उपत्यकामा थपिए १ सय ३९ जना, देशभर थप ४ सय ८४ जनामा कोरोना सङ्क्रमण पुष्टि

12 August, 2020 22:38 | जल/वातावरण/स्वास्थ्य | comments | 22800 Views

पछिल्लो २४ घण्टामा थप ४८४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यकामा थप १३९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँमा मात्र १०९ जना सङ्क्रमित थपिएका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा १०, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा २९, पाटन अस्पतालमा गरिएको परीक्षणमा ११, वीर अस्पतालमा गरिएको परीक्षणमा दुई, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा गरिएको परीक्षणमा ११ र नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा २२ जनामा सङ्क्रमण भेटिएको उहाँले बताउनुभयो ।

  

विगत २४ घण्टामा १० हजार ४८१ जनाको पिसिआर परीक्षण गर्दा ४८४ जनामा कोरोना सङ्क्रमण देखिएको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । योसँगै कोरोना सङ्क्रमितको कूल सङ्ख्या २४ हजार ४३२ पुगेको छ ।

पछिल्लो समय कोरोना भाइरस मुक्त भएर ६४ जना घर फर्किएका छन् । हालसम्म १६ हजार ७२८ जना निको भई घर फर्किएका छन् । ६८ प्रतिशत कोरोनाबाट ठीक भएको पनि मन्त्रालयले जनाएको छ । देशभर सात हजार ६१३ जना सक्रिय सङ्क्रमित छन् । चार लाख ७२ हजारभन्दा बढीको पिसिआर विधिबाट परीक्षण गरिएको छ ।

बुधबारसम्म ९१ जनाले कोरोनाबाट जीवन गुमाएका छन् । पछिल्लो २४ घण्टामा आठ जनाको निधन भएको मन्त्रालयले जनाएको छ । निधन हुनेमा धनुषाका दुई, काठमाडौँ, धादिङ, सप्तरी, मोरङ, कपिलवस्तु र बाराका एक–एकजना रहेको पत्रकार सम्मेलनमा प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More