एउटा राजकीय रत्यौलीको परिदृश्य !

21 October, 2020 16:42 | बिचार | comments | 21450 Views

– तारा सुवेदी

उहिलेदेखि अहिलेसम्म पनि गाउँघरबाट नहराएको परम्परागत रमाइलो कार्यक्रम गर्ने प्रचलित व्यवस्था हो ‘रत्यौली’ खेल्ने । ‘रत्यौली’ दुलाहाको घरबाट वरयात्रा निस्केपछि गाउँको छोरी बुहारीहरू जम्मा भएर दुलाहाकी आमा जतिसुकै बुढी भए पनि एकपटक उनीलाई पनि आँगनमा तानेर ननचाई नछोड्ने सामान्य चलन रहेछ । त्यति भएपछि गाउँका बैंसालु चेलीबेटीदेखि अधबैंसे स्वास्नी मान्छेहरूसम्मले दुलाहाका बाउ, दुलाहाको लुगालगाई साह्रै निर्लज्ज र छाडा गएर जति धेरै नाचगान ग¥यो नयाँ भित्रिने दुलही त्यत्ति नै जाँगरिली लच्छिनकी र राम्रा छोरा छोरी जन्माउने हुन्छे । सबै हिसाबले सुगृहिणी हुन्छे भन्ने मान्यता ‘रत्यौली’ को अन्तर्यमा देखियो ।

तर समय, सन्दर्भ र सामाजिक रहन सहन देशको समग्र परिवेशमा देखापरेको परिवर्तनसँगै काठमाडौं उपत्यकाभित्रको गाइजात्रा जस्तै सुदूरपश्चिम पहाडी गाउँ घरमा बैशाख १ गते र भाद्र १ गते गरी प्रत्येक वर्षमा २ पटक भाँड नाच हुनेरहेछ (गाइजात्रा) मा शासन प्रशासनको प्रतिविम्ब परेको छ ‘रत्यौली’ मापनि त्यसरी नै भाँडताल र चाल घुसेको टड्कारे देखिने रहेछ । उक्त कुरा मैले गाउँका मात्र नभई सहरी लाज धक नमान्ने (छाडा र निर्लज्ज नभनौं) आज समयको धारासँगै रमाउँदै, डुबुल्की मार्दै र दिल खोलेर बोल्नसक्ने सामाजिक अभियन्ताहरूबाट सुनेको थिएँ ।

  

गाउँ घरमा मात्र होइन । संभवतः समग्र पहाडी गाउँबेसी र वस्तीहरूमा फरक नभएको मान्यता के देखिन्छ, सुनिन्छ भने त्यस्तो विहेको घर र ‘रत्यौली’ मा कुनै पनि लोग्ने मान्छे पस्न बस्न र हेर्न पाउँदैन, हुँदैनरे ’ सायद कुनै परिसीमा रहित परिहास (हाँस्य व्यंग्य छाडा व्यवहार) नहुने भएकोले लोग्ने मानिसको उपस्थितिलाई निषेधित गरेको हुनसक्छ भन्ने मेरो अनुमान हो । तर जे जस्तो कारणले होस्, अथवा सबै गाउँ घर छिमेकलाई लोग्ने मान्छेहरू दुलाहालिएर दुलहीको घर (दुलही लिन)जाने हुँदा त्यो मौकामा घर गाउँका तरुनी महिला देखि आगनमा दिल खोलेर खेल्ने नाममा ८–१० वटा सन्तान जन्माइ सकेका बैंसले डाँडाकाटिसकेका बृद्धा महिलासम्म दुलाहाको घर आँगनमा दिल खेल्ने नाममा एकले अर्काका अन्तरंग अंग तान्ने समात्ने जस्ता हर्कत गर्ने गरिन्छ भन्ने सुन्दै आएको भएपनि त्यस्तो परिवन्दबाट गुज्रिनु परेको थिएन । त्यसैले ‘रत्यौली’ बारेको मेरो ज्ञान वा जानकारी प्रत्यक्ष देखे जाने भोगेकोनभइ एक प्रकारले “भन्थे र सुनिएको” सम्म मात्र सीमित थियो ।

