उपसभामुखलाई राजीनामा गराउँदै नेकपा : बनाउला त सभामुख ?

11 December, 2019 11:43 | राजनीति | comments | 77550 Views

सभामुख कृष्णबहादुर महरा बलात्कार आरोपमा जेलचलान भएपछि पुस ४ गते आव्हान गरिएको संसद बैठकको अध्यक्षता ज्येष्ठ सदस्य महन्थ ठाकुरले गर्नुहुनेछ । सभामुखमा आफ्नो पार्टीको दावेदारी कायम राख्दै सत्तारुढ नेकपाले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गराउने भएको छ ।

संसद् अधिवेशन आह्वानसँगै नयाँ सभामुखबारे सत्तासीन नेकपामा छलफल प्रारम्भ भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भइसकेको ओलीको रोजाइमा पूर्वसभामुख एवं संसदीय दलका उपनेता सुवास नेम्वाङ हुनुहुन्छ ।

  

नेम्वाङले आफू सभामुखको दौडमा नरहेको अभिव्यक्ति दिएपछि अग्नि सापकोटा, देव गुरुङ र पम्फा भुसालले पनि सभामुखमा रुचि राखेको नेकपा स्रोतले बताएको छ । उपसभामुख तुम्बाहाम्फेले पनि सभामुखमा दाबी छाड्नुभएको छैन ।

संविधान अनुसार सभामुख र उपसभामुख फरक दल र लिंगको हुनुपर्ने छ । उपसभामुखबाट राजीनामा नगरी नेकपाका सांसदले सभामुखमा प्रतिस्पर्धा गर्न पाउँदैनन् । त्यही कारण तुम्बाहाम्फेको पद गुम्न लागेको हो । सभामुख आफ्नो पार्टीले लिएपछि उपसभामुख अन्य पार्टीलाई दिने तयारी नेकपाको छ ।

उपसभामुखले सभामुखलाई सम्बोधन गरी राजीनामा दिनुपर्ने संसद् नियमावलीमा व्यवस्था छ । सभामुखलाई सम्बोधन गरेर उपसभामुखले राजीनामा दिने र संसदको अध्यक्षता गरिरहेका जेष्ठ सदस्यले उपसभामुखको राजीनामासम्बन्धी जानकारी प्रतिनिधिसभालाई गराएपछि सभामुख निर्वाचनको प्रक्रिया सुरु हुन्छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More