इलामको गोदकमा एम्बुलेन्स दुर्घटना, तीनजनाको मृत्यु-दुईजना गम्भीर घाइते

28 December, 2015 12:52 | जन सरोकार | comments | 78750 Views

बिरामी लिएर झापाबाट पाँचथरतर्फ आउँदै गरेको एम्बुलेन्स सोमबार बिहान करिब ४ः३० बजे इलामको गोदकमा दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ ।यस्तै दुर्घटनामा दुईजना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा पाँचथर फिदिम निवासी आनन्द अधिकारी, रेनुका अधिकारी र नरीमाया चौहानको घटनास्थलमै मृत्यु भएको हो ।

मे१च १७४७ नंको जनमैत्री सेवा संस्था, पाँचथरको एम्बुलेन्स मेची राजमार्गअन्तर्गत गोदक–४ घट्टामा सडकबाट करिब ३५० मिटर तल पल्टिएको थियोे ।

  

घाइते हुनेहरूमा एम्बुलेन्स चालक गेहनाथ प्रसाईं र टीकाराम अधिकारी रहेका छन् । उनीहरूलाई उपचारका लागि झापातर्फ लगिएको प्रहरीले जनाएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More