उपत्यकामा बन्दको प्रभाव छैनउपत्यकामा बन्दको प्रभाव छैन

  • उपत्यकामा बन्दको प्रभाव छैन
  • उपत्यकामा बन्दको प्रभाव छैन
  • उपत्यकामा बन्दको प्रभाव छैन
  • उपत्यकामा बन्दको प्रभाव छैन
  • उपत्यकामा बन्दको प्रभाव छैन
  • उपत्यकामा बन्दको प्रभाव छैन

उपत्यकामा बन्दको प्रभाव छैन

10 March, 2017 14:40 |जन सरोकार | comments | 14400 Views

    उपत्यकामा बन्दको प्रभाव छैन

    संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आज आह्वान गरेको नेपाल बन्दमा काठमाडौँ उपत्यकामा खासै प्रभाव परेको छैन । सवारी साधनहरु निर्बाध सञ्चालन भएको, हालसम्म कुनै प्रदर्शन तथा घटना नभएको उपत्यका ट्राफिक कार्यालयले जनाएको छ ।

    adsads

    मोर्चाले सप्तरीमा यही फागुन २३ गते भएको हिंसात्मक घटनाको विरोधमा बन्द आह्वान गरेको हो । भाडाका सवारीसाधन केही पातलो देखिएपनि निजी र अन्य सवारीसाधन यथावत् चलेका छन् भने कतिपय निजी विद्यालय खुलेका छैनन् ।

    मोर्चाद्वारा बसमा आगजनी
    यद्यपि बन्दको अवज्ञा गरेको भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले गएराति सप्तरीको राजविराजस्थित औद्योगिक क्षेत्रअगाडि एउटा बसमा आगजनी गरेका छन् ।

    रुपनीबाट राजविराजतर्फ आइरहेको ना ५ ख ६७१३ नंको स्वस्तिका बसमा मोर्चाको कार्यकर्ताले आगो लगाउँदा बस पूर्णरुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । नष्ट भएको गाडी राजविराजदेखि वीरगन्ज चल्ने गाडी हो । यात्रुलाई भने केही नभएको बुझिएको छ ।

    नेकपा (एमाले)को मेची–महाकाली अभियानअन्तर्गत सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा सोमबार एमालेले गरेको कार्यक्रम बिथोल्न पुगेका मोर्चाको कार्यकर्ता र प्रहरीबीच झडपमा चार जनाको मृत्यु भएपछि मोर्चा सप्तरीले अनिश्चितकालिन बन्द आह्वान गरेको थियो । बन्दको अवज्ञा गरेकाले बसमा आगजनी गरेको बताइएको छ ।

    यसैबीच, मोर्चाले अह्वान गरेको बन्द आज पाँचौँ दिन पनि सप्तरीमा प्रभाव परेको छ । बन्दले राजविराजबाट चल्ने लामो तथा छोटो दूरीका सवारी साधन चल्न सकेका छैनन् भने बजार, पसल, शैक्षिक संस्था, कलकारखानालगायत सम्पूर्ण बन्द रहेको पाइएको छ ।

    चोथौ दिन पनि सप्तरी बन्द

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    उपत्यकामा बन्दको प्रभाव छैन

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!