उग्रतारा मेला सुरु

7 November, 2014 16:11 | जन सरोकार , सुदुर पश्चिमाञ्चल | comments | 79050 Views

कार्तिक शुक्ल पुर्णिमाको दिन देखि लाग्ने उग्रतारा मेला आज बिहान देखि सुरु भएको छ | सुदुरपश्चिमको डडेलधुरास्थित उग्रतारादेवीको मन्दिरमा यस दिन ठुलो मेला लाग्ने गरेको छ |

Ugratara temple ,Dadeldhura mahakali zone G mulmi

उग्रतारादेवीको मन्दिरमा बिहानदेखि नै भक्तजनको घुइँचो लागेको छ | मन्दिरमा हिजो राती देखि नै दर्शनार्थीहरुको घुइँचो लागेको एक दर्शनार्थीले बताए | सुदुरपश्चिमको चर्चित मेलामा पर्ने यस मेलामा डडेल्धुरा, बैतडी, डोटी लगायत सीमावर्ती भारतीय हिन्दु धर्मावलम्बीहरु मेला भर्न उग्रतारा मन्दिर परिसर पुगेका छन् |

  

प्रत्येक वर्ष ५० हजारभन्दा बढी श्रद्धालुले मेला भर्ने गरेको उग्रतारा क्षेत्र विकास समितिले जनाएको छ । आजको दिन उग्रतारादेविको पुजा आराधना गरे मनको ईच्छा पुरा हुने धार्मिक विश्वास रहिआएको छ |

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More