इ–सेवाबाट कुनै पनि बैंकमा रकम पठाउँदा शुल्क नलाग्ने

21 March, 2020 14:23 | कर्पोरेट/पर्यटन | comments | 37050 Views

डिजिटल कारोवारलाई प्रोत्साहन गर्ने सरकारी नीतिअनुसार इ–सेवाबाट आफ्नो बैंक खातामा रकम पठाउँदा शुल्क नलाग्ने भएको छ ।कोरोना भाइरसको सङ्क्रमणको जोखिम बढेपछि नयाँ योजना ल्याइएको इ–सेवाले जनाएको छ ।

सो व्यवस्था बिहीबार रातिदेखि आगामी वैशाख १६ गतेसम्म लागि लागू हुने भएको छ । यस्तै, बैंकमा रकम ट्रान्सफर गर्दा पनि शुल्क नलाग्ने भएको छ ।

इ–सेवामार्फत इ–सेवा खातामै पैसा पठाउँदा गर्दा यसअघि नै निःशुल्क सेवा रहेकामा अब बैंक ट्रान्सफर पनि निःशुल्क बनाइएको हो । इ–सेवाका प्रमुख कार्यकारी अधिकृत सुभाष सापकोटाले भन्नुभयो, ‘‘अहिलेको अवस्थामा बैंकहरुसँगको सहकार्यमा बैंक ट्रान्सफरलाई निःशुल्क बनाएका छौँ ।” यसले ग्राहकलाई थप सहज हुने र सेवा सर्वसुलभ हुने अपेक्षा गरेका छौँ ।

  

इ–सेवाले ग्राहकका लागि अन्य सहुलियतका कार्यक्रम ल्याउने जनाएको छ । इ–सेवामार्फत मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्कलगायतका दुई हजारभन्दा बढी सेवाको शुल्क भुक्तानी गर्न सकिन्छ ।

इ–सेवामा हाल ४९ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इ–सेवामा सहजै रकम जम्मा गर्न तथा बैंक खातामा रकम पठाउन सकिन्छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More