उद्योगमन्त्री यादव र कांग्रेस निकट कर्मचारीबीच मन्त्रालयमै हातहालाहाल

15 May, 2019 21:08 | राजनीति | comments | 17700 Views

तत्कालीन नेकपा माओवादी नेतृत्वको सरकारमा मन्त्री हुँदा सिडिओलाई शौचालयमा थुनेर चर्चामा आएका उद्योगमन्त्री मातृका यादवको कार्यकक्षमा कांग्रेस निकट कर्मचारीबीच हात हालाहाल भएको समाचार छ ।

समाचार अनुसार उद्योग विभागमा भएको सरुवाको विषयमा विवाद हुँदा मन्त्री यादव र असन्तुष्ट कर्मचारीबीच हात हालाहाल भएको हो ।

adsads

मन्त्रालयका उच्च अधिकारीले दिएको जानकारी अनुसार उद्योग विभागमा नेकपा निकट कर्मचारी विनोद खड्काको सरुवा गरिएको विषयलाई लिएर नेपाली कांग्रेस निकट कमर्चारीले मन्त्रीसँग विवाद गरेका थिए । त्यस क्रममा मन्त्री यादवको कार्यकक्षमा मन्त्री र कर्मचारीबीच हात हालाहाल भएको हो ।

कांग्रेस निकट कर्मचारीहरुले शोभाकर रेग्मीलाई वाणिज्य विभागमा सरुवा गर्न खोजेका थिए । उनीहरुले शुरुमा मन्त्रीका निजी सचिव प्रेम आचार्यसँग विवाद गरेका थिए । कांग्रेस निकट कर्मचारी युनियनका उपाध्यक्ष सुरेन्द्र भण्डारीको नेतृत्वमा हुलहुज्जत भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रीको कार्यकक्षबाहिर निजी सचिवसँग कमर्चारीको वादविवाद भइरहेका बेला होहल्ला रोक्न बाहिर निस्किएका मन्त्रीमाथि हातपात प्रयास भएपछि प्रहरी बोलाए लगत्तै कर्मचारी नेताहरु भागेको बताइएको छ ।

यसैबीच कांग्रेस निकट कर्मचारी युनियनले भने मन्त्रीले आफ्ना नेतामाथि हातपात गरेको आरोप लगाएको छ ।

युनियनका बरिष्ठ उपाध्यक्ष सुरेन्द्र अधिकारीले मापदण्ड बिना आर्थिक चलखेलमा कर्मचारी सरुवा गरेको सन्दर्भमा निजी सचिवसँग कुरा गर्न जाँदा मन्त्री बाहिरै आएर आक्रमण गरेको र त्यसक्रममा आफ्ना दुईजना साथी घाइते भएको उनको दावी छ ।

महासंघले बुझायो अर्थ र उद्योगमन्त्रीलाई निजी क्षेत्रको संयुक्त सुझाव

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

राष्ट्रपति विद्यादेवी भण्डारी

फेसबुक

राष्ट्रपति विद्यादेवी भण्डारी

ट्वीटर

सामाजिक सञ्जाल

More