इम्बोस्ड नम्बर प्लेट नेपाली भाषामा बनाउन आग्रह

12 August, 2020 10:53 | जन सरोकार | comments | 17550 Views

प्रगतिशील लेखक सङ्घले अङ्ग्रेजी भाषामा मोटरगाडीको इम्बोस्ड नम्बर प्लेट बनाउने व्यवस्था गर्न लागिएकामा विरोध जनाएको छ । नेपाली भाषा विश्वकै प्राचीन र समृद्ध भाषामध्ये एक भएको र यसमा सबै खालको कामकाज गर्न सक्षम, सहज र सम्भवसमेत प्रमाणित भइसकेका अवस्थामा यस्ता राष्ट्रिय प्रयोजनमा नेपाली भाषा कायम गर्न सङ्घले सरकार र सम्बद्ध पक्षसँग आग्रह गरेको हो ।

सङ्घका अध्यक्ष डा जीवेन्द्रदेव गिरी र महासचिव समिर सिंहले जारी गर्नुभएको विज्ञप्तिमा तमाम राष्ट्रप्रेमी तथा स्वभाषाप्रेमी नेपालीको भावनाविपरीत अङ्ग्रेजी भाषामा इम्बोस्ड नम्बर प्लेट नबनाउन ध्यानाकर्षण गराइएको छ ।

  

यसैगरी सङ्घले भूकम्पपछि अलपत्र ललितपुरस्थित राष्ट्रिय पुस्तकालयलाई काठमाडौँमा सार्ने निर्णय स्थगन भएकामा पनि चिन्ता व्यक्त गरिएको छ । पठन संस्कृतिको प्रवद्र्धनका लागि राष्ट्रिय पुस्तक नीति ल्याउन र उक्त पुस्तकालयलाई जमलमा स्थापित गर्न पनि सङ्घले आग्रह गरेको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More