एकपटक संयोग कस्तो प¥यो भने मेरो घर परिसरसँगै घर पर्खाल जोडिएका एकजना नेपालको शासन प्रशासनको फाँटमा नाम, दाम र वदमान कमाएकोमा राजधानी भित्र मात्र नभई मुलुकभरले नाम सुने जानेका (……………………….) उच्चतमतहका विराजित (वहालवाला) व्यक्तिको पर्खाल जोडएको थियो । मेरो सुत्ने कोठाको भ्mयालबाट उनको अाँगनको यावत् परिदृश्य देखीने गथ्र्यो । छिमेकी सबैसँग मिलिजुली गरी बस्नुपर्छ । र कहिलेकहीं कुनै कुरामा विवाद परेपनि त्यसलाई विर्सनु पर्छ जस्तो भन्ने चिनेर पनि उसको मनमा निश्चित दूरी कायम राखेर पनि असल छिमेकी सम्बन्ध कायम गर्दै बस्नु बाँच्नु पर्छ” भन्ने मेरो स्वभाव भएकोले उनले छोराको ब्रतबन्धमा जस्तै विहेमा पनि निम्तो पठाए । निम्तो अनुसार जन्ती समेत सामेल भएर गएँ । विहे रात्रीको थियो ।

जन्त गएपछि दुलही पट्टीले आयोजना गरेको साँझको भोजखाएर जसरी सबै जन्तीमा आआफ्नो घर गए म पनि त्यसरीनै एकजना कारवाला मित्रले म जस्तो बेकारलाई पु¥याइदिन्छु भन्ने मित्र भेटें । उनको डेढ करोडभन्दा बढी पर्ने गाडीबाट नजिकको छेडोको मुखसम्म आइ ओर्लिएँ । मेरो घरको मुलढोकापछि उनको भव्य परिसरको ढोका थियो । म घरमा आएर लुगा फेर्दै मात्र के थिएँ विहे घरको आँगनमा नाचगान शुरू भइसकेछ । मेरा नातिनीहरूले हेर्न थालेछन । नातिनीहरूलाई सम्झाएर बहिरको बत्ति निभाएँ । त्यसपछि क कस्ले कता कताबाट हेर्दैछन् थाहा नहुने र ‘रत्यौली’ का सहभागी निर्धक्क नाच्न गाउन धक मान्दैनन् भन्ने मेरो अनुमान थियो । त्यो सही रहेछ, बत्तिहरू निभाएको ५–१० मिनेट पछि सहभागी महिला उन्मुक्त मात्र नभई छाडा वा निःशंकोच भएर नाच्न गाउन थाले । हुँदा हुँदा कतिपय बैंसालु लोग्नेका पद र शक्तिले उनमक्त महिलाहरु मान्छेका लुगा लगाएर, चुल्ठोलाई ढाका टोपीले छोपेर र नक्कली जूङ्गा टाँसेर आफ्नो साथ नाच्दै गरेका महिलाहरूसँग अशोभनीय र अमर्यादित हर्कत गर्दै गरेको देख्न थालियो । श्रीमती जी ले घरकी सहयोगीले यो त्यस्तालाई “झूठो” भनेर भनिन्छ भनेर भनेपछि यो आपूmले पढेको “लुठो” को अर्थ व्यवहारमा देखियो ।

जब रात छिप्पिदै वा गहिरिंदै गयो, ती एक से एक सीमान्त खाता जीता र घरानिया महिलाहरू त्यत्तिनै फुक्का छाडा भएरु गीत गाएर नाच्न थाले । कतिपयले अश्लील मुद्रा प्रदर्शन गर्न थाले । हेर्दै जाँदा उनीहरूलाई पूरा महंगा स्कच, वियर, ब्राण्डी, वाइन, स्याम्पेनको नशाले लठ्ठिएको मदहोस बनाई सकेको बुझियो । त्यसको स्पष्ट पुष्टि त्यहाँ अगाडिको ठूलो टेबलमा राखिएका ती सबै ब्राण्डका पेय पदार्थ (रक्सी बियर आदि) ले गरिरहेका थिए । आखिर जति खातापिता सम्भ्रान्त परिवार र देशको कुनै न कुनै शक्तिशाली निकायका अख्तियारवालाका पाथै भएपनि आखीरमा नेपाली संस्कारमा नै हुर्के बढेका र नेपाली समाजका प्रतिनिधि पात्र नै थिए । त्यसैले सकेको र पेटमा अटेकोखाएर बाँकी स्कटले हात धोएको पनि देखिएको थियो ।

