उपराष्ट्रपतिलाई स्वागत गर्न बालबालिका उपराष्ट्रपतिलाई स्वागत गर्न बालबालिका

  • उपराष्ट्रपतिलाई स्वागत गर्न बालबालिका
  • उपराष्ट्रपतिलाई स्वागत गर्न बालबालिका
  • उपराष्ट्रपतिलाई स्वागत गर्न बालबालिका
  • उपराष्ट्रपतिलाई स्वागत गर्न बालबालिका
  • उपराष्ट्रपतिलाई स्वागत गर्न बालबालिका
  • उपराष्ट्रपतिलाई स्वागत गर्न बालबालिका

उपराष्ट्रपतिलाई स्वागत गर्न बालबालिका ४० डिग्रीमा १ घण्टा पैदल

15 May, 2019 12:50 | पत्रपत्रिका | comments | 10050 Views

उपराष्ट्रपतिको स्वागतमा अनिवार्य उपस्थित हुन भनिएपछि सार्वजनिक बिदाका दिन बालबालिका हिँडेरै कार्यक्रमस्थलमा पुगे

उपराष्ट्रपतिलाई स्वागत गर्न बालबालिका

कटहरियामा आयोजित जानकी जयन्ती समारोहमा सोमबार विद्यार्थीहरू पानी खोज्दै भौंतारिरहेका थिए । करिब ४० डिग्री सेन्टिग्रेडको गर्मीमा हिँडेर आइपुगेका उनीहरू कार्यक्रमस्थलमा खानेपानीको व्यवस्था नहुँदा आकुलब्याकुल देखिन्थे ।

adsads

उपराष्ट्रपति नन्दबहादुर पुनको स्वागतका लागि अनिवार्य उपस्थित हुन पत्र काटिएपछि विद्यालयहरूले उनीहरूलाई ल्याएका थिए ।कार्यक्रममा एक घण्टासम्म पैदल हिँडेर आएका विद्यार्थी पनि थिए । कतिपय विद्यार्थीले खाली खुट्टै हिँडेका थिए । कटहरिया-१ स्थित भषेडवा माविका प्रधानाध्यापक राममंगल राय यादवले नगरपालिकाले विद्यालयका सबै कर्मचारी र छात्रछात्रालाई अनिवार्य उपस्थित गराउन निर्देशन दिएकाले विद्यार्थीलाई ल्याउनुपरेको बताए ।

‘बालबालिकालाई बोलाएर न बस्ने ठाउँ दिइयो न खाजा,’ उनले भने, ‘चर्को घाममा बच्चाहरू भोकभोकै फर्किनुपरेको छ । यस्तो कार्यक्रममा बच्चाहरूलाई बोलाउनु हुँदैनथ्यो ।’ भषेडवा माविबाट कार्यक्रमस्थल झन्डै ३ किलोमिटर दूरीमा पर्छ । उपराष्ट्रपति पुन आउनुभन्दा एक घण्टाअघि विद्यार्थी कार्यक्रमस्थल पुगिसकेका थिए ।

कटहरिया नगरपालिकाभित्र २३ वटा विद्यालय छन् । नगरपालिकाको शिक्षा शाखाले जानकी जयन्ती समारोहमा सबै संस्थागत तथा सामुदायिक विद्यालयका कर्मचारी र विद्यार्थीलाई आआफ्नो ब्यानरसहित उपस्थित हुन वैशाख २४ गते नै पत्र पठाएको थियो । समारोह नगरपालिकाले आयोजना गरेको हो ।

नगरपालिकाका शिक्षा शाखाका प्रतिनिधि सरेन्द्र ठाकुरले ठूला कक्षाका विद्यार्थीलाई मात्र बोलाइएको दाबी गरे । ‘कार्यक्रममा धेरैजसो ठूला विद्यार्थी नै थिए,’ उनले भने । उपराष्ट्रपति उपस्थित हुने कार्यक्रम भएकाले विद्यालयलाई आउन भनेको उनले बताए । सोमबार प्रदेश सरकारले सार्वजनिक बिदा दिएको थियो । विद्यालय बन्द भए पनि विद्यार्थीलाई पोसाकमै कार्यक्रम ल्याइएको थियो ।

कटहरिया नगरपालिकाका प्रमुख सियाराम कुशवाह हुन् । व्यक्ति हत्याको आरोपमा जेल परेका उनी केही महिनाअघि सर्वोच्च अदालतले सफाइ दिएर छुटेपछि हेलिकप्टरबाट गृहजिल्ला आएका थिए ।

आजको कान्तिपुरमा खबर छ ।

नेपाल विश्वकोे धार्मिक आस्थाको केन्द्र : उपराष्ट्रपति पुन

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
उपराष्ट्रपतिलाई स्वागत गर्न बालबालिका

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

अथाह सम्पत्ति, न्यून आय

फेसबुक

अथाह सम्पत्ति, न्यून आय

ट्वीटर

सामाजिक सञ्जाल

More