उपराष्ट्रपतिका पिता रामसुर उपराष्ट्रपतिका पिता रामसुर

  • उपराष्ट्रपतिका पिता रामसुर
  • उपराष्ट्रपतिका पिता रामसुर
  • उपराष्ट्रपतिका पिता रामसुर
  • उपराष्ट्रपतिका पिता रामसुर
  • उपराष्ट्रपतिका पिता रामसुर

उपराष्ट्रपतिका पिता रामसुर भन्छन्- ‘माइलो छोराको डेरा कारागार जस्तै’

8 April, 2019 12:55 | पत्रपत्रिका | comments | 27300 Views

उपराष्ट्रपतिका पिता रामसुर

ढुंगा–माटोको घर। भित्तामा हरियो रङ पोतेको।

निलो बार्दली। छानामा डिस टिभीको एन्टेना। आँगनमै धारो। वरिपरि भिरालो जमिन। सुन्तलाका बोट प्रशस्तै। अलि पल्तिर अर्को घर। प्रायः बन्द भइरहने। घाममा एक हल गोरु उग्राइरहेका छन्। अरू सुनसान।

  

चैतको पहिलो हप्ता रोल्पाको राङ्सी भनभने पुग्दा यस्तै थियो दृश्य। थवाङ, मिरुल, कुरेली, इरिवाङ, चुनवाङ हुँदै फर्कँदै थिएँ। शहीद मार्गमै पर्ने चप्काबाट १५/२० मिनेट उकालो चढेपछि राङ्सी भनभने पुगियो। यो त्यहीँ ठाउँ हो, जहाँ उपराष्ट्रपति नन्दकिशोर पुन (पासाङ) का पिता रामसुर पुन अहिले पनि एक्लै बस्छन्। यी दुई घर कुरेर। एउटा घरमा आफैँ बस्छन्। सधैँजसो बन्द हुने अर्को घर उनै उपराष्ट्रपति पुनको हो।

यी तिनै पासाङ हुन् जसलाई माओवादी विद्रोहताका ‘जनरल ज्याप’सँग तुलना गर्थे। ‘जनरल ज्याप’ अर्थात् भियतनामी नेता हो चि मिन्हको नेतृत्वमा भएको अमेरिका विरुद्धको लडाईका सैन्य कमाण्डर। माओवादी विद्रोहताका ‘सुुप्रिम कमाण्डर’ त पुष्पकमल दाहाल (प्रचण्ड) नै थिए तर मैदानमा खट्नेमा सबैभन्दा दक्ष नन्दकिशोर पुन (पासाङ)लाई मानिन्थ्यो। धेरैवटा रेड र आक्रमणको नेतृत्व गरेका उनले माओवादीभित्र ‘नेपाली जनरल ज्याप’ को उपमा पाएका थिए।

२०३६ सालदेखि विद्यार्थी फाँटबाट राजनीतिमा लागेका पासाङ माओवादीको सैन्य डेपुटी कमाण्डर हुँदै मुलुककै उपराष्ट्रपति भएका छन्, दुईपल्ट। उनै पासाङका वृद्ध पिता भने अहिले पनि गाउँमै छन्। दुईटै घर, करेसाबारी जताततै खोज्दा पनि रामसुर नभेटिँदा हामी छटपटिन थाल्छौं। झण्डै आधा घण्टाको प्रतिक्षा र सोधखोजपछि ८४ वर्षीय उनी हिँडेरै आइपुग्छन्।

‘काइँला छोरोको घर गएको थिएँ। उतै खाएँ आज’, झण्डै ३/४ सय मिटर जति परको एउटा घर देखाउँदै उनी भन्छन्, ‘काँइली बिरामी भएको सुनेर गएको। यतै खा भने। त्यसैले ढिलो भयो।’ अरू दिन रामसुर एक्लै बस्छन्। आफ्नै सुरले। आफैं पकाउँछन्, खान्छन्, भाडा माझ्छन्। आफ्ना काम सबै आफैँ गर्छन्। श्रीमती २०५२ सालमै बितिसकिन्। उनका सात सन्तानमध्ये कान्छो छोरो माओवादी आन्दोलनकै क्रममा मारिए। दुई छोरीहरू बिहेबारी गरेर आफ्नै घरजममा लागे। जेठो छोरो पोखरामा खानेपानीमा काम गर्छन्। माइलो उपराष्ट्रपति पुन भइहाले। साइलो राङ्सी पोखरा स्कुलमा हेडमास्टर छन्। काइलो छोरो उनी नजिकै बस्छन्। गाउँमै खेती किसानी गरेर।

 

माओवादी नेताका छोराछोरी, भान्जाभान्जी, साखा सन्तान धन कमाउने दौडमा लिप्त भएका कैयन खबर सुनिन्छन् तर रामसुर ती सबैबाट बेखबर छन् र आफ्नै धुनमा मग्न छन्।

यत्तिका सन्तान, छोरो उपराष्ट्रपति अनि पिता एक्लै घरमा? त्यो पनि ८४ वर्षको उमेरमा गोरुलाई स्याहारेर बसेका छन्। सुन्दा पत्याउन गाह्रो हुन्छ। तर रामसुरको यथार्थ यही हो। र, आफ्नै चाहना पनि। ‘छोराहरूले कर गर्छन्, सँगै बस्न तर मलाई मेरो ठाउँ छोड्न मन छैन’, चारैतिर देखाउँदै उनी भन्छन्, ‘यी घर, यी बारी, गोरु कसले हेर्छ? मलाई यहीँ नै रमाइलो छ।’

