उपाधिका लागि नेपालले दियो मलेसियालाई एक सय ४१ रनको लक्ष्य

28 April, 2019 16:50 | खेल | comments | 14400 Views

थाइल्यान्डमा जारी एसीसी यू १६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपालले मलेसिया समक्ष १४१ रनको लक्ष्य दिएको छ ।

आइतबार जारी फाइनल खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै ३५ ओभरमा ९ विकेट गुमाएर १४० रन मात्रै बनाएपछि मलेसियाले सामान्य चुनौती पाएको हो ।

adsads

नेपालका लागि प्रशान्त महतले सर्वाधिक ४० रन बनाए । त्यस्तै, दीपक बोहराले २३, विशाल विक्रम केसीले १७ र निखिल कुमार सिंहले १३ रन बनाएपनि अन्य खेलाडीले राम्रो रन बनाउन सकेनन् ।

मलेसियालाई पराजित गर्दै डिफेन्डिङ च्याम्पियन समेत रहेको नेपाल यो पटक पनि उपाधि आफ्नै कब्जामा राख्ने लक्ष्यमा छ । यता, मलेसिया पनि नेपाललाई पराजित गर्दै उपाधि जित्ने लक्ष्यमा छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

विप्रेषण आप्रवाह घट्दो

फेसबुक

विप्रेषण आप्रवाह घट्दो

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!