आफु समानको मानिने हङकङसंग खेलेको नेपालले अपेक्षाकृत नतिजा निकाल्यो । पाकिस्तान र बंगलादेशसंग जितको अपेक्षा नगरेको नेपालले हङकङलाई भने हराउने लक्ष्य राखेको थियो । यस्तोमा आफ्नो लक्ष्यमा नेपाल सफल रह्यो । डेढ वर्षअघि यू–१९ खेलेका ४ खेलाडीलाई मौका दिएको प्रतियोगितामा त्यसताकाका ५ खेलाडीले राष्ट्रिय टिममा मौका पाए । नेपाली यू–१९ का तत्कालीन कप्तान राजु रिजाल गत वर्षदेखि नै नेपाली टिममा रहेका छन् । यस्तोमा यू–१९ का सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, सुनिल धमला र दिपेश श्रेष्ठलाई बंगलादेशमा इमर्जिङ टिम्स कपका लागि प्रशिक्षकले टिममा मौका दिए ।

    पारस खड्का अस्वस्थताका कारण बंगलादेश जान नचाहेपछि कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्लालाई नै दिएर नेपाली टिम इमर्जिङ कपका लागि बंगलादेश पुगेको थियो । यस्तोमा अनुभव खेलाडीहरु स्पिनर शक्ति गौचन, वसन्त रेग्मीसहित फास्ट बलर सोमपाल कामीलाई विश्राम दिइयो ।

    त्यसो त भुवन कार्की र सुशन भारी पनि युवा खेलाडीका रुपमा रहे । यू–१९ खेल्दा दिलीप नाथ वैकल्पिक खेलाडीमा रहेका थिए । उनलाईपनि प्रशिक्षकले प्रतियोगितामा टेस्ट गरे । आसिफ शेखलाई पनि प्रतियोगितामा उतारियो ।

    समग्रमा नेपालका लागि प्रतियोगिता एक अवसरका रुपमा रह्यो । यस्तोमा ओपनिङ जोडीको खोजि फेरी पनि जारी नै छ । ज्ञानेन्द्र मल्ल पार्टटाइम बलरका रुपमा प्रतियोगितामा स्थापित हुँदा दिपेन्द्र सिंह ऐरीले आफुलाई स्थापित ब्याट्सम्यान प्रमाणित गरे । दिलिप नाथले पनि बंगलाशेश विरुद्ध केही आश देखाए यद्यपि नेपाललाई बढी भन्दा बढी प्रतियोगिताको एक्सपोज खाँचो रहेको प्रस्टै देखिन्थ्यो ।

    यसर्थ नेपाली टिमले बंगलादेशमा पहिचान गरेका केही प्रतिभा र युवा स्टारहरुलाई मैत्रिपूर्ण खेलहरुको आयोजना गरेरै भए पनि डब्लुसिएलका लागि तयार गर्नु अबको आबश्यक्ताको रुपमा रहेको छ ।

    नेपालले जे अपेक्षा राखेको थियो त्यही भयो । नेपालकै हैसियमा रहेको मुलुक हङकङलाई पराजित गरी अब उसंगको डब्लुसीएललाई विजतको आधार तयार गर्नु थियो र भयो त्यस्तै । हङकङबिरुद्ध नेपालका तीन ब्याट्सम्यानले अद्र्धशतक ठोके भने उबिरुद्ध ७ विकेटको जीतले नेपाली टोली विश्व लिग डिभिजनमा हङकङलाई पराजित गरी अंक तालिकामा माथि उक्लन आतुर र तयार रहेको पनि देखिएको छ ।

    नेपालको सान्त्वना जित, हङकङ ७ विकेटले पराजित

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!