इलाम नगरपालिकाले माछापालनका लागि ५० वटा पोखरी बनाउँदै

20 October, 2020 17:01 | अर्थ | comments | 22350 Views

जनताको आर्थिक अवस्थामा सुधार ल्याउन उनीहरुलाई व्यावसायिक बनाउने उद्देश्यले इलाम नगरपालिकाले माछापालनमा प्रोत्साहनका लागि ५० वटा पोखरी निर्माण गर्ने भएको छ । नगरले किसानलाई अनुदानमार्फत पोखरी निर्माण गरिदिने भएको हो ।

नगरको अनुदान सहयोग शीर्षकअन्तर्गत रकमबाट एउटा पोखरीका लागि रु ४० हजार अनुदान दिएर पोखरी निर्माण भएको नगरप्रमुख महेश बस्नेतले जानकारी दिनुभयो ।

  

नगरका १२ वडामध्ये वडा नं ७ बाहेक बाँकी वडामा माछापोखरी निर्माणका लागि अनुदान सहयोग गर्ने भएको छ । अनुदान सहयोग दिई लागत साझेदारीमा १६ मिटर लम्बाइ आठ मिटर चौडाइ भएको माछापोखरी निर्माण गरी व्यावसायिक माछापालन कार्यक्रम सञ्चालन गर्ने गरी विभिन्न समूह, फर्म र कृषकबाट आवेदन माग गरिसकिएको छ । माग गरिएकोमा नगरको बैठकमार्फत उपयुक्त माछापालन किसानसमेत छनोट गरिसकिएको छ भने ४० जना किसान वैकल्पिकमा परेका छन् ।

“इलाम नगरपालिका–७ नं वडामा चाहिँ पोखरी भएको र नयाँ बनाउन उपयुक्त ठाउँ नभएकाले नदिएको हो”, नगरका सूचना अधिकारी रामकुमार साहले भन्नुभयो, “सबै प्रक्रिया पूरा गरेपछि मात्र अनुदानको रकम दिन्छौँ । त्यसका लागि मापदण्डसमेत बनाइएको छ ।” नगरमा माछापालनको प्रशस्त सम्भावना भए पनि सचेतना अभाव पालन नभएको सूचना अधिकारी साहको भनाइ छ । नगरमा माछा अन्य जिल्लाबाट ल्याउनुपर्ने बाध्यता हल गर्नसमेत नगरले प्रोत्साहन गरेको साहले बताउनुभयो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More