एक त ‘रत्यौली’ त्यसमा पनि आपूmले धोकेको मादक पदार्थ र आ–आफ्ना लोग्नेहरूको पदको “मद” । यति भनेपछि त्यहाँको वातावरण कति स्वतन्त्र र उन्मुक्त मात्र नभई स्वच्छन्द (छाडा) बन्दै गयो होला ?बन्दै गयोहोला आदरणीय विशिष्ट व्यक्तित्वहरूले राम्ररी बुझिसकेको हुनुपर्छ । त्यती भनेपछि मैले शब्द यहाँ त्यहाँको शब्द गीत र अभिनयको परिदृश्य प्रस्तुत नगरौँ । त्यहो कुरा उल्लेख गर्नु पर्छ लाग्दैन । यहाँहरूको कुरा उल्लेख गर्नुपर्छ भन्ने लाग्छ भने उनीहरूले गाएका गीत र नाच कस्तो थियो, वातावरण कति रोमान्टिक थियो ? जिज्ञासा सहज जाग्न सक्छ । तर पनी, तर यस्तो प्रश्न गर्दा के पनि हेक्का राख्नु वा अनुमान गर्नु वेश हुन्छ भने “एउटा सीमा सम्म गरिएका व्यङ्ग्य रोमानियन (रोमान्टिक) भाव, अभिव्यक्ति र अनुकृति पक्कै रमाइलो हुन्छ । तर सामाजिक शिष्टता, मर्यादाबारे ख्यालै नगरी प्रस्तुत गरिने नृत्य, कृत्य र अश्लील गीत र अभिव्यत्तिले भने अनाकर्षण पैदा गर्ने रहेछ । ठेटशब्दमा भन्ने हो भने देखाउनेलाई नभए हेर्ने सुन्नेलाई लाजमर्दो हुने रहेछ ।

यद्यपि त्यो ‘रत्यौली’ त्यत्रो भव्य, शानदार सुविधा सम्पन्न सरकारी आवासमा नै गर्दा हुन्थ्यो । कस्ता कस्ता विवादास्पद, वदमास विचौलीया व्यक्तिदेखि सबै नैतिक सीमा बाहिर पर्नेहरु संग भेटघाट र औपचारिक बैठकसम्म उनको उक्त भव्य महलमा हुने गरेको थियो । झण्डै यसको रुपान्तरित ‘रत्यौली’ नियमित रूपमा त्यहाँ सधैं जसो नै खेलिएको सुनिएको थियो । यसपटक आफ्नै निजी आवास र त्यसकोभव्य सुन्दर परिसरमा किन आयोजित गरियो । स्पष्ट भएन ? मैले अन्दाज लगाउँदा दुलाहाका बाबु (भालेपात्र) को वर्तमान पदको हैसियतले उपयोग गरिरहेको सरकारी निवासबाट छोराको वरियात निकाल्दा उनलाई लोकापवादको डर भयो होला अथवा माफिया विचौलिया कमिशन एजेन्ट जस्ता हरेक क्षेत्रमा कुख्याति कमाएका अल ईन वान व्यक्तिका छोरीलाई दुलही (वुहारी) का रूपमा भित्र्याएको कुरा त्यो सरकारी निवास वाहिर आफ्नै आवासभित्र मात्र सीमित रहोस् भन्ने पनि हुन सक्छ । कारण जे भए पनि उनले त्यस भव्य निवासको अस्तित्व इज्जत प्रतिष्ठा माथि आजसम्म जे जसरी आवरू उतारेर अपवित्र वनाए छोराको विवाह गर्दा त्यसको हेक्का राखेछन खुशी नै लाग्यो ।

तर ‘रत्यौली’ को प्रसङ्ग र प्रत्यक्ष हेरिरहँदा देखिएको त्यहाँको परिदृश्यलाई शब्दमा रुपान्तरित गरी इमान्दारीपूर्वक आदरणीय पाठकसामु प्रस्तुत गर्ने यहाँको उद्देश्य थियो । त्यसैले त्यो सरकारी निवासतिरबाट निस्किएर ‘रत्यौली’ खेल्दै गरेको भव्य बङ्गलो र त्यसको सुन्दर परिसरतिर लागौं । साथै माथि उल्लेख गर्न छुट भएको भए थप गरेर त्यहाँको परिदृश्यमा जोडौं । त्यो भव्य र सुन्दर रूपमा सजिएको, सधैं सरकारी मालीहरूले दुनियाभरका पूmलका गमला र विरूवा राख्ने गरेको, पूmलवारी र परिसरमा ‘रत्यौली’ खेल्नका लागि ठूलो अस्थायी मञ्च नै बनाइएको थियो । त्यसको अर्को छेउतिर उच्चकोटीका ह्विस्की, स्याम्पेन, वाइन, वियरका क्यानहरूसँगै सबै प्रकारका सुख्खा फल (मसला) र नमोका के के को मासुहरू ‘रत्यौली’ खेल्नेहरूका लागि …राखिएको थियो ।

