एएफसी यू–१६ च्याम्पियनसिपएएफसी यू–१६ च्याम्पियनसिप

  • एएफसी यू–१६ च्याम्पियनसिप
  • एएफसी यू–१६ च्याम्पियनसिप
  • एएफसी यू–१६ च्याम्पियनसिप
  • एएफसी यू–१६ च्याम्पियनसिप
  • एएफसी यू–१६ च्याम्पियनसिप
  • एएफसी यू–१६ च्याम्पियनसिप

एएफसी यू–१६ च्याम्पियनसिप : नेपाल र कुवेतले १-१ को बराबरी खेले

17 September, 2019 15:49 |खेल | comments | 6450 Views

    एएफसी यू–१६ च्याम्पियनसिप

    जोर्डनमा जारी एएफसी यू–१६ च्याम्पियनसिप छनोटअन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपालले कुवेतसँग बराबरी खेलेको छ । जोर्डनको जार्का सिटीस्थित प्रिन्स मोहम्मद अन्तरराष्ट्रिय रङ्गशालामा सोमबार राति भएको खेलमा नेपालले कुवेतसँग १–१ गोलको बराबरी खेलेको हो ।

    adsads

    नेपलाका लागि दिपेश राईले गोल गरे । उनले खेलको ७४औँ मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । त्यस्तै कुवेतका अब्दुलवाहब अलहिन्दिले खेलको इन्जुरी समयमा पेनाल्टीमा गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए । यस बराबरीसँगै समूह ‘ए’ मा रहेको नेपालले दुई खेलमा एक अङ्क जोडेको छ ।

    यसअघि पहिलो खेलमा नेपाल जोर्डनसँग ७–० ले पराजित भएको थियो । कुवेतले दुई खेलमा तीन अङ्क जोडेको छ । पहिलो खेलमा कुवेतले श्रीलङ्कालाई हराएको थियो । अब नेपालले तेस्रो खेल असोज ३ गते ताजकिस्तानसँग खेल्नेछ ।

    प्रतियोगितामा विभिन्न ४८ राष्ट्रले भाग लिएका छन् । जसलाई ११ समूहमा विभाजन गरिएको छ । समूहमा शीर्ष हुने टोली सन् २०२० मा आयोजना हुने एएफसी च्याम्पियनसिपका लागि छनोट हुनेछ । त्यस्तै उत्कृष्ट चार उपविजेताले पनि अन्तिम प्रतियोगिताका लागि अवसर पाउनेछ ।

    एएफसी फुटबल : नेपालले दोस्रो खेल कुवेतसँग खेल्दै

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    एएफसी यू–१६ च्याम्पियनसिप

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!