उच्च मनोबलका साथ काम गर्न मन्त्री त्रिपाठीको कर्मचारीलाई निर्देशन

5 December, 2019 19:16 | राजनीति | comments | 31650 Views

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले उच्च मनोबलका साथ काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । पश्चिम नवलपरासीस्थित जिल्ला प्रशासन कार्यालय परासीमा बिहिबार जिल्लाका कार्यालय प्रमुखलाई निर्देशन दिँदै मन्त्री त्रिपाठीले सो निर्देशन दिनुभएको हो ।

त्यस क्रममा उहाँले कर्मचारीको मनोबल खस्किन नदिने बताउँदै भन्नुभयो,“तपाईहरुको मनोबल खस्किन दिन्न, तर जनताको मनोबल खस्किन दिनुभएन्, निराश नभइ काममा लाग्नुहोस्”

  

मन्त्री त्रिपाठीले निजामती सेवा विद्ययेकलाई सहमतिबाटै अन्तिम रुप दिन आफूले पहिलो प्राथमिकतामा राखेको बताउँदै संसद्को आउँदो हिउँदे अधिवेशनको पहिलो बैठकबाटै अगाडि बढाउने तयारी गरिरहेको जानकारी दिनुभयो । मन्त्री त्रिपाठीले कर्मचारीको बढुवामा आर्थिक अनुशासन पनि मापदण्डमा समावेश गर्ने तयारी भइरहेको जानकारी दिँदै समायोजनमा रहेका त्रुटी सच्चाउने आश्वासन पनि दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले जनतासँग प्रत्यक्ष जोडिएका विकासे कार्यालय जिल्ला बाहिर रहँदा केही अफ्ठ्यारो र ढिलासुस्ती हुने गरेको अवगत गराउनुभएको थियो ।

यस्तै जिल्ला समन्वय समिति पश्चिम नवलपरासीले आजै परासीमा गरेको स्वागत तथा सम्मान कार्यक्रममा मन्त्री त्रिपाठीले शासकीय मनोविज्ञानले भन्दा सेवाको मनोविज्ञानले काम गर्न स्थानीय तहका जनप्रतिनिधिलाई आग्रह गर्नुभयो । स्थानीय तहमा आर्थिक अनुशासन र पारदर्शीतालाई कडाइका साथ पालना गर्न पनि मन्त्री त्रिपाठीले सचेत गराउनुभयो ।

स्थानीय तहका प्रमुख/उपप्रमुखले कर्मचारी अभावको समस्या छिटो समाधान गर्न तथा जिल्ला समन्वय समितिका प्रमुख शिवशङ्कर रायले जिससको भूमिकालाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More