त्यो मञ्चमा नाट्यशैलीमा समूह–समूहमा आउँदै कसैले माथि उल्लेख गरिएभैंm “रोमान्टिकको” सीमा नलाग्ने (छाडा र अश्लील नभनौं) गीतसँगै नाच प्रस्तुत गरेर जान्थे । अर्को समूह आएर राज्यका ठूला–बडा, वर्तमान शासन सत्ता नियन्ताको बानी बोली र व्यवहारको नक्कल प्रस्तुत गरिरहेका हुन्थे । संयोग सौभाग्य होकि त्यस्ता परम शक्तिशालीको छिमेकी भएर आजसम्म उनीबाट सिन्को सहयोग र सूको दाम आउने विना वदनामी कामका लागि वास्ता नगरिएको भएपनि उनको छोराको विहेको भोलिपल्टको दिनको सोल्टी र हायात होटल मध्ये अनुकूल (पायक जहाँपर्छ त्यहाँ सहभागी हुने निम्तो पाएँ । साथै ‘रत्यौली’ को मञ्च मेरै भ्mयाल अगाडि परेकोले राम्ररी मनोरञ्जन गर्ने र देशमा कोरोनाले कोहलो मच्चाइरहेको बेला ती महान् शक्ति नियन्ताले मात्र यो वरियात (तर त्यो ३—४ सयजनाको मात्र थियो), लैजाने र राजधानीका दुईवटा सबैभन्दा महङ्गा र कहलिएका होटेलमा भव्य विहे भोज खुवाउने जुन मुक्त स्वतन्त्रता पाएको देखियो त्यसले पहिलो शताब्दीका रोमन सम्राट “नीरो” ले रोम शहर जल्दै गर्दा राजमहलको कोठाबाट पियानो बजाउँदै त्यो (राजधानीको) भाग जलिरहेको दृश्यमा

रमाइरहेको भन्ने जुन सुनेको थिएँ, मैले त्यही सम्झिएँ ।

तर रातभर आँखा झिमिक्क गर्न त्यहाँका विविध बाजा, गीत, आवाज र चर्को प्रकाशका कारण सकिन । त्यसैले चाहेर नचाहेर पनि रातभर जस्तो नै त्यो पूरै ‘रत्यौली’ हेर्न पुगें । त्यो रातभर हेरें, देखें सुनेको ‘रत्यौली’ को गीत, नक्कल, व्यङ्ग्यहरूलाई दिनभर लगाएर लेल्ने धैर्यता भएन । तथापि त्यस ‘रत्यौली’ मा प्रदर्शित एउटा अभिनय भने साँच्चिनै मन मथिंगलमा साँचौ र राखौँ जस्तो लाग्यो । त्यसैले त्यसको परिदृश्य मात्र शब्दमा रुपान्तरित छ ।

“यस पटक मञ्चमा आएका सबै कलाकार पहिलेका भन्दा फरक अझ स्पष्ट शब्दमा नै भन्नुपर्दा आ–आफ्ना भालेका पहिरन (औपचारिक पोशाक)मा उभिएका थिए । दुलाहकाको आमा झण्डै ६० वर्षको नेटो काट्दै थिइन र सरकारी निवासमा कम र अस्पतालमा बढी बस्ने गर्दथिन्, उनलाई उनकै पतिदेव” बनाएर पुराना “शाहदेव” को जस्तो भनौ अथवा कुनै राष्ट्रिय दैनिकमा बेला बेलामा आउने कार्टुनमा जस्तो गरी सानो ताज समेत पहि¥याएर मञ्चमा दुईतिरबाट समाएर ल्याइएको थियो ।

