एकद्धार नीतिमा भएको कमजोरीले भुकम्प पिडितले अझै राहत पाउन सकेनन

7 May, 2015 13:24 | क्षेत्रीय समाचार , जन सरोकार | comments | 100950 Views

1राजकुमार अ‍ोली/चोरकाटे, गोरखा
सरकारको राहतमा एकद्धार नीतिमा भएको कमजोरीको कारणले भुकम्प पिडितले अझै राहत पाउन नसकेको पाइएको छ।

राहत बोकेर भुकम्प प्रभावित क्षेत्र गोरखा लगाएतका क्षेत्रमा पुगेको झापालीको टोलीेले पिडितले राहत पाउन नसकेको बताएका हो ।

गोरखा लगाएतका क्षेत्रमा राहत त अथाह भित्रिएको छ तर कतै राहत एक ठाँउमा मात्रै बाडिएको छ भने कतै अझै राहत वितरण हुन नसकेको नेपाल  पत्रकार महासघ गोरखाको उपाध्यक्ष शिव उप्रेतीले बताउनु भयो।

  

राहत बाडन झापा देखि २७ लाख रुपैयाको खाध्य तथा त्रिपाल लगायतका आवासिय सामाग्री लिएर गोरखा पुगेको झापा उद्योग बाणिज्य सघ विर्तामोडका अध्यक्ष वलराम कार्कीले राहत सही रुपमा वितरण नगरिएको पाइएको र गोरखाको दूर्गम गाँउ चोरकाटेमा राहत वितरण गरेको बताउनु भयो ।
राहत वितरण गर्न गोरखा जिविस पुगेका नेपाल रेडक्रस सोसाइटी विर्तामोडका कार्यवाहक अध्यक्ष निर्मल भटटराइले आफु उत्साहका साथ गोरखावासीलाई राहत वाढन जादाँ अथाह रुपमा भित्रिएको राहत अझै पनि दूर्गम क्षेत्रमा वितरण हुन नसकेको पाइएको बताउनु भयो।

नेपाल अलैची व्यावसायी महासघ नेपालका केन्द्रिय महासचिव तथा कम्युटर एसोसियसन क्यानका केन्द्रिय सदस्य दिपेश पाठकले वास्तविक राहत पिडितको हातमा अझै पुग्न नसकेको दावी गर्नुभयो । यस्तै राजनीतिक दलको सरक्षणमा राहतको दुरुपयोग भएको पाएको बताएका छन ।

गोरखाको स्थानियहरुले समेत आफुहरुले अथाह राहत आएको देखेको तर पाउन नसेकेको बताएका छन ।

झापा विर्तामोडका १९बटा सस्थाले एकमुष्ठ रुपमा करिव ५००परिवारलाई पुग्ने राहत गोरखाको चोरकाटे र आसपासका ८बटा गाविसलाइ वितरण गरेको हो ।

विर्तामोडका विर्ता जेसिस र विर्ता लेडि जेसिस, नेपाल अलैची व्यवसायी महासघ, नेपाल पत्रकार महासघ, रोटरी क्लव अफ विर्तामोड मारवाडी सेवा समिती, हार्डवयर व्यावसायी सघ, एकता हेडस निर्माण व्यावसायी सघ, लाइन्स क्लव अफ विर्तामोड, मारबाडी महिला मञ्च, पुर्नजन्म समुह नेपाल भिजन टच लगाएत सघ सस्थाले एकमुष्ठ रुपमा राहत नेपाल सरकारको सहसचिव कपिल ढगोल मार्फत गोरखावासीलाई बुझाएका हुन ।

गाँउ गाँउबाट ट्याक्टरमा राहत सकलन गर्न वितरण स्थलमा आएका पिडितलाइ सम्झाउन सुरक्षाकर्मीलाइ समेत हम्मे हम्मे परेको थियो ।

उता झापाबाट राहत वोकेर सिन्धुपलोञ्चोक पुगेका विर्तामोडका हर्क गिरीले समेत राहत वास्तविक पिडितले कम पाएको तर अन्यको  हातमा दोहोरीएको पटक पटक राहत पुगेको बताउनु भयो।

त्यस्तै राहत लिएर दोलखा पुगेको विर्तामोड पाथिभरा टोलवासीले समेत राहतको सही सदुपयोग नभएको पाइएको बताएका छन ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More