एकपटक सोचौं- “के म असल ‘गुरु’ बन्न सकें” (भिडियोसहित)

16 July, 2019 12:54 | बिचार | comments | 27150 Views

– डिकेन्द्र ढकाल –

अज्ञानताको अन्धकारमय जीवनलाई ज्ञानको प्रकाशले उज्यालो बनाउने गुरुको महिमा देवता–दानव–मानव सबैका लागि उत्तिकै महत्व छ- त्यसैले त जति शक्तिशाली भए पनि गुरुका अगाडि नतमस्तक हुने परम्परा छ । गुरुको यही महत्वका कारण वैदिक संस्कृतिमा गुरुलाई सम्मान गर्ने विशेष पर्व नै स्थापित गरियो ।

adsads

आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा पर्व मनाइँदैछ ।

आज गुरुको महिमा कति छ भन्ने निकै बहसको विषय छ । शिक्षणलाई व्यापार बनाएर आफूलाई गुरु ठान्नेहरुदेखि शिक्षणलाई सेवा ठानेर निरन्तर कर्तव्यपथमा हिंडिरहने सबैलाई गुरु नै मान्नुपर्छ पैसा लिएर शिक्षा दिएका भए पनि ती सबै गुरु नै हुन् ।

आज बिहानै कुनै समयमा शिक्षक भएर काम गरेको स्मरण दिलाइन् एक जना प्रिय शिष्यले गुरुपूर्णिमाको शुभकामनामार्फत् । (तल छ उनको शुभकामना)। र थुप्रै जनाबाट पाइरहेको छु अझै । गदगद लाग्छ । असल गुरु हुन सके नसकेको मेरा शिष्यहरुले नै छुट्टाउने हो । यसै प्रसंगमा गुरुबारे केही ज्ञान बाँडू है !

यो भिडियो पनि हेर्नुहोस्

हजारौँ वर्ष अघिको कुरो हो । हिमालयमा एउटा योगी प्रकट भए । उनको उपस्थिति अचानक र अद्भुत थियो । मनुष्यहरु उनको दर्शन गर्न जम्मा भए । तर उनी साधनामा हराएका थिए । सबैजसो मनुष्यहरु पन्छिए, सात जना बाहेक । योगीले आँखा खोले । ती सात व्यक्तिले योगीकै अनुभूति गर्न पाउन विन्ति गरे । योगीले उनीहरुलाई त्यहाँबाट बिदा हुन भने तर तिनीहरु योगीबाट ज्ञान प्राप्त गर्न दृढ़ रहे । अटल । तत्पश्चात् योगीले केहि प्रारम्भिक साधनाका चरण अह्राएर आँखा चिम्ली ध्यानमग्न भए । ती सात व्यक्तिले योगीको दिक्षा बमोजिम ध्यान गरे गरे, गरे, गरिरहे। दिन ढले । हप्ता गए । महिना बिते । बर्षौँ भयो । ८४ बर्षको निरन्तर साधनापश्चात् योगीले उनीहरुतिर आँखा खोले । उनीहरु चम्किरहेका थिए । प्रकासपुन्ज । ताराजस्तै । योगीले उनीहरुलाई अब नजरअंदाज गर्न सकेनन् ।

त्यस दिनको भोलिपल्ट अर्थात् असार शुक्लपक्षको पूर्णिमाको दिन बिहानै योगी दक्षिणतिर फर्केर ती सात व्यक्तिलाई शिष्य स्विकारी गुरुको रुपमा आशन गरे र । त्यसैदिनदेखि शिव अर्थात् आदियोगी पृथ्वीतलमा आदिगुरु बने जीवन र जगतबारे सिद्धान्त र व्यवहार पढाए, जगतबारे अनुसन्धान गर्न लगाए, ज्ञानले संसारलाई उज्यालो छर्न लगाए । यसरी धेरै बर्षसम्म आदिगुरुले ती सात शिष्यलाई जीवन र जगतबारे सिद्धान्त र व्यवहारका व्याख्या गरे । तिनै सात शिष्यहरु पछि सप्तर्षि कहलिए र संसारभरी ज्ञानविज्ञानको प्रकास फैलाए र दुनियाँलाई ज्ञानको उज्यालो पु-याए ।

