इरानमा भूकम्पइरानमा भूकम्प

  • इरानमा भूकम्प
  • इरानमा भूकम्प
  • इरानमा भूकम्प
  • इरानमा भूकम्प
  • इरानमा भूकम्प
  • इरानमा भूकम्प

इरानमा भूकम्प : पाँच जनाको मृत्यु, १२० जना घाइते

8 November, 2019 21:48 |विश्व समाचार | comments | 2100 Views

    इरानमा भूकम्प

    इरानको उत्तरपश्चिम प्रान्त इस्ट अजरबैजानको तार्क क्षेत्रमा शुक्रबार भूकम्प गएको छ । स्थानीय समयाअनुसार शुक्रबार बिहान २ः१७ बजे गएको यस भूकम्प ५.९ म्याग्नीच्युडको मापन गरिएको इरानको भूगर्भ विभागले जानकारी दिएको छ ।

    adsads

    भूकम्पबाट कम्तीमा पाँच जनाको मृत्यु भएको र अरु १२० जना घाइते भएको स्थानीय अधिकारीहरुले बताएका छन् ।प्रान्तीय गभर्नर मोहम्मद रेजा पोर्मोहमादीले भूकम्पबाट कम्तीमा ३० घर क्षतिग्रस्त भएको जानकारी दिनुभयो । प्रान्तका ४१ वटा गाउँमा उद्धारकार्य जारी रहेको र दुईवटा क्षेत्र सर्वाधिक प्रभावमा परेका छन् ।

    सन् १९९० मा इरानमा आएको ७.४ म्याग्नीच्यूडको भूकम्पबाट ४० हजारको मृत्यु हुनुका साथै तीन लाख मानिस घाइते भएका थिए । हालैका वर्षमा इरानमा दुईवटा ठूला भूकम्प गएका छन् । सन् २००५ को भूकम्पमा ६०० भन्दा बढीको मृत्यु भएको थियो भने सन् २०१२ को भूकम्पमा झण्डै ३०० को मृत्यु भएको थियो ।

    भानुआतुको तटीय क्षेत्रमा ६.४ म्याग्निच्युडको भूकम्प

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    इरानमा भूकम्प

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!