उच्च शिक्षाको मतलब केवल डिग्री हाँसिल गर्नु मात्र हैन : मन्त्री पोखरेल

17 June, 2019 16:12 |जापान | comments | 20850 Views

    जापान भ्रमणमा रहनुभएका नेपालका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उच्च शिक्षाको मतलब केवल डिग्री हाँसिल गर्नु मात्र नभएको बताउनुभएको छ ।

    नेपालको विद्यमान शिक्षा प्रणालीबाट केवल डिग्री हाँसिल गर्ने काम मात्र भएकोले परिवर्तित सन्दर्भमा अब उच्च शिक्षाको लक्ष पनि परिवर्तन गरिनुपर्ने उहाँले बताउनुभएको छ ।

    adsads

    भूउपग्रहका विषयमा जापानमा आयोजित एक अन्तराष्ट्रिय सम्मेलनमा भाग लिन जापान आउआएका मन्त्री पोखरेलले मन्त्री पोखरेलको स्वागतमा नेपाली राजदूतावास टोकियोले आइतवार साँझ आयोजना गरेको रात्रीभोजसहितको स्वागत समारोहमा बोल्दै सो कुरा बताउनुभएको हो ।

    उहाँले देश बिकासको मेरुदण्ड अर्थात पहिलो सर्तकारुपमा शिक्षा भएकोले देशभित्रै आवश्यक गुणस्तरिय जनशक्ति उत्पादनमा शिक्षाप्रणालीमा सुधार्न नयाँ ढंगले सोचिएको बताउनुभयो ।

    मन्त्री पोखरेलले वर्तमान सरकारले विकासको छलाङ्लाई नेतृत्व गर्ने जनशक्ति उत्पादन हुने प्राविधिक शिक्षामा जोड दिएको जानकारी दिंदै हाल नेपालको ५० जिल्ला अर्थात साक्षरता प्रतिशत ८२ रहेको तथ्य सार्वजनिक गर्नुभयो ।

    अबको एक दशकमा साक्षरता शतप्रतिशत पुर्‍याई विद्यालय नजाने बालबालिकाको संख्या शून्यमा झार्ने सरकारको लक्ष रहेको बताउँदै मन्त्री पोखरेलले सामुदायिक विद्यालय र निजी विद्यालय बीचको शैक्षिक गुणस्तरको अन्तरमा पनि समानतामा ल्याइने बताउनुभयो ।


    समारोहको प्रारम्भमा जापानका लागि नेपाली राजदूत प्रतिभा राणाले मन्त्री पोखरेलको स्वागत गर्दै आफू राजदूत भएर जापान आएदेखि भए गरेका कार्यप्रगतिबारे जानकारी गराउनुभएको थियो ।

    राजदूत राणाले जापानमा १० हजार नेपाली हुँदा पनि राजदूतावासमा ३ जना डिप्लोम्याट कर्मचारी रहेको र हाल ९० हजार हुँदा पनि सोही दरबन्दी अनुसार कार्यसम्पादन गर्नुपरेकोले असुविधा भएको भन्दै मन्त्री पोखरेलमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

    उहाँले नेपालका लागि जापान जस्तो महत्वपूर्ण मुलुकमा राजदूतावासको आफ्नै भवन हुनुपर्नेमा जोड दिदैं त्यसका लागि पनि मन्त्री पोखरेल मार्फत नेपाल सरकारको पुनः ध्यानाकर्षण गराउनुभयो ।

    सो समारोहमा बोल्दै एनआरएन अध्यक्ष भवन भट्टले नेपाल सरकारसंग सहकार्य गरी एनआरएनले शिक्षाको क्षेत्रमा थुप्रै कार्यक्रमहरु ल्याएको बताउनुभयो ।

    समारोहमा मन्त्री पोखरलेकै भ्रमणदलका सदस्य एवं नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानका उपकुलपति डा सुनिलबाबु श्रेष्ठ, जर्मनीबाट आउनुभएका एनआरएनका उपाध्यक्ष कुमार पन्त लगायतको पनि विशेष उपस्थिति रहेको थियो ।

    जापानका विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधि, ब्यवसायी, विद्यार्थी, प्राज्ञिक वर्ग, पत्रकार तथा एनआरएन अभियान्ताहरुको उपस्थिति रहेको समारोहको अन्तमा, दूतावासका उपनियोग प्रमुख कृष्णचन्द्र अर्यालले धन्यवाद मन्तब्य राख्नुभएको थियो भने दूतावासका द्वितीय सचिव टोपनारायण गिरीले सहजीकरण गर्नुभएको थियो ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!