आज उनै आदिगुरुले संसारमा ज्ञानको ज्योति फैलाउन औपचारिक तरहले शिष्यहरुलाई जीवन दर्शनको शिक्षा बाँड्न आरम्भ गरेको दिन । आधुनिक भाषामा विश्वविद्यालयका विद्यार्थीमा भर्ना गरेको दिन ।

माथिको दृष्टान्तले के सन्देश दिन्छ भने कुनै व्यक्ति असल शिष्य बन्नलाई कडा समाधानको लागि तयार हुनु पर्दछ । अर्थात् गुरुपूर्णिमाले हामीलाई कडा तपस्या, साधना र मेहनतबिना ज्ञान प्राप्त गर्न सम्भव छैन भन्ने कुरो स्मरण र पुनस्मरण गराउँदछन् । गुरुबिना शिक्षा प्राप्त गर्न कठिन छ । तर शिष्य बन्न पनि कडा साधनाका लागि तयार हुनुपर्दछ ।

गुरुप्रति सम्मान हुनुपर्दछ र गुरुले पनि शिष्यलाई माया गरेर सर्वोत्तम ज्ञान दिनु पर्दछ खुला दिलले ता कि शिष्यलाई संसारले चिनोस्, मानोस् र संसारभरी ज्ञानविज्ञानको प्रकास फैलाएर दुनियाँलाई ज्ञानको उज्यालो पुर्याओस् ।

गुरुले साधना गर्न सक्नेलाई असल शिक्षा दिन्छन्, “गाइड” गर्दछन् । यस दिनको मर्म र सन्देश यहि नै हो । र गुरु पनि आदिगुरु जस्तै निष्ठावान र कडा चुनौति सामना गरी शिष्यका लागि कडा परिश्रम गर्न सक्ने हुनुपर्दछ । गुरु र शिष्य दुबै हुनु भनेको कडा तपस्वी हुनु हो तह अनुसार (शिशुकक्षादेखि विद्यावारिधीसम्म)।

जसरी सबै बाहुनलाई व्राह्मण भन्न सकिदैन र होइनन् त्यसरी नै सबै मास्टरलाई गुरु भन्न सकिदैन र होइनन् । व्रह्म नचिन्ने बाहुनलाई व्राह्मण भन्न नमिले जस्तै शिष्यका लागि आफ्नो वास्तविक धर्मक्षेत्रमा (विद्यालय/विश्वविद्यालयमा) तपस्या नगर्ने र अर्कैको धर्मक्षेत्रमा (दलका कार्यालयमा) राजनीति गर्न झण्डा बोकी हिँड्नेलाई गुरु भन्न सकिदैन र गुरु हुँदै होइनन् । ती शिक्षाजगतका अँगार हुन् ।

सुरुसुरुमा कक्षाकोठामा पढाउन राखिने पाटी (कालोपाटी) कालो रंगको हुने र गुरुले त्यसमाथि लेख्न प्रयोग गर्ने चक/खरी सेतो हुनुको सांकेतिक अर्थ छ । गुरुले कालो (अज्ञानता)लाई सेतो (ज्ञानको उज्यालो)ले मेटाउँछन् । चक/खरी बोक्नुको सट्टा अमुकदलका झण्डा बोक्नेले कालोपाटीमा झण्डा दलेर दुनियाँ कस्तो बनाउँलान् ?
निष्ठापूर्वक चक बोक्ने तमाम गुरुहरुलाई प्रणाम र शुभकामना । (र झण्डा बोक्ने माड्साफप्रति खेद प्रकट)।

ॐ असतो मा सद्गमय।
तमसो मा ज्योतिर्गमय।
मृत्योर्माSमृतं गमय।

सामाजिक पढेर गणित पढाउन आउँदा विद्यार्थीले के सिक्लान् ?

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!