एक्सरे मेसिन नबन्दा समस्या

7 November, 2017 11:28 |जन सरोकार | comments | 222000 Views

    कोशी अञ्चल अस्पताल विराटनगरको एक्सरे मेसिन मर्मत नहुँदा समस्या भएको छ । एक्सरे गराउन अस्पताल आएका बिरामी बाहिर महँगो शुल्क तिरेर एक्सरे गराउन बाध्य भएका छन् ।

    adsads

    गतवर्षसम्म विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा दुईवटा एक्सरे मेसिन थिए । एउटा गत वर्षदेखि नै बिग्रिएर थन्किएको छ । भएको एउटा पनि एक्सरे मेशिन बिग्रिएको २० दिन बितिसकेको छ ।

    सम्बन्धित निकायले तदारुकताका साथ पहल नगर्दा सर्वसाधारण जनता महँगो मूल्य तिरेर निजी क्लिनिकमा एक्सरे गर्न बाध्य भएका हुन् । अस्पतालमा दैनिक एक हजारभन्दा बढीले सेवा लिँदै आएका छन् ।

    कोशी अञ्चल अस्पतालमा रु ४०० मा एक्सरे हुन्छ भने बाहिर गएर गरेमा ८०० भन्दा बढी तिर्नुपर्छ । गरिब र विपन्न समुदायको अस्पताल भनेर चिनिएको अस्पतालमा दुईवटा एक्सरे मेसिन भएपनि एउटा मर्मत गर्न धेरै रकम लाग्ने भएर एक वर्षदेखि बिग्रिएर थन्किएको हो । अर्को एक्सरे मेशिन बिग्रिएको २० दिन भइसकेको छ ।

    रेडियोलोजिस्ट विभागका कार्यालय सहायक सुनिल कामतले काम लाग्ने एउटा मात्रै मेशिन भएको र त्यो पनि बिग्रेकाले समस्या भएको बताउनुभयो । अस्पतालका नायब सुब्बा कौशल पोख्रेलले जर्मनीबाट सामान आउने भएकाले अझै हप्ता १० दिन लाग्ने बताउनुभयो ।

    गल्कोट समाजले भिडियो एक्सरे र एक्सरे मेसिन सहयोग गर्ने

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    राशिफल

    फेसबुक

    राशिफल

    ट्वीटर

    सामाजिक सञ्जाल

    More