उमेरमा लडाकू स्वाभावका थिए रामसुर। त्यो जोश अहिले पनि उस्तै छ । दिनहुँ उनी दुईवटा गोरु स्याहार्छन्। तिनलाई घाँस स्याउला आफैँ काट्छन्, खुवाउँछन्। ‘अहिलेसम्म स्वास्थ्य ठीक छ’, उनी चुरोट सल्काउँदै भन्छन्, ‘जीउमा खासै समस्या छैन।’ दिनमा एक बट्टा चुरोट सक्छन् उनी। दिनहुँ जाँड–रक्सी पनि पिउँछन्।

‘आफैँ बनाउन सक्दिँन, छोरीहरूले ल्याएको जाँड खान्छु। रक्सी पनि थोरै खान्छु’, उनी भन्छन्, ‘छोराले काठमाडौंबाट विदेशी रक्सी पनि पठाइदिन्छ। कहिलेकाहीँ पानी मिसाएर त्यो पनि खान्छु।’ रामसुर आफ्नै सुरमा मस्त छन्। छोराहरूले हेरेनन् भन्ने गुनासो छैन। बेलाबखत काठमाडौंबाट सामानहरू पठाउने गरे पनि आर्थिक सहयोग भने साहिँला छोराले गर्छन्।

‘वृद्धभत्ताले सामान्य खर्च र चुरोट खान पुगेकै छ’, उनी सन्तुष्ट नै देखिन्छन्। माइलाको छोराहरू आएनन्, घर रित्तै भयो आएर बसिदिए हुन्थ्यो भन्ने गुनासो चाहिँ उनी गर्छन्। छोरो उपराष्ट्रपति भएपछि उनी एकाध पटक काठमाडौं आएर बसेका छन्। तर, उनी उपराष्ट्रपति भवनमा सन्तुष्ट हुनै सकेनन्।

‘त्यसको डेरा भएको ठाउँ त मलाई जेल जस्तो लाग्यो’, उनी सुनाउँछन्, ‘वरिपरि केही नदेखिने। एक ठाउँबाट अर्को ठाउँ जान पनि हच्किनुपर्ने।’ बगैंचा, घर, सरसफाई देखेर उनलाई राम्रै लाग्यो। तर, आफूले जीवनभर निश्चिन्त घुमेको गाउँ पखेरोको तुलनामा त्यो ‘बन्दीगृह’ झै लाग्यो उनलाई।

सँगै नबसे पनि उनी माइलो छोरो ठूलो ठाउँमा पुगेकोमा खुसी छन्। ‘पटक पटक मरेर बाचेको मान्छे, अहिले देशकै ठूलो ओहोदामा पुग्दा खुसी छु’, २०५१ सालमा प्रहरीले हानेको गोली लागेर नन्दकिशोर बाँचेको घटना सम्झिन्छन् उनी।

 

यत्तिका सन्तान, छोरो उपराष्ट्रपति अनि पिता एक्लै घरमा? त्यो पनि ८४ वर्षको उमेरमा गोरुलाई स्याहारेर बसेका छन्। सुन्दा पत्याउन गाह्रो हुन्छ। तर रामसुरको यथार्थ यही हो। र, आफ्नै चाहना पनि।

घटना यस्तो रैछः
२०५१ सालमा नजिकै चप्का भन्ने ठाउँमा मेला लागेको थियो। जनयुद्ध सुरु हुनुअघिको वर्ष मंसिरको प्रसंग। मेलामा बाबु छोरा नै सरिक थिए। छोरा मादल बजाउँदै, बाबु नाँच्दै। पासाङ कम्युनिस्ट राजनीतिमा होमिइसकेका थिए। रोल्पामा मेलाहरूमा त्यो बखत झै झगडा धेरै हुन्थ्यो। प्रहरी र अरू पार्टीका स्थानीयहरूको योजनामा मेलामा उनीमाथि गोली हानियो। देव्रे पाखुरामा उनलाई गोली लाग्यो। उनलाई बचाउन लागेका दुई जना मारिए। उनी भने भागेर बाँचे। यो सबै पिता रामसुरले आँखै अगाडि देखेका थिए। ‘गोली लागे पनि भागेर ज्यान बचायो’, उनी सम्झिन्छन्।

रामसुर सोझा, सिधा कुरा गर्छन्। कुनै स्वार्थ, आग्रह छैन उनमा। माओवादी ‘जनयुद्ध’ को अवतरणसँगै धेरै नेताहरूको जीवनशैलीमा परिवर्तन आएको छ। रोल्पाजस्तो विकट ठाउँको पृष्ठभूमिबाट राष्ट्रिय राजनीतिमा चर्चित बनेका कयौं नेता र तिनका परिवार नवधनाढय वर्गमा रूपान्तरित हुँदै गरेका छन्।

माओवादी नेताका छोराछोरी, भान्जाभान्जी, साखा सन्तान धन कमाउने दौडमा लिप्त भएका कैयन खबर सुनिन्छन् तर रामसुर ती सबैबाट बेखबर छन् र आफ्नै धुनमा मग्न छन्।

‘मैले १० कक्षासम्म पढाइ दिएको हुँ। त्यसपछि उसले आफैँ पढ्यो। जोखिम उठायो। अहिले ठूूलो पदमा पुगेको छ’, उपराष्ट्रपति पुनबारे रामसुरले यति मात्रै भने, ‘सबैलाई राम्रो गरोस्। यही हो मैले भन्ने। अरू के भनौं?’

रोल्पा कोलाज श्रृंखलाहरू
त्यो लिवाङ, यो लिवाङ
मझधारमा थवाङ
चुनवाङको चिन्ता
गुलजार हुँदै घर्तीगाउँ

आजको नागरिकमा खबर छ ।

विद्रोहको मुडमा छैन रोल्पा

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
उपराष्ट्रपतिका पिता रामसुर

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More