सायद उनको स्वास्थ्यस्थितिलाई दृष्टिगत गरेर होला बीचमा सुन्दर कुर्सी ल्याएर (उनलाई) त्यसमा विराजित गरियो । कुर्सीमा बसेर उनी एकाएक वाँसुरी बजाएर सबैलाई नाच्न लगाइन् । –यद्यपि यहाँ उनी जुन पहिरन र पद, ताजपोशमा प्रस्तुत भएको देखियो उनलाई पोथी वाचक शब्दमा उल्लेख गरौं कि भाले वाचक शब्द र क्रिया प्रयोग गर्ने द्विविधा भयो) । तर जे होस् सबैलाई उनी बाह्य आवरणमा पुरुष रुपमा प्रस्तुत भए पनि शारीरिक कतिपय प्राकृतिक कुराले “पोथी” समूहको भन्ने स्पष्ट थियो । उनीसँगै आउनेहरू “जेठी” बुहारी र झण्डै त्यही हैसियतका पतिको पहिचान दिने पोशाक मात्र होइन उही स्तरका (आ–आफ्ना पतिका) नाम र दर्जासमेत खुलाइएका ट्याग सबैले घाँटीमा झुण्ड्याएर नक्कली पति बनेर ती कुर्सीमा विराजितका अगाडि उनले जुन जुन व्यक्तिलाई जे जे कुरा दिन जो जो बाट जे जति उठाएर भनेका ठाउँ र माउको व्यक्तिलाई बुझाउन निर्देशन भएको थियो त्यो पूरा गरेको विन्ती गर्दै “हजुर मैले हजुरबाट यस्तो कुरा पाउँछु होला भन्ने आशा भरोसा खोजेको छु” भन्दै थिए । कोही “हजुरले भनेका फलाना–फलानालाई बचाएँ र जो जोलाई भए नभएका अत्तो थापेर र फत्तर लगाएर फसाएँ” भन्दै बहादुरीको तक्मा थाप्न पाउँ भन्दै थिए ।

कोही भने “फलानाले हजुरको वदख्वाइ गर्छ, ढिस्कानो ठाउँमा गएर खुराफात गरिरहेको देखेको छु” भन्दै आपूmलाई मन नपर्नेको जरा काट्ने चेष्टा गरिरहेको देखिन्थे । तर त्यहाँ पुग्न पाउने दर्जा हैसियतका व्यक्ति, आयोगदेखि कम्पनी, एजेन्ट, ठूला बिचौलिया समूह मात्रै थिए । तर दुलाहाको बाबुको स्वाँग गरेकी आमा भने दुनियातिर ध्यान नदिई एकोहोरो बाँसुरी बजाउनमा नै ध्यान केन्द्रित गर्दै थिइन् । त्यसरी त्यहाँको नाट्यमञ्चमा सबैले संक्षेपमा आ–आफ्ना कुरा राख्दै गर्दा उनले नचाहे पनि वाध्यताबस वोलाइएका आफ्नै नजिकका (परिवारभित्रका) व्यक्तिहरू उता वरियातमा सामेल हुन गए गएनन् ? थाहा भएन ।

यता उनकै पहिरनमा आएका उनकै डुप्लिकेटहरूले भने मुठ्ठी उठाउँदै (अभिवादन गरेका हुन कि धम्कि दिएका हुन् थाहा भएन) अगाडी आएर हामीलाई यो कुर्सीमा बसेर त्यहाँको ‘रत्यौली’ हेर्न पालो पाउनुपर्छ भन्दै थिए । त्यसपछि बाँसुरी बजाउन छोडेर जत्ति रिस उठेका किन नहोस् शान्त र उही आफ्नो मधुरशैलीमा “हुन्छ म आर्यघाट पुगेको दिन अथवा औंसी र पूर्णिमा एकै दिन परेको साइतमा पालैपालो बस्न दिउँला नि ! यो मैले आमाको कोक्रोबाट ल्याएको पनि हैन, कसैले दया गरेर तक्मा दिए जस्तो गरेर पाएको पनि होइन । सबैको साझै त हो नि !”

सासुको आडमा नै बसेर सबैका माग र कुरा सुनिरहेकी जेठी बुहारीले सासुको कानै छेउ गएर के के भनिन् थाहा भएन । सासु सबै स्तुति गायक, भाट, मण्डलीलाई त्रिभुवन वा वी.पी. शैलीमा अभयदान र अभिवादन गर्दै भित्र जान खोज्दै दुईजनाको काँधमा हात राख्दै उनी थिइन् । त्यसपछि एकाएक माइली वुहारीको प्रवेश भयो । उनैको नेतृत्वमा कोरस गान शुरू भयो—

खुट्टा टेक बाबा खुट्टा टेक,
जे गर्नु छ हामी गर्छौ खुट्टा टेक,
साम, दाम, भेद, दण्ड हामी गर्छौ,
तर खुट्टा नकमाउ बाबा खुट्टा टेक,
सडक बाल्न जुलुस नारा सबै गर्छौ
कठघरामा पु¥याऊ यिनलाई
सिन्को दूम्सोल नदेऊ बाबा हामी जिउँदै छौ !
भुट्न परे भुट बरू जुट्नु परे जुट
जे जे दिनुपर्छ देउ खुट्टा नछोड ।”

कोरस गान चल्दै थियो दुलाहाकी आमा मञ्चबाट गइन । त्यहाँ रत्यौली चलिरह्यो । मैले पनि पनि पर्दा लगाएर सुत्ने जमर्को गरे ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More