उम्मेदवारलाई चुनाव चिह्न प्रदान
निर्वाचन आयोगले आगामी मङ्सिर १४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारलाई सोमबार निर्वाचन चिह्न प्रदान गरेको छ । आयोगको कार्यतालिका अनुसार कास्की क्षेत्र नं २ मा सांसदको तथा भक्तपुर निर्वाचन क्षेत्र नं १ (क), बागलुङ निर्वाचन क्षेत्र नं २ (ख) र दाङको निर्वाचन क्षेत्र नं ३ (ख) मा प्रदेशसभा सदस्यको निर्वाचन हुन लागेको छ ।
कास्की क्षेत्र नं २ का लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशनमा नाम समावेश भएका राजनीतिक दलका ११ र स्वतन्त्र १० गरी कूल २१ उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिएको आयोगले जनाएको छ । यस्तै भक्तपुर निर्वाचन क्षेत्र नं १(क) को उपनिर्वाचनका लागि अन्तिम नामावलीमा नाम समावेश भएका राजनीतिक दलका नौ र स्वतन्त्र १० गरी १९ उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिएको छ ।
यस्तै बागलुङ निर्वाचन क्षेत्र नं २(ख) का लागि उम्मेदवारको सूचीमा नाम समावेश भएका राजनीतिक दलका आठ र स्वतन्त्र दुई गरी १० तथा दाङको निर्वाचन क्षेत्र नं २ का लागि अन्तिम नामावलीमा रहेका राजनीतिक दलका १२ र दुई स्वतन्त्र गरी कूल १४ उम्मेदवारलाई निर्वाचन चिह्न दिइएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा राजनीतिक दलका उम्मेदवारलाई सम्बन्धित राजनीतिक दलको निर्वाचन चिह्न र स्वतन्त्र उम्मेदवारलाई कानूनअनुसार निर्धारण गरिएका निर्वाचन चिह्नमध्येबाट चुनाव चिह्न प्रदान गरिएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । उपनिर्वाचनमा कूल ५५ पुरुष र नौ महिलासहित ६४ उम्मेदवार प्रतिस्पर्धामा छन् ।
तपाईंको प्रतिकृया
ताजा समाचार
- भ्रमण वर्ष २०२० सफल बनाउन सचिवालय गठन- प्रचार प्रसार तीब्र
- प्रमोदको कोचिङमा ‘द भ्वाइस अफ नेपाल’- २ को उपाधि राम लिम्बुलाई
- थलीमा स्थानीयबासी उत्रिए सडकमा : टायर बालेर बिरोध
- चीनको विदेशी मुद्रा सञ्चिती ३० खर्ब ९५ अर्ब अमेरिकी डलर
- अवैध मेडिकल र झोले डाक्टरका कारण दुई महिनामा पाँचजनाको ज्यान गयो
- हवाई क्षेत्रको सुरक्षा र गुणस्तर प्राथमिकतामा
- भ्रमण वर्षलाई क्रिस्टोफर फाउण्डेशनले सहयोग गर्ने
- आजको राशिफल– २०७६ मंसिर २२ गते आइतबार
- भरतपोखरीमा ‘अक्षयधाम अभिभावक आश्रम’
- “अन्तरघातीलाई कारवाही नभएसम्म पार्टीले चुनाव जित्न नसक्ने”
- केही घण्टामै भुटानले खोस्यो नेपालको शीर्षस्थान
- सडकको कथा- आमा ! यिनले अब कहिल्यै तिम्रो छाक माग्ने छैनन्…
- कृषिमा आधुनिक प्रविधि र अभियान
- सरकारले पार्टी चलाउनै पाउँदैन- चलाउन खोजेर पनि चल्दैन : नेता गौतम
- साफ क्रिकेटमा स्वर्ण जित्ने नेपालको सम्भावना सकियो
- त्रिविको सह्रानीय कदम : विद्यार्थीको उपचारका लागि एक लाख दिने
- काष्ठकलामा निपूर्ण लोपोन्मुख जाति राउटे
- नेपाली महिला क्रिकेट टीमलाई काँस्य पदक
- सुरज मल्लको अन्त्येष्टिका लागि आर्थिक सहयोगको अपिल
- “मुन्द्रा लाउनेसँग नडराउनुस्- हात्ती-गैंडासँग नलोभिनुस्” : मन्त्री अर्याल
फेसबुक
ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


