बोकाको मुल्य दुई लाख ९० हजारबोकाको मुल्य दुई लाख ९० हजार

  • बोकाको मुल्य दुई लाख ९० हजार
  • बोकाको मुल्य दुई लाख ९० हजार
  • बोकाको मुल्य दुई लाख ९० हजार
  • बोकाको मुल्य दुई लाख ९० हजार
  • बोकाको मुल्य दुई लाख ९० हजार
  • बोकाको मुल्य दुई लाख ९० हजार

एउटै बोका तीन लाख रुपैयाँमा बेचे आनन्दले

12 November, 2019 17:27 |अर्थ | comments | 6000 Views

    बोकाको मुल्य दुई लाख ९० हजार

    एउटै बोकाको मूल्य करीब रु तीन लाख परेको सुन्दा अचम्म लाग्न सक्छ तर म्याग्दीका एक किसानले एउटै बोकालाई रु दुई लाख ९० हजारमा बिक्री गरेका छन् । बेनी नगरपालिका–९ स्थित तोरीपानीमा विगत छ वर्षदेखि व्यावसायिक रुपमा उन्नत जातको बाख्रापालन गर्दै आउनुभएका किसान आनन्द रिजालले बोयर जातको एउटै बोकालाई उक्त मूल्यमा बिक्री गरेको बताउनुभयो ।

    adsads

    उहाँले सञ्चालन गर्नुभएको धवलागिरि बोयर मोडल फार्मबाट स्याङ्जास्थित कालीगण्डकी गाउँपालिकाका त्रिभुवन पौडेलले ८० किलोको क्रस नगरिएको सो बोका रू दुईलाख ९० हजार खर्चिएर खरीद गरेको जानकारी दिनुभयोे । रिजालको फार्ममा अहिले सात शुद्ध बोयर र २५ क्रस बोयर जातका बाख्रा छन् । स्थानीय जातका बाख्रामा नश्ल सुधारका लागि रिजालले अष्टे«लियाबाट उत्नत जातको बाख्रा आयात गरी ल्याउनुभएको थियो ।

    विगत पाँच वर्षदेखि स्थानीय जातका बाख्रामा नश्ल सुधार गरी उन्नत बाख्रा उत्पादन गर्न थालिएको र नश्ल सुधार गरिएका बोयर बाख्राका पाठापाठी एउटैलाई रू एक लाखदेखि रू दुई लाखसम्ममा बिक्री गर्दै आएको किसान रिजालले बताउनुभयो ।

    अहिले उक्त जातका बोका र पाठीको माग अत्यधिक रहेको र माग पुर्‍याउन कठिन भएको उहाँले जानकारी दिनुभयो । छिटो तौल बढ्ने, मासु राम्रो हुने र आम्दानी पनि राम्रो हुने भएपछि पछिल्लो समय किसान बोयर बाख्रापालनतर्फ आकर्षित भएका हुन् । सामान्यतया छ महीनासम्मको बोयर पाठापाठी ३० किलोसम्मको हुने गर्छ ।

    किसानले ८० किलोभन्दा बढी तौलका बोका पालेर बिक्री गर्दै आएका छन् । सन् १९०० को पहिलो दशकमा दक्षिण अफ्रिकामा विकास भएको बोयर जातको बाख्रामा छिटो शारीरिक वृिद्ध, तौल वृद्धि, अन्य जातका बाख्राको तुलनामा रोग प्रतिरोधात्मक क्षमत्ता बढी हुने र स्थानीय हावापानी अनुकूल भएकाले यसतर्फ किसानको आकर्षण बढेको हो ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    बोकाको मुल्य दुई लाख ९० हजार

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    मुस्ताङमा पर्यटकको चाप बढ्दै

    फेसबुक

    मुस्ताङमा पर्यटकको चाप बढ्दै

    ट्वीटर

    सामाजिक सञ्जाल

    More